पछिल्ला सामग्री :
‘सरकारको ध्यान चुनावमै केन्द्रित’

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानसभा निर्वाचनमै केन्द्रित रहेको बताउनुभएको छ ।

पार्टीहरूबीच बढ्दो मतभिन्नताका कारण सरकारले चुनावको मिति तोक्न नसकेको भन्दै उहाँले चाँडै दलहरूको सहमतिमा मिति तोकिने बताउनुभयो । मित्रकुञ्जले आफ्नो ४६औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री पौडेलले दलहरूबीचको असमझदारीलाई तत्काल हटाएर सबैको सहमतिमा निर्वाचनको मिति तय गर्न सरकार लागिपरेको बताउनुभयो ।

‘निर्वाचनलाई ओझेलमा पार्नु हुँदैन, सरकार यसमा सचेत छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसका लागि सरकार निरन्तर दलहरूसँग परामर्श गरिरहेको छ ।’ उहाँले वर्तमान सरकारले चुनाव गराउँदैन कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नुभयो । मन्त्री पौडेलले निर्वाचनका लागि सरकारले गरेका काम कारबाहीका बारेमा पनि जानकारी दिनुभएको थियो ।

यस्तै कार्यक्रममा मित्रकुञ्जका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका नेता नीलाम्बर आचार्यले वर्तमान सरकारले संविधानसभाको निर्वाचन गर्न विलम्ब गर्न नहुने बताउनुभयो । वर्तमान सरकारको प्रमुख जिम्मेवारी निर्वाचन गराउनु रहेको भन्दै उहाँले यसमा ढिलाइ गर्न नहुने बताउनुभयो । यस्तै कार्यक्रममा पूर्वमन्त्री गणेश साहले विभिन्न बहानामा निर्वाचनको समय पछि सारिनु नेपाली जनतामाथिको कुठाराघात हुने बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.