एकछिन पस्न पनि डर हुने घरमा ६ जनाको बसोबास
देशका ६८ जिल्लालाइ राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिवुभन राजपथभन्दा सय मिटरमाथि नौबीसे गाविस-९ मा रहेको घर हो यो ।
झट्ट हेर्दा धेरै वर्षपहिले मानिसहरुको बसोबास नै भएको घरको भग्नावशेष जस्तो देखिने यो घरमा ६ जनाको परिवार अहिलेपनि जोखिपूर्ण तरिकाले बसोबास गर्दै आएको छ भन्ने कुरा जो कसैलाइ पत्याउन गाह्रो हुन्छ । तर, वास्तविकता यही हो विगत ७ वर्षदेखि सानुकान्छी चेपाङ र उनको ६ जनाको परिवारलाइ यही जोखिमयुक्त घरले आश्रय दिँदै आएको छ ।
१० ठाउँमा चिरा परेको यो घर कुन वेला के हुन्छ स्वयं सानुकान्छीलाइ पनि थाहा छैन । यो घर कसरी बनाउने चिन्ता त छ नै कुन वेला घर लडेर परिवार नै सखाप पार्छ त्यसको बढी चिन्ता छ सानुकान्छी चेपाङलाइ । आफ्नो खेतीपाती गर्ने जग्गा नभएको ले विहान वेलुकाको छाक टार्न ज्यालामजदुरी नै गर्नुपर्ने बाध्यता उनको परिवारमा छ । दिनभर श्रीमान् र छोराले ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान वेलुका कै छाक टार्न ठिक्क भएकाले अहिलेसम्म यो घरलाइ वनाउन नसकेको सानुकान्छी गुनासो छ ।
अलि ठूलो हरिवतासले पनि लडाउला जस्तो घरै मुनिवाट दिनहु हजारौ गाडीहरु ओहोर दोहोर गर्छन् तर घरमा वृद्धभत्ता खाने उमेरको व्यक्ति हुदा पनि नागरिकता समेत वनाउन नपाएर वृद्धभत्तासमेत खान नपाएको सानुकान्छी चेपाङको परिवारलाइ राजमार्गले नै सुविधा दिएको छ न राज्यले नै ।
अति सीमात्कृत जाति चेपाङहरुको जीवनस्तर सुधार्न भनेर सरकार ले नै चेपाङ आवास कार्यक्रम ल्याएको छ । तर, सानुकान्छी चेपाङजस्तो वास्तविक पीडित चेपाङहरुले चेपाङ आवास कार्यक्रम मार्फत राहत नपाएसम्म सरकारी कार्यक्रम सफल भएको मान्न सकिन्छ ।
शब्द, तस्वीर : मनीष दुवाडी, धादिङ

|
0 comments
Write Down Your Responses
Thanks for Your comment.