पछिल्ला सामग्री :
यस्तो छ ६० वर्षअघिको नेपाल (भिडियोसहित)

काठमाडौं/ ६० वर्षअघिको नेपाल कस्तो थियो होला । हामीले अनुमानसमेत लगाउने हो भने केही आकृतिलाई मानसपटलमा घुमाउन सकिएला । हुन त हामीले तपाईंलाई ६० वर्षअघिको भिडियो त्यो पनि रंगिन देखाउने प्रयास गरेका छौँ । युट्युबमा अपलोड गरिएको यो भिडियो हेर्दा पनि हामीलाई अचम्म लाग्नु स्वाभाविक हो ।

हामीले तपाईंका लागि प्रस्तुत गरेको यो भिडियो हेरेर पनि अनुमान लगाउन सकिन्छ । मुलुकले कति फड्को मारेको रहेछ । त्यसवेलाको यात्रा तथा नेपालको पूर्वदेखि पश्चिमतिरको नेपालको भौगोलिक अवस्था हेर्दा पनि मन प्रफुल्ल कसरी नहोला र ?

हुन त ६ दशकअघि क्यामरा एवं अडियो/भिडियोको प्रविधि नेपालमा भित्रिइसकेको त थियो होला । तर, यसलाई आफ्नो यात्रामा प्रयोग गरी लामो समयसम्म सुरक्षित राख्नु त उति सम्भव पनि थिएन होला । तर, त्यसवेला नेपालका अधिकांश क्षेत्रमा भ्रमण गरेका पहिलो विदेशी (स्विस नागरिक) टोनी हेगनले भने सन् १९५० देखि १९६१ सम्म आफू हिँड्दा हिँड्दै (यात्रामा) यसलाई कैद गर्न भ्याएका रहेछन् । हुन त उनको यो भिडियोमा नेपालको सुन्दर वातावरण, हिमाल, नदी, मानिशको दैनिकी, शिक्षालगायतका विषय जान्न सकिन्छ ।

हेगनले आफ्नो नेपाल यात्राको संस्मरणमा ‘हिमालयन किङ्डम अफ नेपाल’ नामक अंग्रेजी पुस्तकसमेत प्रकाशन गरेका छन् । स्विस भूगर्भशास्त्री हेगन खासमा ‘नेपालको हिमालय क्षेत्रम हीराजन्य बहुमूल्य खनिज पदार्थ पाइन्छ कि पाइँदैन ?’ भनेर अध्ययनका लागि आए पनि उनी नेपाली प्राकृतिक र समाजप्रति बढी झुकाव राखेको पाइन्छ । मदनराज जोशीले युट्युबमा अपलोड गर्नुभएको यो भिडियो करिब ६० वर्षअघिको नेपालका विषयमा देखाइएको छ ।

हो यहि रोचक तथा निकै जानकारीमूलक भिडियो हाम्रा सम्पूर्ण पाठकका लागि अपलोड गरेका छौँ । तपाईंहरू पनि हेर्न सक्नुहुन्छ र त्यसवेलाको नेपालको भौगोलिक अवस्था, चालचलन, लवाइखुवाई, शिक्षाको अवस्था, सडकको अवस्थालाई नजिकबाट अनुभूति गर्न सक्नुहुनेछ । १७ अगस्त १९१७ मा स्विट्जरल्यान्डमा जन्मिएका हेगन १८ अप्रिल २००३ मा सदाका लागि यो धर्तीबाट बिदा भए ।
यति पढिसकेपछि मनमा लागेका खुल्दुली भने कमेन्ट पठाउनुहोला । अनि तपाईंहरूसँग यस्तै रोचक, ज्ञानबद्र्धक, जानकारीमूलक कुनै सामग्री भए हामीलाई निम्न ठेगाना nepalidarpan@gmail.com मा पठाउन सक्नुहुनेछ । हामी सदैव तपाईंका मनका कुरालाई यो वेबसाइटमार्फत विश्वभरका पाठकसमक्ष पुर्‍याउन हरदम तयार छौँ ।
दोश्रो भाग हेर्नुस्


IP

, , , , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.