सरकारले भन्यो, ‘बजारमा केही पनि अभाव छैन’
काठमाडौं/ सरकारले बजारमा कुनै पनि खाद्यवस्तुको अभाव नभएको जनाएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा मरिन्त्रपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले प्रचारमा आए जस्तो खाद्य वस्तुको अभाव नभएको बताउनुभएको हो ।
कृत्रिम अभाव सिर्जना गरेर अवैध नाफा कमाउन खोज्ने केहीले चलाएको हल्लाका पछि नलाग्न सरकारले आग्रह गरेको छ । देशभर हाल ६ महिनालाई पुग्ने ८३ हजार मेट्रिकटन नुन मौज्जात रहेको बास्कोटाको भनाइ छ ।
त्यस्तै, वाणिज्य विभागका नारायणप्रसाद बिडारीले कालो बजारी गर्ने व्यापारीलाई अनुगमन गरेर कानुनी दायरामा ल्याउने प्रयास भइरहको जानकारी दिनुभयो । संयुक्त बजार अनुगमन निर्देशिका अनुसार बजार अनुगमन भइरहको उहाँको भनाइ छ ।
उपभोक्त हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सरकारले अनुगमन र कारबाहीमा ध्यान नदिएको आरोप लगाउनुभयो । सरकारी निकाय कामभन्दा कुरामा बढी केन्द्रित भएकाले उपभोक्ता ठगिनुपर्ने अवस्था आएको बानियाँको दाबी छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.