पछिल्ला सामग्री :
भ्रष्टाचारले देश डुबायो (तस्वीरसहित)

नेपालगन्ज/ भ्रष्टाचार सहन्न, सदाचार बिर्सन्न भन्ने मूल नाराका साथ आज बासले देशका बिभिन्न जिल्लामा भ्रष्टाचार बिरुद्धको अन्तरराष्ट्रिय दिवस तथा सस्थाको १३ औ बार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

बास केन्द्रीय कार्यालयले नेपालगञ्जमा आयोजना गरेको चेतनामुलक साँस्कृतिक उत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचारले मुलुकको विकासको गति रोक्ने भएकोले यस बिरुद्ध सबै जना एक जुट भएर लाग्न जरुरी भएको भन्दै सो अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सुशासन अभाव हुँदा मुलकको आर्थिक समृद्धि रोकिएको जनाउदै समुन्नत समाजका लागि भ्रष्टाचार रोक्न आवश्यकता रहेको औल्याएका छन् । यातायात ब्यवस्थापन कार्यालयका भेरीका प्रमुख चेत प्रसाद उप्रेतीले भ्रष्टाचारको अन्त्य गर्न आफै बाट सुरुवात गर्नुपर्ने बताउदै दैनिक आनीबानीमा सुधार गरेर सुशासनका पक्षमा कार्य गर्नपर्ने जनाए । अन्तराष्ट्रिय दिवस तथा बार्षिक उत्सवको अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका नेपालगञ्जका क्षेत्रिय प्रमुख बिरेन्द्र ठगुन्नाले भ्रष्टाचार न्युनिकरण तथा अन्त्य गर्नका लागि अपनत्वको भावनाको विकास गर्नुपर्ने तथा भ्रष्टाचार नगर्ने अनि नसहने बानीको विकास गर्नुपर्ने जनाए ।

गैरसरकारी महासंघका अध्यक्ष प्रभात सिंह ठकुरीले गैरसरकारी सस्थाहरुले सुशासनको पक्षमा निरन्तर काम गरी राज्यलाई यता तर्फ अग्रसर हुन प्ररित गरिरहेको जनाए । कार्यक्रममा क्षेत्रीय पशु क्वारेन्टाईन बाँकेका श्याम शुन्दर सिंह, के.आई. नेपालकि राधिका गिरी, जिल्ला वन कार्यालय बाँकेका गणेश बहादुर खड्का, जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्मा, जिल्ला प्रहरी कार्यालयका ओम प्रकाश चौधरी, गाविस सचिवहरुको तर्फबाट अग्नि प्रसाद आचार्य लगायतले भ्रष्टाचार बिरुद्धको अभियानमा ऐक्यबद्धता जनाउदै शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा प्रस्तुत गरिएका साँस्कृतिक प्रस्तुतीपछि सहभागीहरुले भ्रष्टाचार बिरुद्धको अभियान तर्फ उन्मुख गराएको प्रतिक्रिया दिएका छन् । चेतनामुलक गीत, नृत्य, लघु नाटक, गजलले मुलुकको भ्रष्टाचारको अवस्था उजागर गर्नुका साथै सदाचार प्रबद्र्धनका लागी लागी पर्न सन्देश दिएका थिए ।

बास चौध बर्षमा प्रबेश

बासले १३ औ बर्ष पार गरी १४ औ बर्ष प्रवेश गरेको अवसरमा बासका साधारण सदस्य तथा शुभ चिन्तकहरु बिच खुशियाली साटासाट गरी शुभकामना व्यक्त गरिएको छ । कार्यक्रममा बासका अध्यक्ष राजु लामिछाने र निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्ध सहकार्य गर्ने बिभिन्न निकाय तथा व्यक्तिहरु प्रति आभार समेत प्रकट गरेका छन् । स्मरणिय रहोस्, २०५७ साल मंसिर २४ गतेका दिन स्थापित बासले अधिराज्यभरमा ५९ जिल्ला, १०० सय बढी उपशाखा र ४ हजार दुई सय सदस्यहरु बनाई सुशासन स्थापनाका लागी सक्रिय रहेको छ । त्यसै गरी आज बास दाङ्ग शाखाले घोराहिमा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकल गरि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउदै आईएको छ । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदनसमेत गरेर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धीको सदस्य राष्ट्र गरेको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.