नेपाली मन (जनक राना)
आमाको सय डिग्री भ्रुण्मा
निस्सासिएर, खुम्चिएर, अटेस्मटेस थिए
आमाको प्रशव पिडा मन्थर गराउन मानिस भै यो धर्तीमा आए
म आमाको खुशी हु
म बाको ईच्छा हु
बर्तमान र भविष्य हु
त्यसैले
बाको हलो र जुवा संगै खेतका फाटहरुमा झुल्न चाहान्थे
तर संभव रहेन
किनकि
मृतु बटुल्ने ति गिध्दहरुदेखि म खेदिए
पराया माटोमा फुल्न नसकेपनि भुलिरहेछु
आफ्नो पहिचान गुमाएर
आत्मबल बधाई रहेछु
बुध्द र सगरमाथा मुटुमा सजाएर
बसेको छु ब्रमाण्डकै उज्यालोमा अध्यारोको
बास लाग्छ मेरो प्रखरमा
स्वर्गै तुल्य किन नहोस
यी गगन चुम्ने दरवार
जुन नर्ग तुल्य लाग्छ
अन्याय र पक्षपातमाप्रवासीलाई कानूनले हत्कडी लाउदा
स्वतन्त्र भै आफू खुलेर हास्न नपाउदा
मेरी आमाबाट चोईटियेर
कुल्लीको भेषमा,
उम्लिदो तेलमा मनलाई डुबाएर
स्वतन्त्रताको नाउमा
पिजडा भित्र भित्रै आफू उडाएर
बाध्य छु बाच्न यहा डलरको ताला लगाएर
पराई देशमा किन बन्थ्यो
भविष्य उज्यालो
अमृतकै बिज छर्दा
उम्रियो बिषको प्यालो
सुर्यले उज्यालो जति छरेपनि
अन्तस्करंमा कर्मका कण अध्यारै भएपछि
भोलीका दिन कहा जानु मैले ?
मेरै देश नगए
बैरी आई टुक्राई खाला
हामी होशियार नभए
बिभाजीत् मन एकढिक्का नभए
नेपाली भनि बाचिन्छ कहा नेपालै नरहे
हाल अमेरिका
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.