आदिकवी भानुभक्त आचार्यको जीवनी...!
नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । वि।सं। १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।'वधुशिक्षा' उनको प्रसिद्ध कृति हो । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र 'भोलिवाद'का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए-
'भोलि भोलि भन्दैमा सब घर बितिगो
बक्सियोस् आज झोली' ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको 'रामायण'मार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घर-घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानु जयन्तीका दिन भानुभक्तको फोटोलाई रथारोहण गराई राजधानीका विभिन्न ठाउँमा प्रभातफेरिको आयोजना वि. सं. २०३४ देखि गर्ने गरिएको छ ।
आदिकवि आचार्यको जन्मस्थल तनहुँ चुँदीरम्घास्थित ऐतिहासिक घर २०६० साल वैशाख ११ गतेदेखि तीन दिनसम्म लगातार जङ्गलमा लागेको आगोका कारण जलेर पूर्णरूपमा ध्वस्त भयो । त्यसको पुनःनिर्माण हुन सकेको छैन । डुम्रे-बेसीशहर सडकलाई भानुभक्त आचार्य मार्ग नाम दिइएको छ । उक्त मार्ग ४२.७७ कि.मि. लामो छ ।

![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.