दोस्रो
जनआन्दोलनको सफलतापछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्तिप्रक्रियामा
आयो । विस्तृत शान्तिसम्झौतालगायत सहमतिपछि दलहरूबीच अन्तरिम
व्यवस्थापिका–संसद् गठन गर्ने सहमति बन्यो । उक्त व्यवस्थापिका–संसद्मा
माओवादीले पाएको ७३ जना ‘सांसद’ कोटामा भक्तपुरकी नारायणीदेवी श्रेष्ठ
पनि मनोनीत भएकी थिइन् । कलाकारका रूपमा राजनीतिक जीवन सुरु गरेकी श्रेष्ठ
०५२ सालमा माओवादीले थालेको जनयुद्धसँगै पूर्णकालीन भइन् । नारायणीका
श्रीमान् वासुदेव चुवाल राज्यद्वारा बेपत्ता पारिएका छन् । तर, एक वर्षयता
उनी राजनीतिमा कम, व्यवसायमा बढी समय दिइरहेकी छिन् । अहिले उनी भक्तपुरको
कमल विनायकमा म:म कार्निभल एन्ड फास्टफुड चलाइरहेकी छिन् । राजनीतिक यात्रा
तथा व्यावसायिक जीवनबारे श्रेष्ठकै शब्द :
कलाकार हुँदै पार्टीमा
देशको राजधानीभित्रकै बासिन्दा भए पनि १२ वर्षको उमेरमै मेरो बिहे भयो, ललितपुरको टंगाल भन्ने स्थानका वासुदेव चुवालसँग । मेरो माइती र घर दुवै राजनीतिक रूपमा सचेत परिवार नै हो । त्यसैको प्रभावस्वरूप सानैदेखि म कलाकार हुँदै राजनीतिमा लागेकी हुँ । बिहेपछि पनि म कुनै न कुनै रूपमा राजनीतिमा जोडिएँ । ०५२ सालमा जनयुद्ध सुरु भएसँगै म पूर्णकालीन कार्यकर्ताका रूपमा होमिएँ ।
देशको राजधानीभित्रकै बासिन्दा भए पनि १२ वर्षको उमेरमै मेरो बिहे भयो, ललितपुरको टंगाल भन्ने स्थानका वासुदेव चुवालसँग । मेरो माइती र घर दुवै राजनीतिक रूपमा सचेत परिवार नै हो । त्यसैको प्रभावस्वरूप सानैदेखि म कलाकार हुँदै राजनीतिमा लागेकी हुँ । बिहेपछि पनि म कुनै न कुनै रूपमा राजनीतिमा जोडिएँ । ०५२ सालमा जनयुद्ध सुरु भएसँगै म पूर्णकालीन कार्यकर्ताका रूपमा होमिएँ ।
जनयुद्ध घोषणाअघि सांस्कृतिक
कार्यक्रममार्फत जनतालाई परिवर्तन गर्ने काममा हामी व्यस्त भयौँ ।
त्यसक्रममा पार्टीले काठमाडौं उपत्यकामा भलका (भक्तपुर–ललितपुर–काठमाडौं)
अभियान गरेको थियो । त्यसमा सहभागी भएर म यी तीनवटा जिल्लाका विभिन्न
ठाउँमा पुगेँ । त्यसवेला उमेर अलि सानै भए पनि चिठीपत्र ओसार–पसारलगायतका
काममा म बढी सक्रिय रहन्थेँ ।
जनयुद्धका समयमा पार्टीले विभिन्न
जिल्लामा खटायो । मैले पार्टीको निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्दै
गएँ । ०५८ सालमा पाल्पा तथा पर्वत जिल्लामा जिम्मेवारी पर्यो । राजधानीका र
सहरी क्षेत्रका कार्यकर्तालाई गाउँसँग जोड्ने अभियान थियो त्यो । त्यहाँ
केही समय काम गरेर म फेरि काठमाडौं फर्किएँ । त्यसपछि मेरो जिम्मेवारी
काभ्रेपलाञ्चोक जिल्ला पर्यो । काभ्रे र आसपासका जिल्लामा दुई–तीन वर्ष
बसेर काम गरेँ ।
काभ्रेमा हुँदा जातीय रूपमा केही समस्या
पनि आयो । त्यसको चपेटामा म पनि परेँ । काभ्रेमा तामाङ र नेवार भनेर
केहीबाट भेदभाव भयो । जिम्मेवारीमा पनि कटौती गरियो । स्थानीय भाषा जानेको
भनेर तामाङलाई प्राथमिकतामा पारियो । तर, त्यसलाई हामीले ठूलो रूपमा लिने
कुरा भएन, लिएनौँ पनि । जसरी जहाँ भए पनि, जुन जिम्मेवारीमा भए पनि
क्रान्तिका लागि काम गर्ने नै हो भनेर राजनीतिमा क्रियाशील रहिरहेँ ।
काभ्रेमा रहँदा लामो समयसम्म एसिएम (एरिया कमिटी मेम्बर) बनेर काम गरेँ ।
त्यहाँ पनि मैले सांस्कृतिक मोर्चा तथा संगठनमा रहेर काम गरेँ । जनसेनामा
भने कहिल्यै जिम्मेवारी परेन । शान्तिप्रक्रियासँगै म राजधानी छिरेँ ।
काठमाडौं आइसकेपछि भने पार्टीले मेरो जिम्मेवारी बढायो ।
काम गर्न केको लाज ?
दोस्रो जनआन्दोलनपछि शान्तिप्रक्रिया सुरु भयो । पार्टी र सरकारबीच अन्तरिम व्यवस्थापिका–संसद् गठन गर्ने सहमति भयो । पार्टीले मलाई उक्त संसद्को सदस्यको रूपमा मनोनीत गर्यो । पार्टीबाट एकैचोटि विधायिकाको जिम्मेवारी परे पनि सकेको भूमिका निर्वाह गरेँ ।
दोस्रो जनआन्दोलनपछि शान्तिप्रक्रिया सुरु भयो । पार्टी र सरकारबीच अन्तरिम व्यवस्थापिका–संसद् गठन गर्ने सहमति भयो । पार्टीले मलाई उक्त संसद्को सदस्यको रूपमा मनोनीत गर्यो । पार्टीबाट एकैचोटि विधायिकाको जिम्मेवारी परे पनि सकेको भूमिका निर्वाह गरेँ ।
उक्त अन्तरिम व्यवस्थापिका–संसद्को सदस्य
बनाएपछि पार्टीले अरू महत्त्वपूर्ण जिम्मेवारी दिएको छैन । तैपनि, मैले
राजनीति पूरै छोडेको छैन । तर, पहिलेजस्तो पूर्णकालीन भएर सबै जिम्मेवारी
पार्टीले हेर्ने अवस्था नभएपछि दैनिक जीवन सञ्चालनका लागि कुनै न कुनै
काममा जोडिन बाध्य हुनुपर्यो । बदलिएको परिस्थितिमा राजनीतिक योजनाभन्दा
पनि व्यक्तिगत योजनालाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ । श्रीमान्
हुनुहुन्न । जनयुद्धको अवधिमा राज्यद्वारा बेपत्ता पारियो । घरको आर्थिक
अवस्था त्यति राम्रो छैन । त्यसैले जीवन धान्नलाई नै गाह्रो भयो ।
श्रीमान्विनाको जिन्दगी मुस्किल हुँदो रहेछ । हाम्रो एउटा छोरो छ । ऊ अहिले
११ कक्षामा अध्ययन गर्दै छ । उसको पढाइलेखाइमा ध्यान दिनुपर्ने दायित्व
मेरो काँधमा मात्रै छ । बेपत्ता परिवारलाई सरकारले दिने भनेको राहत पनि
पूरा पाउन सकिएको छैन । त्यो पाउन सकेको भए पनि केही राहत हुन्थ्यो ।
माइतीले पनि हेर्न सक्ने अवस्था छैन । जीविकोपार्जन गर्न व्यवसाय गर्ने
मनसाय बनाएँ । मैले यो कुरा पार्टीमा पनि राखेँ । पार्टीले अनुमति दियो ।
त्यसपछि म यो व्यापारमा लागेकी हुँ ।
करिब तीन लाखबाट मैले यो व्यापार सुरु
गरेकी हुँ । पहिले कौशलटारमा साथीले सञ्चालन गरिरहेको पसल किनेर व्यापारमा
हात हालेकी हुँ । अहिले भने कमल विनायकमा चलाइरहेकी छु । यहाँको व्यापार
उत्कृष्ट नभए पनि सन्तोषजनक नै छ । दिनमा चार–पाँच हजारको आम्दानी भइरहेको छ
। कमल विनायकमा व्यापार नयाँ भए पनि ग्राहकले मेरो फास्टफुडको म:म राम्रो
मान्नुभएकाले दिन–प्रतिदिन राम्रै भइरहेको छ । पसलमा म आफैँ खट्छु । दुईजना
सहयोगी छन् ।
यो व्यापार थालेको एक वर्ष भयो । व्यापारमा आर्थिक पक्ष महत्त्वपूर्ण हुँदो रहेछ । लगानी राम्रो गर्न सके राम्रै प्रतिफल आउने, तर आर्थिक अभावले समस्या पारिरहेको छ । लगानी गरिदिने निकाय पनि छैन । ऋण गरौँ भन्ने सोचेँ, तर पत्याएनन् । त्यसमा पनि महिला भनेपछि फरक व्यवहार हुने रहेछ । बैंकबाट ऋण लिऊँ भन्यो धितो माग्छ । धितो राख्ने केही छैन । पर्याप्त लगानी नभएपछि व्यापार पनि सोचेजस्तो गर्न सकिँदो रहेनछ । स्वरोजगार कोषबाट पनि ऋण निकालेर व्यापार बढाउने विचार गरेकी थिएँ । त्यो पनि सम्भव भएन । त्यसैले जति छ, त्यतिमै चित्त बुझाएर व्यापार थालेँ ।
यो व्यापार थालेको एक वर्ष भयो । व्यापारमा आर्थिक पक्ष महत्त्वपूर्ण हुँदो रहेछ । लगानी राम्रो गर्न सके राम्रै प्रतिफल आउने, तर आर्थिक अभावले समस्या पारिरहेको छ । लगानी गरिदिने निकाय पनि छैन । ऋण गरौँ भन्ने सोचेँ, तर पत्याएनन् । त्यसमा पनि महिला भनेपछि फरक व्यवहार हुने रहेछ । बैंकबाट ऋण लिऊँ भन्यो धितो माग्छ । धितो राख्ने केही छैन । पर्याप्त लगानी नभएपछि व्यापार पनि सोचेजस्तो गर्न सकिँदो रहेनछ । स्वरोजगार कोषबाट पनि ऋण निकालेर व्यापार बढाउने विचार गरेकी थिएँ । त्यो पनि सम्भव भएन । त्यसैले जति छ, त्यतिमै चित्त बुझाएर व्यापार थालेँ ।
ममा पहिल्यैदेखि गरिखान केको लाज भन्ने
सोच थियो । हामी गरिखाने वर्गका मानिस हौँ । हामीले राजनीति गर्दा पनि
श्रमिक वर्गको पक्षमा गरेका थियौँ । हो, विधायक भइसकेपछि म:म पसल भनेर
केहीले नाक खुम्च्याउन पनि सक्छन् । तर, काम गरिखान केको लाज ? चोर्न पो
लाज मान्नुपर्छ । मेरो पसलमा म:म खान आउने धेरैले मलाई चिन्दैनन् ।
कोही–कोही चिन्नेहरू ‘माननीयज्यू मम खाउँ न’ पनि भन्छन् । उहाँहरूले रमाइलो
गरेर त्यसो भन्नुभएको हो भन्ने बुझेकी छु । त्यसैले यो काम गर्न खासै
अप्ठयारो महसुस भएको छैन । म यो व्यवसायबाट मूलभूत रूपमा सन्तुष्ट नै छु ।
म व्यापारसँगै अझै पार्टीमा पनि सक्रिय छु
। अहिले राजनीतिलाई थोरै र आफ्नो व्यवसायलाई धेरै समय दिइरहेकी छु । दैनिक
जीवन सञ्चालनका लागि पनि पार्टीभन्दा व्यवसायलाई प्राथमिकता दिएर काम
गरिरहेकी हुँ ।
दोहोरो विभेदको सिकार
अहिले राजनीतिबाट सायद कोही नेपाली पनि सन्तुष्ट छैन । म पनि छैन । अहिले मुलुक संविधान बनाउने क्रममा छ, तर यो आकाशको फलसरह भएजस्तो लाग्छ । अहिलेको अवस्थामा संविधान बन्लाजस्तो पनि लाग्दैन मलाई । दलहरूकै खिचातानीले यो सम्भव छैनजस्तो देखिन्छ । तथापि, दलहरू मिलेको खण्डमा यो असम्भव भन्ने विषय पनि होइन । संविधान बन्नुपर्छ भन्ने मेरो पनि धारणा हो ।
अहिले राजनीतिबाट सायद कोही नेपाली पनि सन्तुष्ट छैन । म पनि छैन । अहिले मुलुक संविधान बनाउने क्रममा छ, तर यो आकाशको फलसरह भएजस्तो लाग्छ । अहिलेको अवस्थामा संविधान बन्लाजस्तो पनि लाग्दैन मलाई । दलहरूकै खिचातानीले यो सम्भव छैनजस्तो देखिन्छ । तथापि, दलहरू मिलेको खण्डमा यो असम्भव भन्ने विषय पनि होइन । संविधान बन्नुपर्छ भन्ने मेरो पनि धारणा हो ।
म त अझ श्रीमान् बेपत्ता बनाएकी एक महिला
हुँ । राज्य र विद्रोहीबीच सहमति भएर नयाँ राजनीतिक व्यवस्था सुरुवात भएपछि
राज्यबाट विभेद गरिन नहुने हो । आज देशमा आएको गणतन्त्र आउनमा हामीजस्ता
राजनीतिककर्मीको पनि भूमिका थियो । मेरो श्रीमान् जनताको मुक्तिप्राप्तिका
लागि लड्ने क्रममा तत्कालीन शाही शासनद्वारा बेपत्ता पारिनुभयो । जनता र
देशका लागि केही गर्नुपर्छ भनेर म राजनीतिमा लागेकी हुँ । श्रीमान्ले
थालेको कामलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताले राजनीतिमा अझ सक्रिय
भएकी हुँ । तर, अहिले हामीलाई अपमान गरिएको छ । त्यसैले बेपत्ता, सहिदका
सपना पूर्ण रूपमा साकार नभएको देख्दा दिक्क लागेर आउँछ । राजनीतिबाट अहिले
तत्काल सबै कुरा प्राप्त हुन्छ भन्ने मलाई लाग्दैन, तर राहतका केही न केही
काम त हुनुपर्यो नि †
राज्यले सहिद भएका, बेपत्ता पारिएका तथा
द्वन्द्वपीडितलाई भिन्दाभिन्दै वर्गमा राखेको छ । सहिदका सन्तानलाई मासिक
रकमको व्यवस्था भए पनि बेपत्ता सन्तानका लागि भने १८ वर्षसम्म मात्रै
छात्रवृत्तिको व्यवस्था गरेको छ । वास्तवमा सबैलाई समान रूपले हेर्नुपर्ने
राज्यको दायित्व हो । सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पनि
दिइने भनेको रकम न्यून रूपमा मात्र उपलब्ध गराइएको छ । राज्यले कमसेकम
हामीजस्ता पीडितका सन्तानलाई चाहेजति शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा
पूर्ण सहयोग गर्नुपर्ने हो ।
सरकारले द्वन्द्वपीडितलाई दिने भनेको राहत
पूर्ण रूपमा दिनुपर्यो । जनतालाई झुक्याउने र झुलाउने काम राज्यबाट
हुनुभएन । राज्यले स्वास्थ्य, शिक्षालगायतका कुरामा आफ्ना सबै नागरिकलाई
हेरिदिनुपर्ने हो । सरकारमा रहेका पार्टीका नेताहरूको उपचार गर्न करोडौँ
सरकारी रकम खर्च गरिएको छ । तर, गणतन्त्रलगायतका उपलब्धि ल्याउन योगदान
गर्नेलाई बेवास्ता गरेको छ । यो मेरो मात्रै समस्या होइन । यो धेरैको साझा
समस्या हो । अपांग, घाइते, सहिद, बेपत्तालगायत सबैलाई सरकारको उच्च सहयोग
चाहिएको छ । कमसेकम आधारभूत कुरामा राज्यले सहयोग गरे पनि हामीलाई खुसी नै
लाग्थ्यो ।
राज्यले त विभेद गर्यो–गर्यो, पार्टीका
केही नेताले कार्यकर्ताको परिवारभन्दा पनि आ–आफ्नो परिवारलाई मात्र
व्यवस्थित गर्नतर्फ लागेको हुँदा अलिक मन दुखेको छ । पार्टीले
द्वन्द्वपीडित, सहिद परिवार तथा आफ्ना कार्यकर्ताका लागि केही पहल
गर्नुपर्ने आवश्यकता छ । हामीजस्ता श्रीमान् नभएका र आर्थिक अवस्थाका कारण
घरपरिवार तथा माइतीतर्फबाट सहयोग हुने सम्भावना नभएका महिलालाई पार्टीले
हेरिदिए हुन्थ्यो भन्ने आश लाग्दो रहेछ । हामीजस्ता कार्यकर्तालाई पार्टीले
सहारा दिई उत्प्रेरणा जगाउनुपर्नेमा पार्टी आफैँ आन्तरिक द्वन्द्वको
भुमरीमा फसेको देख्दा नमज्जा लाग्छ ।
काठमाडौ/ गएको साउन १२ गते पत्रकार बीके पाल्पालीको आँखामा रगत जम्यो । हेर्दै अस्वाभाविक रातो देखियो । परिवार र साथीहरूले दौडाएर आँखा अस्पताल पुर्याए । ब्लड प्रेसर अति हाई भएको भन्दै त्यहाँका डाक्टरले निजामती अस्पताल पठाइदिए । राम्ररी जचाउँदा दुवै मृगौला खराब भइसकेका रहेछन् । त्यसपछि त्रिवि शिक्षण अस्पताल पठाइएका उनको त्यहाँ पनि उपचार हुनसकेन । डाक्टरले भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल लैजाने सल्लाह दिए ।
नयाँदिल्लीको महँगो अस्पताल लगेर त्यति गम्भीर रोगको उपचार गर्ने आर्थिक हैसियत उनमा थिएन । श्रीमती रेणुका भट्टराईले हारगुहार गरेर केही रकम जुटाइन् । र मेदान्त पुर्याइन् । बीकेको मृगौलाको समस्या त गम्भीर थियो-थियो, ब्लड प्रेसर र सुगर पनि अनियन्त्रित भइसकेको रहेछ । डाक्टरले भने, '६ महिना अस्पताल राखेर प्रेसर-सुगर नर्मल बनाएपछि मृगौला फेर्नुपर्छ ।'
डाक्टरले भनेर मात्र के गर्नु, खर्च सकियो ।
दिनको दस-पन्ध्र हजार भारुको मिटर चढिरहन्थ्यो । पच्चीसौं दिन रेणुकाले खर्च जुटाएर ल्याउने भन्दै डाक्टरलाई अनुनय गरिन् । चाँडो आउन सल्लाह दिँदै डाक्टरले बिदा दिए । दुवैजना फर्किएर काठमाडौं आए । बीके ओछ्यानमा ढले, रेणुका सहयोगको याचनामा लागिन् ।
करिब २० लाख नबोकी नगए पनि हुने हालतमा रहेको यो जोडीको हातमा अझैसम्म एक लाख रुपैयाँ पनि छैन । राज्यले मृगौला रोगको उपचारमा केही सहयोग गर्छ रे भनिन्छ, रेणुकाले त्यसको मेलोसमेत पाएकी छैनन् । पतिका छेउमा बसेर फोनबाट सहयोगकै गुहार मागिरहेकी रेणुका हुन् वा बाबा-आमाको हालतले सारा हाँसो बिर्सिसकेकी पाँच कक्षामा पढ्ने एक्ली छोरी सन्ध्या— देख्दा आँसु थाम्न गाह्रो पर्छ । ओछ्यानमा अचेतझैँ ढलेका बीकेको त कुरै नगरौं ! उनी बोल्नसमेत नसक्ने हालतमा पुगिसकेका छन् । चिनेका मान्छे पुगे टुलुटुलु हेर्छन् ।
पाल्पाली परिवारको अघिल्तिर हरेक दिन घाम झुल्किन्छ आस बोकेर, अस्ताउँछ अत्यास दिएर । गन्दागन्दै दिन ढल्किँदैछन् । शरीर झन् गल्दो छ । कसैले सहयोग गर्ला र उपचार गरौंला भन्दाभन्दै रोगले गाल्दै गएको छ । जेलमा बस्नेलाई जति दिन बित्छ, उति खुसी बढ्दै जान्छ । घररूपी जेलको ओछ्यानमा लडेर उपचारको भिख मागिरहेको व्यक्तिलाई चाहिँ घन्टा-घन्टा बित्दा भतभती पोल्दो रहेछ । हँ, कहिले आउला पुग्दो पैसा बोकेर भारत गई मृगौला फेरेर नयाँ जीवन पाउने दिन ?
झन्डै आधा दर्जन पुस्तकका लेखक हुन्, बीके । अलि पहिला किताबको बजार कहाँ थियो र ! त्यसबाट कमाइ नभएपछि श्रीमान-श्रीमती मिलेर 'नेपाल बोर्डर' साप्ताहिक निकाल्न थाले । त्यसको पनि आर्जन भनेकै मुस्किलले अर्को अंक निकाल्नु हो । थोर-बहुत बचाएर दाल, भात, तरकारी । त्यसैका लागि पाइताला खियाएर यो जोडी राजधानीका गल्ली-गल्ली भौंतारियो, तर पनि पेसागत धर्म कहिल्यै उल्लंघन गरेनन् । पेसा दुरुपयोग गरेको भए अहिले जीवन सदुपयोग हुनसक्थ्यो । पेसा सदुपयोग गर्दा जीवन दुरुपयोग भयो । अर्थात् आइपर्दा आफ्नै जीवन किन्ने पैसा साथमा भएन । जीवन लिलामीमा चढ्न लाग्यो, उकासिदिने कोही भएन ।
तर पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । भाग्यवश यो जोडीको एउटै रक्तसमूह रहेछ । चिकित्सकले परीक्षण गर्दा श्रीमती रेणुकाको एउटा मृगौला बीकेलाई दिन मिल्ने सम्भावना धेरै छ । मिलेको अवस्थामा उनी दिन आतुर छिन् । मृगौला खोज्नु र किन्नुपर्ने एउटा झमेला नै सल्टिने स्थिति छ । तर मूल समस्या छ, पैसाकै । जतिसक्दो छिटो भारत जानुछ, साथमा पैसा छँदै छैन ।
कोटेश्वरको महादेवस्थान मन्दिरको फेदीमा सडकको धुलो ह्वार-ह्वार पस्ने अँध्यारो कोठा नै हो, उनीहरूको डेरा । पर्दाले बारेर भागबन्डा लगाई त्यसमै निकालिएको छ, भान्सा । त्यहाँबाट खाना पकाउँदा आउने धुवाँ र तेलको राग सुँघ्दै जिन्दगीका थकित सास फेरिरहेछन्, एउटा इमानदार पत्रकार । सायद महादेवस्थानमा दर्शनार्थ आउने भक्तजनहरूलाई भगवान् महादेव नै आह्वान गरिरहेका होलान्, 'हे बालक ! फूल यता चढाए पनि भेटी मेरै काखमा खपटिइरहेको विचरा बीकेलाई चढाइदेऊ ! तिमीलाई वास्तविक धर्म हुनेछ । मेरो दर्शन गरेको फल पाउनेछौ ।'
हो, वास्तविक धर्म भनेकै कसैलाई मृत्युको मुखबाट जोगाउनु हो । सबैभन्दा पूज्य दान भनेकै जीवन दान हो । लाखौं तीर्थ-व्रत, यज्ञ-यज्ञादि गर्नुभन्दा कुनै निरीहलाई बाँच्ने अवसर दिनु ठूलो पुण्य हो । हामी दानी, ज्ञानी, धर्मात्माहरू मिलेर कतै बीकेलाई बचाउन पो सक्छौं कि ?
आखिर रोगको के भर छ र ! कुन रोग कहिले कसलाई लाग्छ, टुंगै छैन । दुर्गममा बसेर धेरैलाई मृत्युको मुखबाट फर्काएका डाक्टर चित्रप्रसाद वाग्ले आफैं क्यान्सरजस्तो असाध्य रोगसँग लडे, राम्रो उपचार नपाई बितिसके । उनी धेरै धनी वा राज्यको कुनै आकर्षक पदमा भएको भए बेलैमा ठूलो देशको गतिलो अस्पताल जान सक्थे । कुबेलामा लिन आएको काललाई सायद धपाउन सक्थे कि ! तर जिन्दगीको पैसारूपी कठिन रेसलिङमा उनको केही लागेन । उनीभन्दा काल बलियो भयो । उनी भुक्लुक्कै ढले । दुःखको कुरो, देश दर्शकदीर्घामा बसेर ताली बजाइरह्यो !
हुने कुरा भइसक्यो । बीकेबारे चाहिँ बेलैमा सोचिहालौं !
शव्द, तस्वीर साभार : कान्तिपुर
नयाँदिल्लीको महँगो अस्पताल लगेर त्यति गम्भीर रोगको उपचार गर्ने आर्थिक हैसियत उनमा थिएन । श्रीमती रेणुका भट्टराईले हारगुहार गरेर केही रकम जुटाइन् । र मेदान्त पुर्याइन् । बीकेको मृगौलाको समस्या त गम्भीर थियो-थियो, ब्लड प्रेसर र सुगर पनि अनियन्त्रित भइसकेको रहेछ । डाक्टरले भने, '६ महिना अस्पताल राखेर प्रेसर-सुगर नर्मल बनाएपछि मृगौला फेर्नुपर्छ ।'
डाक्टरले भनेर मात्र के गर्नु, खर्च सकियो ।
दिनको दस-पन्ध्र हजार भारुको मिटर चढिरहन्थ्यो । पच्चीसौं दिन रेणुकाले खर्च जुटाएर ल्याउने भन्दै डाक्टरलाई अनुनय गरिन् । चाँडो आउन सल्लाह दिँदै डाक्टरले बिदा दिए । दुवैजना फर्किएर काठमाडौं आए । बीके ओछ्यानमा ढले, रेणुका सहयोगको याचनामा लागिन् ।
करिब २० लाख नबोकी नगए पनि हुने हालतमा रहेको यो जोडीको हातमा अझैसम्म एक लाख रुपैयाँ पनि छैन । राज्यले मृगौला रोगको उपचारमा केही सहयोग गर्छ रे भनिन्छ, रेणुकाले त्यसको मेलोसमेत पाएकी छैनन् । पतिका छेउमा बसेर फोनबाट सहयोगकै गुहार मागिरहेकी रेणुका हुन् वा बाबा-आमाको हालतले सारा हाँसो बिर्सिसकेकी पाँच कक्षामा पढ्ने एक्ली छोरी सन्ध्या— देख्दा आँसु थाम्न गाह्रो पर्छ । ओछ्यानमा अचेतझैँ ढलेका बीकेको त कुरै नगरौं ! उनी बोल्नसमेत नसक्ने हालतमा पुगिसकेका छन् । चिनेका मान्छे पुगे टुलुटुलु हेर्छन् ।
पाल्पाली परिवारको अघिल्तिर हरेक दिन घाम झुल्किन्छ आस बोकेर, अस्ताउँछ अत्यास दिएर । गन्दागन्दै दिन ढल्किँदैछन् । शरीर झन् गल्दो छ । कसैले सहयोग गर्ला र उपचार गरौंला भन्दाभन्दै रोगले गाल्दै गएको छ । जेलमा बस्नेलाई जति दिन बित्छ, उति खुसी बढ्दै जान्छ । घररूपी जेलको ओछ्यानमा लडेर उपचारको भिख मागिरहेको व्यक्तिलाई चाहिँ घन्टा-घन्टा बित्दा भतभती पोल्दो रहेछ । हँ, कहिले आउला पुग्दो पैसा बोकेर भारत गई मृगौला फेरेर नयाँ जीवन पाउने दिन ?
झन्डै आधा दर्जन पुस्तकका लेखक हुन्, बीके । अलि पहिला किताबको बजार कहाँ थियो र ! त्यसबाट कमाइ नभएपछि श्रीमान-श्रीमती मिलेर 'नेपाल बोर्डर' साप्ताहिक निकाल्न थाले । त्यसको पनि आर्जन भनेकै मुस्किलले अर्को अंक निकाल्नु हो । थोर-बहुत बचाएर दाल, भात, तरकारी । त्यसैका लागि पाइताला खियाएर यो जोडी राजधानीका गल्ली-गल्ली भौंतारियो, तर पनि पेसागत धर्म कहिल्यै उल्लंघन गरेनन् । पेसा दुरुपयोग गरेको भए अहिले जीवन सदुपयोग हुनसक्थ्यो । पेसा सदुपयोग गर्दा जीवन दुरुपयोग भयो । अर्थात् आइपर्दा आफ्नै जीवन किन्ने पैसा साथमा भएन । जीवन लिलामीमा चढ्न लाग्यो, उकासिदिने कोही भएन ।
तर पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । भाग्यवश यो जोडीको एउटै रक्तसमूह रहेछ । चिकित्सकले परीक्षण गर्दा श्रीमती रेणुकाको एउटा मृगौला बीकेलाई दिन मिल्ने सम्भावना धेरै छ । मिलेको अवस्थामा उनी दिन आतुर छिन् । मृगौला खोज्नु र किन्नुपर्ने एउटा झमेला नै सल्टिने स्थिति छ । तर मूल समस्या छ, पैसाकै । जतिसक्दो छिटो भारत जानुछ, साथमा पैसा छँदै छैन ।
कोटेश्वरको महादेवस्थान मन्दिरको फेदीमा सडकको धुलो ह्वार-ह्वार पस्ने अँध्यारो कोठा नै हो, उनीहरूको डेरा । पर्दाले बारेर भागबन्डा लगाई त्यसमै निकालिएको छ, भान्सा । त्यहाँबाट खाना पकाउँदा आउने धुवाँ र तेलको राग सुँघ्दै जिन्दगीका थकित सास फेरिरहेछन्, एउटा इमानदार पत्रकार । सायद महादेवस्थानमा दर्शनार्थ आउने भक्तजनहरूलाई भगवान् महादेव नै आह्वान गरिरहेका होलान्, 'हे बालक ! फूल यता चढाए पनि भेटी मेरै काखमा खपटिइरहेको विचरा बीकेलाई चढाइदेऊ ! तिमीलाई वास्तविक धर्म हुनेछ । मेरो दर्शन गरेको फल पाउनेछौ ।'
हो, वास्तविक धर्म भनेकै कसैलाई मृत्युको मुखबाट जोगाउनु हो । सबैभन्दा पूज्य दान भनेकै जीवन दान हो । लाखौं तीर्थ-व्रत, यज्ञ-यज्ञादि गर्नुभन्दा कुनै निरीहलाई बाँच्ने अवसर दिनु ठूलो पुण्य हो । हामी दानी, ज्ञानी, धर्मात्माहरू मिलेर कतै बीकेलाई बचाउन पो सक्छौं कि ?
आखिर रोगको के भर छ र ! कुन रोग कहिले कसलाई लाग्छ, टुंगै छैन । दुर्गममा बसेर धेरैलाई मृत्युको मुखबाट फर्काएका डाक्टर चित्रप्रसाद वाग्ले आफैं क्यान्सरजस्तो असाध्य रोगसँग लडे, राम्रो उपचार नपाई बितिसके । उनी धेरै धनी वा राज्यको कुनै आकर्षक पदमा भएको भए बेलैमा ठूलो देशको गतिलो अस्पताल जान सक्थे । कुबेलामा लिन आएको काललाई सायद धपाउन सक्थे कि ! तर जिन्दगीको पैसारूपी कठिन रेसलिङमा उनको केही लागेन । उनीभन्दा काल बलियो भयो । उनी भुक्लुक्कै ढले । दुःखको कुरो, देश दर्शकदीर्घामा बसेर ताली बजाइरह्यो !
हुने कुरा भइसक्यो । बीकेबारे चाहिँ बेलैमा सोचिहालौं !
शव्द, तस्वीर साभार : कान्तिपुर
(नरेन्द्रराज प्रसाई)
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम इवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो। एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो। उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए। त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे।
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम इवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो। एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो। उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए। त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे।
यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे। मेरी आमा
भागीरथाको जन्म १९७६ साल जेठ ८ गते आठर्राई इवामा भएको थियो। पूर्ववचन
पालना गर्दै सात वर्षको जयप्रसाद प्रसाईसँग भागीरथा उप्रेतीको लगनगाँठो
कसियो।
मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए। त्यस युगमा कागजी पैसा थिएन, धातुमुद्राको चलन थियो। अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन। धातुका पैसा पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्कान्थ्यो।
मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए। त्यस युगमा कागजी पैसा थिएन, धातुमुद्राको चलन थियो। अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन। धातुका पैसा पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्कान्थ्यो।
नरध्वजका पाँच भाइ छोरामध्ये जेठा खडानन्दलाई युधिष्ठिर, माइला
मानबहादुरलाई भीम र मेरा बुबा जयप्रसादलाई अर्जुन भनिन्थ्यो। त्यसबखत यी
तीन भाइमध्ये एउटाले बोलेपछि अर्काले बूढीऔठा थिच्थे । अनि सानै उमेरमा
ज्ञानको प्रखरता भएकाले मेरा बुबालाई जिजू पनि भनिन्थ्यो।
मेरा बुवाले १९९० सालअघि नै त्यस दुर्गम ठाउँमा आफ्नो घरको छाना
च्यादरले छाएका थिए। त्यसबेला जस्ताको छानोलाई च्यादर भनिन्थ्यो। त्यतिबेला
त्यतातिर च्यादरघरे भनेपछि हामीलाई नै चिनिन्थ्यो।
हाम्रा बुवाआमा सामाजिक काममा नै धनखर्च गर्थे। उदाहरणका लागि भन्ने हो
भने- काठमाडौंबाट घर फर्केपछि मेरा बुवाले मेरी आमालाई पशुपतिनाथको महिमा,
गरिमा र महत्ताको बेलिबिस्तार लाए। अनि त्यसैवर्ष अर्थात् १९९५ साल
कृष्णअष्टमीमा हाम्रा बुवाआमाको जेठो छोरा विष्णुभक्त प्रसाईको जन्म भयो ।
अति खुसी भएर मेरा बुवाले मेरी आमालाई सोधे, ‘तिमीले छोरो पाएको उपलक्ष्यमा
म तिमीलाइ के उपहार दिउँ?’ मेरी आमाले पनि आफ्ना पतिसँग पशुपतिनाथ झैं
सानो मन्दिर आफ्नै घरपरिसरमा थापिमागिन्। मेरी आमाको इच्छालाई साकार पार्न
युधिष्ठर, भीम र अर्जुन लागिपरे। जसअनुरुप उनीहरुले हाङपाङमा चार ढोका भएको
शिवालय बनाए। यतिमात्र होइन यी तीनै भाइ मिलेर हाङपाङको मेलेमा च्यादरपाटी
र तीनधारेहिटी पनि बनाए। अनि ठाउँठाउँमा मूलबाटो बनाउन पनि यी तीन भाइ नै
अग्रसर हुन्थे।
धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत
थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन। उनीभित्र केवल सेवाभाव नै ओतप्रोत
थियो।
मेरी आमा निरक्षर थिइन् । तर उनी आफ्ना छोराछोरी लगायत गाँउका
बालबच्चाको समेत शिक्षाका लागि मरिमेट्थिन्। त्यस ठाँउमा शिक्षाको ज्योति
फैलाउने काम पनि मेरी आमाबाटै भयो। उनैले आफ्नै गोदाममा स्कूलको स्थापना
गरिन्। त्यसबेला स्कुल पढ्ने परिपाटि नभएकाले स्कुल खोले पनि बालबालिका
पढ्न आउन मान्दैनथे। त्यसैले मेरी आमाले धनीका छोरालाई मीठाई खुवाएर र
गरीबका छोरालाई खानापिनाको समेत प्रबन्ध गरेर स्कुल आउन पल्काएकी थिइन्।
हाइस्कुल पढ्नेहरुका लागि पनि पछि उनले त्यहाँ निशुल्क छात्रावास बनाएकी
थिइन्। जिजुहाउस नाउँको उक्त छात्रावास मेरी आमा कै घर थियो। त्यसैले उनका
बारे तेजबहादुर प्रसाईले लेखे- ‘हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि
चेतनाकी प्रखर नारी थिइन् । सर्घषपूर्ण जीवन यापनका साथै उनमा भएको
सामाजिक भावनाको प्रचुरता स्तुत्य छ।’
शिवालय वनेपछि हाम्रा घरमा प्रायः जोगीहरूकै बास हुन्थ्यो । अनि मेरो
जन्मपूर्व मेरा बुवा पनि जोगी भएरै हिंडे। बुवाको मन फर्काउन मेरी आमालाई
१२ वर्ष लागेको थियो । तर त्यसपछि मेरा बुवा क्रमशः सिथिल हुँदै गए।
त्यतिन्जेलसम्ममा मेरी आमापटि्टबाट हामी पाँच छोरा र एउटी छोरी जन्मिसकेका
थियौं। अन्ततः मेरा बुबा २०२० साल असार ४ गते स्वर्गीय भए। अनि चौवालीस
वर्षको उमेरमै मेरी आमा विधवा भइन् र उनले आर्थिककष्ट पनि खेप्न थालिन्।
यसै प्रसङ्मा नन्दकुमार प्रसाईले लेखे ‘त्यसपछि उहाँकै आफन्तले उहाँको
सम्पत्तिमा गिद्देदृष्टि लगाई आर्थिक धक्का पुर्याएका थिए। त्यस्तो
अवस्थामा पनि साइँली आमाबाट सौता र सौतापटि्टका छोराछोरीहरूका साथै आफ्ना
लालाबाला स्याहार्ने काम भयो।’
तत्कालीन सामाजिक कुरितिको प्रताढनाका कारण मेरी आमाले सौता पनि
बेहोर्नु परेको चाहिं थियो। तर उनले सौता दीव्यरुपालाई आजीवन आफ्नी
बहिनीतूल्य स्नेह दिइन्। त्यसबेलाको सामाजिक मान्यता अनुरुप मेरी आमालाई
माइतबाट मैतालु पठाँउदा ‘कि घर गरेर खानू, नसके तमोरमा हाम फालेर मर्नु’
भनिएको थियो । त्यसैले आफ्ना पतिको निधनपछि उनी आर्थिक दृष्टिले तलतल र तल
झर्दै जाँदा पनि सङ्घर्ष नै गरिरहिन् तर उनले माइती कहिल्यै गुहारिनन्।
खनूप्रुदे रामबाबू प्रसाईले लेखे अनुसार उनले ‘सुनसरीको सुख्ख र पितलसरिको
दुक्ख पाइन्।’ वास्तवमा उनी जीवनसँगको सम्झौताको पूर्ण निष्ठामा बाँधिएकी
थिइन्।
युवा अवस्थामा मेरी आमाको स्वास्थ्य राम्रो थियो। आफ्ना शिशुलाई
चुसाईसकेर बाँचेको दूध आमाको दूध नपुगेका गाँउका शिशुहरुलाई चुसाउन पनि उनी
पुग्थिन्। साथै उनी धनीगरीव सबैलाई एउटै आँखाले हेर्थिन्। कसैलाई अन्याय
परेको देखेपछि उनी न्याय दिलाउन पनि तम्सिन्थिन्। उनको हकी स्वभावका अघि
अत्याचारीको सातो जान्थ्यो। उनको उपकारी व्यक्तित्वको परिचय पाएका मानिसले
उनका अघि शिर निहुर्याउँथे।
मेरी आमा एकैछिन पनि फुर्सतमा बस्तिन थिइन् र हात बाँधेर बस्नेलाई पनि
मन पराउँदिन थिइन्। उनी हरेक प्रकारका सीपले सजिएकी थिइन्। उनले समयसन्दर्भ
अनुसार नजानेको र नगरेको कुनै काम पनि थिएन। साथै उनी आशुकवयित्री पनि
थिइन्। मेरा बुवाले वाचन गरेका पुस्तकहरुका सैयौं श्लोक उनलाई कण्ठाग्र
थिए। सुरिलो भाकामा उनी गीत पनि गाँउथिन्। उनी चाडपर्वमा साथीसँगीसँग
नाचगान गर्न पनि औधी मन पराउँथिन्। साथै उनीमा बरबगैंचाको निर्माण गर्ने
सीप पनि थियो। चाहे ताप्लेजुडमा होस् र चाहे झापामा होस् उनले आफ्नो घरमा
लोभलाग्दो बरबगैंचा बनाएकी थिइन्। उनको जिन्दगानीका सम्पूर्ण पाटो एकएक
केलाएर इन्दिरा प्रसाईले ‘मेरी सासू’ नाउँको ग्रन्थमा समेटिन्।
छप्पन्न वर्षघिको कुरा हो; घर लिप्ने रातोमाटो खन्न गएकी मेरी आमालाई
पहिरोले पुरेको थियो। कपाल बाटेको धागोको रातो फुर्कोका आधारमा विस्तारै
खनेर उनलाई पहिरोबाट निकालिएको थियो। त्यसबेला उनका पेटमा सात महिनाको नानी
थियो। त्यसपछि उनी दुइ महिना जिउँदो लासझैं घरैमा लडिरहिन्। महिना पुगेपछि
उनले स्वभाविक प्रसवपिडामा एउटा बालक जन्माइन्। ज्योतिषीहरुले ती बालकको
नाउँ नरेन्द्रराज प्रसाई राखे।
नइ प्रकाशनका संरक्षक मेरी आमा भागीरथा प्रसाई २०५६ सालदेखि काठमाडौंमा
नै बसिन्। २०६२ सालमा ब्लडक्लटका कारण टाउकाको शल्यक्रिया गरिएकी उनलाई
मधुमेय, उच्चरक्तचाप, दम र अल्जाइमरले सताएको थियो।
मेरी आमाले आजीवन भौतिक, शारीरिक र मानसिक संर्घष खेपिन्। अनि उनी
त्रियानब्बे वर्षको उमेरमा २०६८ साल माघ १४ गते श्रीपञ्चमीका दिन
काठमाडौंको आफ्नै घरमा ब्रम्हलिन भइन्।
naiprasai@gmail.com
naiprasai@gmail.com
´थोडे बदमास हो तुम, थोडे शैतान हो तुम´
अञ्जनाले स्टेजमा
गाएको ´सांवरिया´ फिल्मको यो गीत मेरै निम्ति थियो। म भावविभोर भएँ। उनले
मतिर हात बढाइन्। म तानिएँ। संगीतको तालमा हाम्रा पाइला स्वस्फूर्त डोल्न
थाले। केही पलको साथ जीवनभरका लागि स्मरणीय रह्यो। खुशीको लम्बाइ होइन, पल
महत्वपूर्ण हुन्छ– अञ्जनाको भनाइ म विस्तारै बुझ्दैछु।
´यसपालि लण्डन आउँदा खुब घुमौंला है,´ यही जनवरी १ मा नेपाल छाड्नुअघि मैले उनलाई टेलिफोनमा फुर्क्याएको थिएँ। पार्टी जनसम्पर्क समितिको कार्यक्रम भए पनि मनमा अञ्जनालाई भेट्ने उत्साह बढी थियो। तर सात दिनको बसाइमा सात घन्टा समय निकाल्न गाह्रो पर्यो। विमानस्थलमा झरेदेखि नफर्कुञ्जेल उत्सुक र उत्साही साथीहरूले घेरेका घेर्यै। हरदिन राती अबेरसम्म मिटिङ चल्थे। काठमाडौंजस्तै पलनबिराई मोबाइल बज्थे। उनी समीप थिइन्, तै एक किसिमको दूरी थियो।
त्यस साँझ इन्डियन रेष्टुराँमा साथीहरूसँग डिनर जाँदा उनले मलाई स्टेजमा नतानेकी भए खुशीका ती पल पक्रनधरी हामी असमर्थ हुन्थ्यौं।
´गगन तिम्रो पूरा जिन्दगी व्यस्ततामा बित्दैछ। एकअर्काका लागि छुट्टै समय निकाल्न हामी भ्याउँदैनौं,´ उनी बारम्बार मलाई सम्झाउँथिन्, ´हामीले यही व्यस्तताबीच विशेष अवसर निकाल्न सिक्नुपर्छ।´ मलाई लाग्दैछ, उनी मलाई यसैको अभ्यास गराउँदै थिइन्।
******
१९ दिने अप्रिल क्रान्तिको समय थियो। मलाई घर बस्नसक्ने अवस्था थिएन। पटकपटक राजद्रोहको मुद्दा चलिसकेकाले प्रहरीहरू बाजले चल्ला खोजेजस्तो सम्भावित थातथलोहरूमा घुसेर मलाई छोप्न खोज्दै थिए। म शरणार्थीझैं कहिले कुन साथीका घरमा, कहिले कुन आफन्तकहाँ आश्रय लिन पुग्थें।
त्यही भागदौडबीच एकदिन अचानक मेरो मोबाइलमा ´एसएमएस´ आयो। ´मेडिकल साइन्स´ को विषयमा लेखिएको त्यो सन्देश अरू नै कसैका लागि थियो।
´तपाईले गलत मान्छेलाई मेसेज पठाउनुभयो,´ मैले जवाफ लेखें।
´माफ गर्नुहोला,´ उताबाट तुरून्त अर्को सन्देश आयो, ´मैले गलत नम्बर थिचेछु।´
केही बेरमा फेरि अर्को सन्देश आयो, ´तपाई गगन होइन?´
´हो,´ मैले जवाफ दिएँ।
´मैले झुक्किएर तपाईलाई मेसेज पठाएछु,´ उनको चौथो सन्देशमा लेखिएको थियो, ´म पछि पनि तपाईलाई मेसेज पठाइरहन सक्छु?´
अपरिचित मित्रहरूले मोबाइलमा सम्पर्क गर्नु मेरा लागि नौला कुरा होइन। मेरा धेरै प्रशंसक र शुभचिन्तक फोन गरेर मलाई बाटो देखाइरहन्छन्। मेरो कामको तारिफ गर्छन्, मलाई प्रतिक्रिया दिन्छन्। मैले उनलाई पनि ´हुन्छ´ भनें।
एसएमएस आदानप्रदानको सिलसिला सुरु भयो। मेरा अपरिचित मित्र महिला हुन् भन्ने ठम्याउन गाह्रो भएन। ´तपाईको नाम के हो भन्नुस् न?,´ म बारम्बार सोध्थें। उताबाट कुनै जवाफ आउँथेन।
एकदिन फेरि उनको एसएमएस आयो, ´आज मेरो घरमा टियर ग्यास छिरेर हजुरआमा घाइते हुनुभयो।´
मैले लेखें, ´आन्दोलनमा यस्तै हुन्छ। निरंकुश शासन अत्तालिएर हिंस्रक मनोवृत्तिमा उत्रिएको छ। जनतालाई घरभित्र पनि सुरक्षा छैन। एउटै उपाय छ, सडकमा उत्रिएर निरंकुशताको अन्त्य गर्ने।´
त्यही दिन मेरा आँखा अखबारका समाचारमा परे : ´नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीका घरमा प्रहरीले टियर ग्यास हान्यो। उहाँको आमा सख्त घाइते हुनुभएको छ।´
समाचार पढ्नेबित्तिकै मेरो मनमा चीसो पस्यो। ´तपाई अर्जुननरसिंह केसीकी छोरी हो,´ मैले तुरून्त सोधें।
´हो,´ केही बेरपछि उनले जवाफ दिइन्। उनलाई चोर समातियो भन्ने भयो होला, त्यसपछि निकै दिन सन्देश आदानप्रदान बन्द भयो।
म धेरैचोटि राजनीतिक संवादका लागि अर्जुन दाइको घर पुगेको हुँ। उहाँकी एक छोरी मेडिकल साइन्स पढ्दैछिन् भन्नेसम्म थाहा थियो, व्यक्तिगत चिनजान नभए पनि। त्यसैले मोबाइल सम्पर्कबाट जुडेकी मित्र सजिलै खुट्याएँ। उनी मेरा सबै अन्तर्वार्ता हेर्ने, अखबारमा छापिने लेख–रचनाहरू पढ्ने गर्दी रहिछन्। यो कुरा मैले उनीसँग चिनचानपछि थाहा पाएँ।
आन्दोलनको ताप चढ्दै थियो। गणतन्त्रको शंखघोष गर्दै सडकमा उर्लिएको मानव सागरको भेलले १९ दिनमै राजाको शासन पखाल्यो। विरोधमा कस्सिएका मुठ्ठी फुकेर जीतको खुशीमा ´भी फर भिक्ट्री´ को संकेत दिन थाले। त्योसँगै मेरो भूमिगत बसाइ पनि अन्त्य भयो।
´बधाइ छ जनताको जीतका लागि,´ जनआन्दोलन सफल भएपछि एक शान्त बिहानीमा उनले अर्को सन्देश पठाइन्। नाराजुलुस, घम्साघम्सी र भागदौडबीच हाम्रो मोबाइल सामीप्यले विश्राम लिएको निकै दिन बितेको थियो। सन्देश पढेपछि रमाइलो लाग्यो।
´के म तपाईलाई फोन गर्न सक्छु?,´ उनले सोधिन्।
´जुनसुकै बेला,´ मैले भनें।
******
टेलिफोनमा नियमित कुराकानी हुन थाल्यो। औपचारिक भेट भने भएको थिएन।
´१६ जुलाई,´ मैले भेट्ने दिन प्रस्ताव गरें।
´किन?,´ उनले आश्चार्य मान्दै सोधी।
´मेरो जन्मदिन हो।´
´हो र? मेरो पनि त्यही दिन हो।´
दिन तय भइहाल्यो। हामीले ठाउँ रोज्यौं, द्वारिकाज होटल। हाम्रो ´फर्स्ट डेट´ त्यही हो। निकै बेर गफियौं हामी। व्यस्त राजनीतिक दैनिकीबाट टाढा उनको सम्मुख बस्दा मैले आफूलाई नयाँ रूपमा पाएँ। सडकको नाराबाजी र ताता राजनीतिक बहसबाट फुत्किएर एउटा स्वर्णिम घडीमा आइपुगेको महसुस भयो। लाग्यो, मैले यस्तरी आफ्ना लागि समय नदिएको निकै भइसकेछ।
´ढिलो भयो, अब जाउँ,´ उनले नाडी घडी हेर्दै यसो भनेपछि म झल्यास्सँ भएँ।
मेरा आँखा पनि घडीतिर गए, ´म तिमीलाई पुर्याइदिन्छु।´
मैले वेटरसँग बिल मगाएँ। मलाई लाग्यो बिल अञ्जनाले तिर्लिन्। द्वारिकाज होटलमा खाने–ख्वाउने मेरो क्षमता थिएन। उनलाई पनि लागेछ, यस्तो मौकामा केटाले नै बिल तिर्छन्। हाम्रो अन्यौलले त्यो बिल झण्डै एक घन्टा बेवारिसे रह्यो।
अति भएपछि मैले कुरो मिलाउँदै बिल हेरें। चार हजार रुपैयाँ पुगेको रहेछ। मसँग खल्तीमा दुई हजारमात्र थियो। लाज मानेर समाधान निस्कने गुञ्जायस थिएन। मैले सोधें, ´मसँग दुई हजार छ, तिमीसँग छ बाँकी?´
उनीसँग संयोगले दुई हजारै रहेछ। हामी बिल तिरेर निस्क्यौं। त्यतिखेर कसैले कसैलाई केही भनिएन। एकअर्कासँग खुलिसकेपछि भने हामी घरिघरि त्यही दिन सम्झन्छौं। उनी सोध्छिन्, ´त्यो दिन तिमीले पैसा नभएर नतिरेको हो?´
´हो,´ म हाँस्दै जवाफ दिन्छु। उनी उज्यालो अनुहार पार्दै खित्खिताउँछिन्।
******
हाम्रो ´डेटिङ स्पट´ भनेका सार्वजनिक स्थल नै थिए– रेष्टुराँ वा सिनेमा हल। हामी भींडभाडमा शान्ति खोज्न आदी भइसकेका थियौं। वरपरका सयौं जोडी आँखा–कानसँग बेपरवाह हामी आफैंमा हराइरहेका हुन्थ्यौं। परिवारका आँखा छलेर उनी मलाई भेट्न आउँथिन्, म पनि दशतिरको व्यस्तता एक/डेढ घन्टालाई थाँति राख्थें।
पुतलीसडकको ´कोर्टयार्ड´ मा त्यतिखेरका धेरै तीतामीठा सम्झना जोडिएका छन् हाम्रा। हामी खुलेको, नजिकिएको, खुशीमा हाँसेको, रिसले ठुँस्केको– यी सबको साक्षी बनेको छ कोर्टयार्ड। हुँदाहुँदा हामीले बिहेको तिथि पनि त्यहीँ तय गर्यौं। नक्सालको ´वञ्जला´ भन्ने नेवारी खाजाघर त्यस्तै अर्को रेष्टुराँ हो, जहाँ हाम्रो प्रेमले आपसी विश्वास र आकर्षणको मलजलमा फक्रने मौका पायो।
उनीसँग पलभरको सामीप्यमा म आफ्ना सारा तनाव बिसाउन पाउँथे। उनी मेरो कुरा बुझ्थिन्। सबभन्दा ठूलो कुरा उनी मेरो कुरा सुन्थिन्। उनी मेरा शुभचिन्तकमात्र थिइनन्, ऐना थिइन्, जसमा म आफ्ना गुण–दोष केलाउन सक्थें उनका प्रशंसा र चोटिला टिप्पणीहरूबाट। मलाई सधैं लाग्थ्यो, मेरो जीवनसाथी मलाई राम्ररी बुझ्ने हुनुपर्छ। मैले धेरै समकालीन युवा राजनीतिकर्मीलाई देखेको थिएँ। बिहेपछि साथीले बुझ्न नसक्दा उनीहरूको जीवन निकै जटिल भएको मलाई थाहा थियो।
´मैले पनि यस्तै भोग्नु नपरोस्,´ म सधैं कल्पिरहन्थे, ´म जे सोंच्छु, जहाँ उभिन्छु, आफूले आफूलाई जहाँ पाउँछु, मेरो जीवनसाथी यो कुरा राम्ररी बुझदिने मान्छे होस्।´
अञ्जना मेरो त्यही कल्पनाकी प्रतिरूप हो भन्ने लाग्छ।

अञ्जना केसी + गगन
******
एक दिन अर्जुन दाइ र म पार्टीको प्रचार अभियानमा जिल्ला जाने कार्यक्रम थियो। म उहाँको घर गएको थिएँ। केही पत्रकार पनि थिए। हामी कार्यक्रमकै बारेमा छलफल गरिरहेका थियौं। अञ्जनाले घरिघरि माथिबाट मोबाइलमा सन्देश पठाएर, ´मिस्कल´ गरेर हैरान पारिरहेकी थिइन्। यो उनको रोजको काम थियो। हामी छलफलमा व्यस्त रहँदा उनी यसैगरी मेरो ध्यान चोर्न खोज्थिन्। म पछि झोंक्किएको बहाना गर्थें, मनचाहिँ रमाइरहेकै हुन्थ्यो।
त्यस दिन उनी क्यामरा बिग्रेको बहाना गर्दै हामीछेउ आइपुगिन्। अर्जुन दाइले क्यामरा बनाउन त सक्नुभएन, दुई प्रेमीको औपचारिक परिचय चाहिँ गराइदिनुभयो।
´यी मेरी छोरी अञ्जना, मेडिकल साइन्स पढ्दैछे।´
´यी हुन् युवा नेता गगन थापा।´
एकअर्कालाई नमस्ते फर्काउँदाको त्यो क्षण म लाजले रातो भएको थिएँ। उनी मुसुमुसु हाँसिरहेकी थिइन्।
यस्ता लाजमर्दो घटना धेरै भइरहन्थे। एकचोटि हामी विद्यार्थी संगठनको कार्यक्रममा भाग लिन नुवाकोट गइरहेका थियौं। उहाँको स्थानीय क्षेत्र भएकाले परिवारसमेत जाने कार्यक्रम रहेछ। अर्जुनदाइ गाडीको अगाडि सिटमा बस्नुभयो। पछाडि अञ्जना, अञ्जनाकी ममी, म र एकजना साथी थियौं। नागबेली बाटो, गाडीमा अञ्जना र म सँगै, त्यसमाथि अपरिचितको अभिनय गर्नुपरेको। उनी कहिले चिमोट्थिन्, कहिले के सोध्थिन्, के भन्थिन्, बाटोभरि मलाई हायलकायल पारिन्।
******
´हेलो,´ उताबाट अञ्जनाको आवाज सुनियो, ´कहाँ छौ?´
म उनकै बुवासँग संविधानसभा चुनावको प्रचारका लागि रामेछाप गइरहेको थिएँ। बाटोमा फ्याट्ट मोबाइल नेटवर्क टिप्दा उनको फोन लाग्यो। उनी अमेरिका पढ्न गइरहेकी थिइन्।
´पुगिसक्यौ?,´ अलि पर कुनामा घुस्रेर मैले सोधें।
´कहाँ पुग्नु,´ उनले भनिन्, ´लण्डन ट्रान्जिटमा छु।´
एकछिनपछि अर्जुन दाइले छोरीकै गफ झिक्नुभयो। ´मेरी छोरी अमेरिका गएकी छे। अब उसको क्यारियर बनाउने बेला भयो,´ उहाँ बोल्याबोल्यै हुनुहुन्थ्यो। म भर्खरै उनैसँग फोनमा बोलेको, तै धैर्यसाथ उहाँको कुरा सुनिरहेको थिएँ। त्यस दिन छोरी विदेशिएकाले होला, निकै सम्झिनुभयो। उहाँको मुखबाट घरिघरि अञ्चनाको नाउँ सुनेर म पनि कताकता वियोगको छट्पटाहट महसुस गर्दै थिएँ।
´तिम्रो के हो, बिहे गर्ने योजना बनाएको छैन?,´ रामेछापबाट फर्कंदा उहाँले बाटोमा अचानक प्रश्न गर्नुभयो।
´दाइ अहिलेसम्म त बनाएको छैन,´ मैले भनें, ´बेला आएपछि सोंच्नुपर्ला।´
´तिमीले बिहे गर्ने केटीले साह्रै दुःख पाउँछ बुझ्यौ,´ उहाँ मुडमा हुनुहुन्थ्यो, ´तिम्रो न खाने ठेगान, न सुत्ने ठेगान। हिंडेको हिंड्यै गर्छौं। बिहेको भोज कसरी खुवाउँछौ?´
´म त एकदमै समाजवादी बिहे गर्छु दाइ, भोजसोज नख्वाई,´ मुखले यही भनें। मनमनमा सोंचिरहेको थिएँ, ´जसरी गरे पनि तपाईकै छोरीसँग गर्ने हो।´
हाम्रो मनको कुरा अञ्जनाले अमेरिकामा खोलिछन्, अर्जुन दाइ जाँदा। ´तिम्रो निर्णय हो, मैले हस्तक्षेप गर्ने कुरा आउँदैन,´ उहाँले भन्नुभयो, पछि अञ्जनाबाट थाहा पाएँ। ´तर यो निकै कठीन निर्णय हो। राजनीति गर्ने मान्छेसँग बिहे गर्दा जीवन त्यति सहज हुँदैन।´ उहाँले सुझावसहित हाम्रो प्रेममा आफ्नो सहमतिको टाँचा लगाइदिनुभयो।
अमेरिकाको क्यारियर छाडेर नेपालमा राजनीति गर्नेलाई जीवनसाथी छान्नु उनका लागि सजिलो निर्णय पक्कै थिएन। तर उनी दृढ थिइन्।
´म तिमीसँग बिहे गर्न चाहन्छु,´ एक दिन मैले इमेल पठाएँ, ´यसका लागि तिमीले नेपाल फर्कनुपर्छ। आफ्नो पढाइ र क्यारियरलाई यहीँ निरन्तरता दिनुपर्छ।´ यसबीच उनी एकचोटि काठमाडौं फर्कंदा मैले उनकी ममीलाई भेटेको थिएँ। हाम्रो प्रेम परिवारभित्र र केही हदसम्म बाहिर सार्वजनिक भइसकेको थियो।
त्यहीबेला उनले अमेरिकी विश्वविद्यालय छान्ने समय आयो। उनले अमेरिकामै पढ्नु भनेको हामी कम्तिमा चार वर्ष टाढिनु थियो। म अमेरिका गएर बस्ने वा केही दिन समय मिलाएर भेट्न जाने कुरा पनि अनिश्चित थियो मेरा लागि।
उनले इमेलको जवाफ पठाइनन्। केही दिनमा आफैं आइपुगिन् अमेरिकाको सारा सपना त्यागेर।
******
अघिल्लो वैशाखदेखि हामी विवाह बन्धनमा बाँधिएका छौं। सभासद्को राष्ट्रिय जिम्मेवारी र विवाहपछिको पारिवारिक जिम्मेवारी करिब उही समयमा आए मेरा काँधमा।
´गगन तिम्रो पूरा जिन्दगी व्यस्ततामा बित्दैछ। एकअर्काका लागि छुट्टै समय निकाल्न हामी भ्याउँदैनौं,´ उनी बारम्बार मलाई भन्छिन्, ´हामीले यही व्यस्तताबीच विशेष अवसर निकाल्न सिक्नुपर्छ।´
उनले विवाहलगत्तै यो कुरा सम्झाउँदा म झर्किन्थें। मेरो व्यस्तता र कामको प्रकृति नबुझेको भन्ने लाग्थ्यो। अहिले म यसको मर्म बुझ्दैछु। मलाई देश, जनता, लोकतन्त्रजस्ता ठूला कुरामा लाग्दालाग्दा मानवीय संवेदनाका सानातिना घटना नीच मार्ने बानी परिसकेको रहेछ। घरमा आमा बिरामी हुँदा ´तपाईलाई कस्तो भयो´ भनेर सोध्न बिर्सेको वर्षौं भइसक्यो। घरमा के पाक्यो, के पाकेन भन्ने चासो नराखेको वर्षौं भइसक्यो। बुबा मधुमेहका बिरामी हुनुहुन्छ। उहाँलाई क्लिनिक लिएर गएको छैन। आमासँग बजारमा किनमेल गर्न गएको छैन। म आमालाई सधैं भन्थें, ´मेरो तपाईमात्र आमा हो र? देशका सबै आमा मेरी आमा हुन्।´
एकचोटि हजुरआमा बिरामी हुनुभएको १५/२० दिन भइसकेको रहेछ। म जिल्लातिर घुम्न निस्केको थिएँ। इटहरीमा काका भेट हुनुभयो।
´हजुरआमालाई कस्तो छ?,´ उहाँले सोध्नुभयो।
मैले आश्चार्य मान्दै भनें, ´के भएको छ र?´
काकाकै मुखबाट थाहा पाएँ हजुरआमा १५/२० दिनदेखि बिरामी हुनुभएको रहेछ। एउटै घरमा बस्दा पनि म यसबाट बेखबर थिएँ।
मेरो यही बानी देखेर अञ्जना हमेसा भनिरहन्छिन्, ´तिमी जे गर्छौ, जे गर्न खोजिरहेका छौ, यसमा परिवारको पूरा सहयोग छ। हामी जति त्याग गर्न पनि तयार छौं। तर त्यसको अर्थ तिमीले आफ्नो बुवा, आमा र श्रीमतीको महत्व बुझ्दैनौ भने तिमीले समाजको महत्व पनि बुझन् सक्दैनौ। समाजलाई बुझ्न यो पारिवारिक सम्बन्धको महत्व तिमीले बुझ्नुपर्छ।´
म विगतका अव्यवहारिक व्यवहार मनन् गर्दै आफूलाई सुधार्नमा लागेको छु। कार्यालय घरैमा सारिसकें। कामकै बीच पनि परिवारसँग जोडिन पाएको छु। लेखपढ गर्दा, साथीभाइ भेट्दा मेरी आमाले मलाई आफ्नै वरपर देख्न पाइरहनुभएको छ। मैले उहाँलाई यति धेरै खुशी पहिले कहिल्यै देखेको थिइनँ। एउटा क्षेत्रमा नाम कमाउन घरपरिवारको सम्बन्धलाई बेवास्ता गर्नुपर्दैन, यसमा मायाका दुई शब्दै पर्याप्त छन् मन जित्न, मन हार्न। राजनीति र प्रेममा शायद यही फरक छ
******
अञ्जना अहिले स्कटल्यान्डको एभरडिन विश्वविद्यालयमा एक वर्षको ´पब्लिक हेल्थ´ पढाइ गरिरहेकी छन्। छ महिना बितिसक्यो, अर्को छ महिना बाँकी छ। यसपटक लण्डन जाँदा मैले आफ्नो बाचा पूरा गर्न भ्याइनँ। तर इन्डियन रेष्टुराँमा बिताएको क्षण उनले भनेजस्तै ´विशेष अवसर´ रह्यो हामी दुवैका लागि।
केही दिनअघि हिन्दी फिल्म ´यु मी और हम´ को एउटा गीत सुनेको थिएँ। खुबै मन पर्यो। मैले तुरून्त एसएमएस पठाएँ।
´तुम तुम रहो, हम हम रहें´
उनी निकै खुशी भइन्। साँचै खुशीको लम्बाइ होइन, पल महत्वपूर्ण हुन्छ।
अञ्जना केसी-गगन
BY : GAGAN THAPA (Today is 5th Wedding Aniversary Day)
रमेश सिटौला,
हर साल झै यसपालि पनि चैते दशैले बिदा लिएको छ । हिन्दु धर्मालम्बीहरु माझ चैते दशैको आफ्नै गौरवमय महत्व रहेको छ, असत्यको माथि सत्यले बिजय प्राप्त गरेको अवशरमा यो पर्वलाई खुशीयालीको रुममा सबैले हर्षोउल्लासको साथ मनाउने गरिन्छ । चैत्रको उराठ लाग्दो र पतझर मौसममा यस पर्वले सबैमा उमंग छरिदिन्छ ।पर्वको महत्वले सबैलाई थप उत्साह पैदा गरि क्रियाशिल बनाउन्छ । तर मलाई यस चैते दशैले शिथिलता र उदास बनाउने गर्दछ । २०५१ साल बैशाख २ गते चैते दशैको अन्तिम दिन पुर्णिमाको झिसमिसे बिहानै ६ वजे मेरो भविश्यको सपना देख्ने र भविश्यलाई उज्वल बनाउन हरक्षण प्रयास गर्ने अभिवावक पुजनिय बुबा ( मास्टर तुलसी राम सिटौला ) लाई म बाल्यअवस्थामा रहेको बेला नियतिले टपक्क टिपेर परलोक लग्यो । नियतिले चैते दशैलाई खुशीयाली सहित बिदा गर्न दिएन र मेरो भविश्यको मतलव नै गरेन ।
गत बुधबार बिहानै झापाबाट बृद्ध आमाको ( जिवा देबि सिटौला वर्ष ८० ) फोन आयो र हामी सबैको हालखबर सोध्नु भयो अनि अन्त्यमा बुबाको तिथि भोली हो,केही गर्न नसके पनि चोखोनितो गर्नु भन्नु भयो, आमाको शब्दले मलाई भावुक बनायो, बुबाले छाडेर जादा बनेको घाऊ बल्जियो र जिबित रहदा बुबाले समाज प्रति गरेको महत्वपूर्ण कार्यहरुको स्मरण गराई गर्वले आफ्नो छाती चौडा भएको आवास भयो अनी बुबाको रिक्ततामा उहााको भावना र सेवालाई जिबन्त राख्ने खालको आफुले काम गर्न नसकेकोमा आफै प्रति हिनता बोध भयो ।
आफ्नो सम्पूर्ण जीवन समाजसेवामा समर्पित गरी म अर्थात आफ्नो परिवार भन्दा पनि हामी र सबैले समान तरिकाले जिबन जिउन पाउनु पर्छ,भन्ने सर्वोपरीहितको भावनाले भरिएको सिद्धान्त लाई बोकेर जीबनलाई ब्यतित गर्नु भयो । बिषेश गरि भूमिहिन र सुकुम्बासीहरुको पक्षमा रहि उनीहरुको गाास,बास र कपासको लागि सर्घष गर्नु भयो । सर्वाहारा वर्गको नेतृत्व गरि कान्त्रिकारी बिचार फैलाउनु भएको भए पनि उहाा प्रजातन्त्रबादी सिद्धान्तमा आश्था राख्ने प्रखर ब्याक्ति हुनु हुन्थ्यो । मेरो बुबा अर्थात स्वर्गिय मास्टर तुलसीराम सिटौलाले समाज सुधार प्रति गरेका केही कुराहरु राख्न गैरहेको छु ।
सुदुर पुर्वको ताप्लेजुङ्ग जिल्लाको निघुरानि ३ मा हाम्रो घर थियो । ग्रामिण परिवेशको उच्च घरायसी खानदानमा हुर्केको भएता पनि समाजसेवी भावना र सर्वाहारा जिबन शैली बुबामा रहेको थियो । तत्कालिन एकतान्त्रिक शासन ब्यबस्था रहेको अवस्थामा शासकका दुध तानाशाहि बिचारधारा लिएका राक्षसहरुले राज गरेको बेला उनिहरु बिरुद्ध प्रतिकारको अभियान चाल्नु भएको थियो । बडा हाकिमको आशिर्वाद पाएर ग्रामिण ईलाकामा केही ब्याक्तिहरुले मोजमस्ति गर्ने चलन थियो । उनिहरुले जे गरे पनि गाऊका सोझ निमुखा र गरिब जनताहरु विवश भएर मुखदर्शक बन्नु पर्ने अवस्था थियो ।
गरिविको माझ दु:ख गरेर खेतबारीमा लगाएको अन्नबालि सबै शासकका स्थानिय दुधले लैजान्थ्ये, उनिहरुले जति छाड्थे त्यसैमा चित्त बुझाउनु पर्ने अवस्था थियो । शासकको दुधको रुपमा परिचित कट्टे प्रसाईले आठराईको निघुरादिन,फुलबारी,हाङपाङ,चागे लगाएतका क्षेत्रहरुमा राज गरेका थिए । गरिव निमुखा स्थानिय जनतालाई चुसेका थिए यति सम्मकी कट्टे प्रसाई घोडा चढेर हिड्ने क्रममा बाटोमा वा कसैको घरमा उसलाई कोही महिला राम्रो लाग्यो भने उसमाथि गिद्दे दृष्टि लगाउने स्थानियले छोरी,श्रीमति वा बुहारी जे भए पनि आफु बााच्नको लागि कट्टेलाई प्यास बुझाउन टक्र्याउनुु पर्ने यो सम्मको चरम अत्याचार फैलिएको अवस्थामा सर्वोपरिहित र गरिव निमुखा स्थानिय जनताको मुक्तिको लागि कट्टे भगाऊ अभियान शुरु गर्नु भयो । कट्टेले जनताको लुट्ने र बुबा ( मास्टर तुलसीराम ) र स्थानिय केही जनता मिलेर कट्टेको लुट्ने र सबैलाई बााडिदिने दोहोरि चल्यो ।
कट्टे घोडामा चढेर अत्याचारी केही दलबल सहित गाऊ पस्ने गथ्र्यो, स्थानियहरुको भागभाग र लुकाछिपि चलथ्यो । बुबा पनि केही स्थानिय सहित घोडामा सवार भएर गाऊ जानु हुन्थ्यो ,सबै जम्मा भएर खुशीको सास लिन्थ्ये र कट्टेको अत्याचारलाई अन्त्य गर्न अनुरोध गर्दथे । बुबाले आफ्नो ज्यानको समेत वास्ता नगरी कट्टे संग लडाई गरी उसलाई घुडा टेकाउनुु भएको थियो । कट्टेको दमनबाट स्थानियलाई छुटकारा दिलानु भएकोले बुबाको समाज प्रतिको स्नेह र साहसलाई आज सम्म बुढापाकाहरुले कदर गर्दछन् ।
नेपाल सरकारबाट तेह्थुम जिल्लाको सदरमुकाम म्याङ्गलुङमा दुई वर्ष बसेर घरेलु बिभाग अन्तर्गत कपडा बुनाई सम्बन्धि सिप स्थानियलाई सिकाउनु भएको थियो । आत्मर्निभरता र स्वोरोजगार बन्नु पर्छ र सामुहिक ब्यबसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बुबामा पाएको छु । पुरानो चलनका धागोका कपडा बुनाई तालिम दिने र अन्याय, अत्याचारको बिरुद्ध आवज उठाउने, न्यायको लागि कलम चलाउने भएको हुदाा उहाालाई मास्टरको उपाधि प्रदान गरिएको थियो ।
गाऊ घर र टाढा टाढाका क्षेत्रमा समेत घरायसी र गाऊको झै झगडा मिलाउन बुबालाई मानिसहरु बोलाउन आउने गथ्र्ये । आज सम्म हाम्रो पुर्खेउली घर भएको ठाऊ लाई मास्टर डाडा भनेर परिचित गराईन्छ । सबैलाई मान्यहुने खालको निसाफ दिने र सरल तरिकाले समस्याको समाधान गर्ने बिद्धताको कारण बुबाको नाम चारैतिर फैलिएको थियो जस्तो लाग्छ ।
२०२१ सालमा पहाड बाट तराई झापा झरेपछि पनि बुबाले आफ्नो समाजसेवा र अन्याय अत्याचार बिरुद्धको अभियानलाई निरन्तरता दिनु भयो । तत्कालिन बडाहाकिम सन्तबिर तामाङ्गको अत्याचार बिरुद्ध खरो रुपमा उत्रिनु भयो । बडाहाकिम सन्तबिरले झापाको दमकमा रहेको चियाबगान वरीवरिको क्षेत्रमा बसोवास गरिरहेका गरिव १२ सय भन्दा बढि घर परिवारलाई उनिहरुको जग्गा अधिक्रमण गरि स्थानियबासीलाई भुमिहिन सुकुम्बासी बनाई दियो ।
अत्याचारको बिरुद्धमा बुबाले सबै सुकुम्बासीहरुको नेतृत्व गरि मोरङ्गको उर्लाबारी देखि तल रहेको राजघाट गा.बि.स.को कुल झोडामा सरकारी जंगल लाई फडानी गरि बिस्तावित भएका सुकुम्बासीलाई बस्ति बसाउने कार्य गर्नु भयो । यस क्रममा पटक पटक गरि धेरै पल्ट सन्तबिरले बुबालाई जेलमा राख्यो । जेलको सजाय भोगेको बेला पनि बुबाले समाजसेवालाई निरञ्तरता दिनु भयो । कैदीहरुलाई कपडा बुनाईको तालिम दिनु भयो आय आर्जनको बाटो देखाउनु भयो । मलाई पनि याद छ, हाम्रो घरमा हामी सबै परिवार लाई लगाउने लुगा र ओढ्ने ओछ्याउने लुगाहरु बुबाले जेल बसेको बेला बनाएर पठाउने गर्नुहुन्थ्यो । आज सम्म आमाले सााचेर राख्नु भएको छ ।
पटक पटकको जेल जिबनमा बुबाले कैदीलाई गरिने दमन र अत्याचारको बिरुद्ध प्रशासनमा आवाज उठाउनु भो, खाना र बसाईको सहजताको लागि पहल गर्नु भयो । आफु नेता भएको हुदा प्रशासनले फरक खाले सुबिधा दिने गथ्र्यो तर बुबाले आफु जस्तै सबैलाई हुनु पर्ने भन्दै आमरण अन्सन समेत गर्नु भयो । बुबाको समाजप्रतिको गहिरो स्नेह देखेर शासक हरु समेत नतमस्तक भएको पाईन्छ ।
बुबाले जेल जिबनलाई सरल तरिकाले लिनु हुन्थ्यो र आफु जहाा भए पनि आफ्नो अभियानलाई सगै लैजाने भएको हुदाा तुलसीलाई जेल राख्नु भन्दा सम्झाई बुझाई छिटो घर फकाई दिनु भनेर तत्कालिन महेन्द्र सरकार बाट बक्स भएको थियो रे, पुर्व क्षेत्रको सरकारको भ्रमणमा जहिले पनि सरकार संग भेट गर्ने र जनतालाई भुमीमाथिको पहुाजबाट अलग राख्नु हुन्न सबै सुकुम्बासी जनतालाई जग्गाको ब्याबस्थापन गर्नु पर्छ भनेर जोडदार माग राख्नु हुन्थ्यो ।
हामीले भनेको मानेन भने पनि तुलसीलाई नर्मानु,सम्झाउनु र लोभ देखाएर सुकुमबासीहरुको साथ र समस्या लाई छाडेर पञ्चायतलाई सघाउन नेतृत्वमा आउन आग्रह गनु, भनेर महेन्द्र सरकारले बडाहाकिम सन्तबिरलाई भनेका थिए । सोही अनुरुप सन्तबिरले बुबालाई सरकारको तर्फबाट ब्याक्तिगत रुपमा प्रयोग गर्न झापाको दमकमा रहेको ७२ बिगाहामा लागेको चिया बगान,काठमाण्डौमा एक सुबिधासम्पन्न घर र धरानमा एक घर तिमीलाई दिनको लागि सरकार बाट बक्स भएको छ,तिमि सरकारको कुरालाई स्वीकार भनि प्रश्ताव लिएर आएका थिए । उत्तरमा बुबाले आफुलाई केही पनि नचाहिने तर चिया बगानको आसपास बाट बिस्तावित १२७२ घर परिवारलाई जीवन जिउनको लागि जग्गा उपलब्ध नगराए सम्म आफ्नो अभियानलाई नछाड्ने कुरा जानकारी गराउनु भएको थियो । यो घटना सुन्दा मलाई बुबाले समाज र गरिव जनता प्रति देखाएको त्याग सााचिनै महान र अनुकरणिय छ । ब्याक्तिगत स्वार्थ रतिभर देखिदैन ।
सरकारको लोभबाट प्रभावित नभैकन बुबाले बिस्ताबित सुकुम्बासीहरुको तर्फबाट आफुले नेतृत्व लिई सरकारको बिरुद्धमा अदालतमा मुद्धा दायर गर्नु भएको थियो । २०२६ सालको पञ्चायतको निर्वाचनमा सरकारको बिरुद्धमा स्वतन्त्र उमेद्धारको रुपमा लालटिन चिन्ह् सहित झापाबाट चुनावमा राष्ट्रिय पञ्चायतको सदस्यमा लड्नु भएको थियो । चुनावको परिणाम आफ्नो पक्षमा नआए पनि भारीमत मिलेको थियो ।
चुनावको परिणाम आए पछि पटक पटक राजा महेन्द्रले सुकुम्बासीको समस्याको लागि कुरा गर्न आफु संग भेट गर्न आउन सन्देश पठाउने र बुबाले सरकार सग भेट गर्न जाने क्रम जारिनै थियो । राजा महेन्द्रले आफ्नो सरकार बिरुद्ध अभियान चलाएता पनि सर्वोपरिहित अर्थात जनताको हितको महान सिद्धान्त बोकेकोले बुबालाई माया गरेको पाईन्छ पुर्वक्षेत्रको प्रत्येक भ्रमणमा बुबालाई भेट्ने र आफ्नो कुरा राख्ने अवशर मौकाको रुपमा दिन्थ्ये ।
सरकारले माया गर्ने भए पनि मतियारहरुले बुबालाई धेरै पटक हत्या गर्ने प्रयास गरे यसै क्रममा एक जना बुबाका शुभचिन्तक खरेल थरका ब्याक्तिको काटेर हत्या गरियो । बुबा चढ्ने घोडा लाई मारियो,सम्पक्ती खोसियो तर पनि तर पनि आफ्नो अभियानलाई छोड्नु भएन । यो अभियानलाई सञ्चालन गर्नको लागि आफ्नो सारा सम्पक्ति गुमाउनु भयो ।
हाम्रो परिवारको सामाजिक रुपमा उच्च प्रतिष्ठा भए पनि हामी आर्थिक रुपमा कमजोर हुदै जाने क्रम चल्यो । बुबाको यो अभियान जारीनै रहेको बेला अर्को कार्यलाई पनि थालनि गर्नु भयो सिटौलाहरुको वंशावली तयार गर्ने काममा जुट्नु भयो यस क्रममा आफ्नै खर्चमा नेपालका सबै अञ्चल प्राय सबै जिल्ला र छिमेकी राष्ट्रहरुको भ्रमण गरि सिटौलाहरुको खोज गर्नु भयो,विवरण संकलन गर्नु भयो ।
वंशावलीको अन्तिम चरणमा पुगेको बेला अचानक आफुले सम्पुर्ण जिबन लगाई लडिरहेको सुकुम्बासीको पक्ष र सरकारी बिरुद्ध आफु संग भएका सम्पूर्ण प्रमाण र कागजातहरु चोरी भयो भन्नु पर्दा चोरी गराईयो । यस पछि बुबा शिथिल हुनु भयो,चोरीको पिडाले बुबालाई असक्त बनाईदियो,मानसिक चोट लगायो । जेनतेन सिटौला वंशावलीलाई प्रकाशन गर्नु भयो । यहि चोटले ७४ वर्षको उमेरमा उहाालाई मृत्युको मुखतिर धकेल्यो ।
आज हामि संग उहााका कार्यहरुका स्मरण मात्र बााकी छ,कागजी रुपमा उहााले धेरै दु:ख गरेर संकलन गर्नु भएको सिटौला बंशावली छ । बुबाले चलाउनु भएको सुकुम्बासी आन्दोलन महत्व उच्च छ तर यसले हामीलाई आर्थिकरुपमा कमजोर बनायो साथ दिने मानिस कम भए उहाा सगै लागेका सुकुम्बासी नेता भनाउदाहरुले आर्थिक रुपमा उन्नति गरे स्वार्थ लुटे,सिटौला परिवार कमजोर भयो ।
बुबाले पुण्य कमाएको हुनाले आज उहि मास्टर तुलसीराम सिटौलाका सन्ततीहरुले आर्थिक रुपमा उन्नति गरेका छौ,झापा,भक्तपुर,ताप्लेजुङ्ग,बिराटनगर लगाएका ठाऊमा आर्थिक पहुाच पुगेको छ र छोरा नातीहरुले अमेरिकाको कोलोराडो राज्यमा समेत आफ्नो ब्यबसाय सञ्चालन गरि आर्थिक पहुाच बलियो भनाएको छ । यो पंक्तिकार कान्छो छोरा भएर १३ वर्ष देखि नेपालगञ्जमा बसेर काम गरिरहेको छ,मेरो बुझाईमा बुबाले समाज प्रति बोकेको बिचार धारालाई हाम्रो परिवारले बुझ्न सकेन,पारिवारि सदस्यहरु बुबाको आर्दशको पछि भन्दा पनि पैसाको पछि भागे जस्तो लागिरहेको छ । संसारको सबै भन्दा प्रिय ब्याक्ति भनेको आमा,बुबा हो, अभिवाकको आदर्शलाई लत्याउनु भनेको आफैलाई धोका दिनु हो, र म आज मेरो परिवार र सबै ब्याक्तिहरुलाई छापाको माध्यमबाट आफ्नो अभिवावकले गरेका सकारात्मक कामको स्मरण गरि आफु पनि केही हद सम्म भए पनि सोही आदर्श लिई दैनिक रुपमा क्रियाशिल रहन अनुरोध गर्दछु म पनि प्रयास गरिरहेको छु ।
हेरौँ प्रधानमन्त्री खिलराज रेग्मीको जीवनी । को हुन् खिलराज शब्दचित्रमा खिलराज ।शब्दमा खिलराज ::
प्रधानमन्त्री खिलराज रेग्मी २००६ साल जेठ १८ गते मंगलबार पाल्पाको पोखराथोकमा जन्मनुभएको हो । ०२८ सालमा मानविकी संकायबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका रेग्मीले कानुन संकायबाट भने स्नातक तह मात्रै उत्तीर्ण गर्नुभयो । आइएसम्मको अध्ययन भारतमा गर्नुभएका रेग्मीले स्नातक र स्नाकोत्तर तहको पढाइ भने त्रिभुवन विश्वविद्यालयबाटै पूरा गर्नुभएको हो ।
०२८ सालमा सर्वोच्च अदालतमा शाखा अधिकृतको रुपमा सेवा सुरु गर्नुभएका रेग्मीले जिल्ला न्यायाधीशका रूपमा २०३० सालदेखि २०४१ सालसम्म थुप्रै जिल्ला अदालतको नेतृत्व सम्हाल्नुभएको थियो । ११ वर्षसम्म जिल्ला अदालतहरूको नेतृत्व गर्नुभएका रेग्मी त्यसपछि सर्वोच्च अदालतमा उपरजिष्ट्रारका रुपमा जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।
त्यसपछि विभिन्न पुनरावेदन अदालतमा न्यायाधीश हुँदै पुनरावेदन अदालतमै उहाँले मुख्य न्यायाधीशसको जिम्मेवारी सम्हाल्नुभयो । सर्वोच्च अदालतमा २०५९ सालमा न्यायाधीशका रूपमा आउनु भएका उहाँले ०६७ सालसम्म न्यायाधीशको जिम्मेवारी निर्वाह गर्नुभयो । ०६८ साल बैसाख २३ गतेदेखि भने यहाँ समग्र न्यायपालीका प्रमुख अर्थात सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुनुहुन्छ ।
उहाँले अहिलेसम्म सरकारले दिने गोरखा दक्षिण बाहु तेस्रो र चौथौ, त्रिशक्ति पट्ट तेस्रो र इन्टरनेसनल जुरिस्टिक अवार्डसमेत पाउनुभएको छ । विभिन्न कानुन निर्माणका साथै उच्चस्तरीय अध्ययन अनुसन्धानको पनि नेतृत्व गरिसक्नुभएका उहाँले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सेमिनारहरूमा थुप्रै कार्यपत्र पनि पेस गर्नुभएको छ ।
संयोग चाहिँ कस्तो परेको छ भने प्रधानन्यायाधीशलाई सबैभन्दा बढी आलोचना गर्ने एकीकृत माओवादीको प्रस्तावमै अहिले रेग्मी यो देशको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।
www.nepalbani.com





