पछिल्ला सामग्री :
क्यानडा जाने अवसर

टोरोन्टो/ क्यानडाको मध्यपश्चिम क्षेत्रमा पर्ने सास्काचुन प्रान्तको सरकारले आगामी २०१४ मा बिभिन्न व्यवशायमा कार्य गरेका बिदेशी दक्ष जनशक्तीलाई सजिलो माध्यमबाट स्थायी भिसा प्रदान गर्ने भएको छ ।
जनवरी २ तारिख देखि आवेदन प्रारम्भ गरिने उक्त दक्ष जनशक्ति प्रणालीमा योग्यता, उमेर, अंग्रेजी भाषाको ज्ञान, कामको अनुभव भएका बिदेशी जनशक्तिलाई सास्काचुन इम्मिग्रेशन नोमिनी प्रोग्राम (Saskatchewan Immigration Nominee Program (SINP) अन्तर्गत छनौट गर्नेछ भने यसरी छनौट भएकाहरुलाई क्यानेडिएन एम्बेसीले क्यानडाको स्थायी भिसा प्रदान गर्ने गर्दछ ।
सास्काचुन सरकारको वेभ साइटमा जनाइएअनुसार पहिलाको तुलनामा यो पटक बिदेशी दक्ष जनशक्तिहरुलाई उक्त प्रान्तको रोजगारी अफर (Job Offer) नभएतापनि अन्य बिधाहरुमा योग्य रहेमा SINP मार्फत छनौट गरिनेछ ।
तथापी यसरी छनौट गरिने मा भने निश्चित व्यवशायमा काम गरेका व्यक्तिहरुमात्र पर्नेछन् जसमध्ये केही निम्नलिखित छन्ः
  • Senior managers: Financial, Health, Broadcasting and Production
  • Managers: Financial, HR, Purchasing, Insurance, Banking, Telecom, Engineering, Computer system, School administrators
  • Government Managers – health, economy, education
  • Accountants, Financial analysts, HR specialists, Admin officers, Loan officers, Secretaries
  • Chemists, biologists, engineers, Programmers, web designers,
  • Doctors, Dentists, Veterinarians, Optometrists, Pharmacists, Nurses
  • Teachers, Instructors, Social Workers, Aircraft Mechanics, and more

    (पूर्ण सूचीका लागिः)
    माथि उल्लेखित कुनैपनि व्यवशायमा पाँच बर्ष वा सो भन्दा बढी काम गरेको अनुभव भएको, ४५ बर्षभन्दा कम उमेर, स्नाकोत्तर तहको अध्ययन भएको र अंग्रेजी भाषाको समेत ज्ञान भएको व्यक्ति उक्त छनौट प्रक्रियमा पर्न सकिने देखिएको छ ।

    उहादरणस्वरुपः Master’s Degree गरेकोमा २३ मार्क, १० बर्षको कामको अनुभवलाई १५ मार्क, IELTS मा ४ ल्याएको हकमा १२ मार्क र उमेर ४५ बर्ष मुनीकोहकमा १० मार्क गरी जम्मा ६० मार्क प्राप्त गर्न सकिन्छ, जुन भनेको SINP छनौटको लागि पास मार्क हो, जुन प्राप्त गर्न सकेमा क्यानडाको स्थायी भिसा प्राप्त गर्न सकिनेछ । नेपालीहरुको सपनाको मुलुक रहेको क्यानडामा बिगतका केही बर्षमा हजारौंको संख्यामा नेपालीहरु स्थायी भिसा लिएर गएको पाइन्छ । यसरी जाने नेपालीहरु केही समयदेखि सास्काचुन प्रान्तको सास्काटुन र रेजिना भन्ने शहरमा बसोवास गर्दछन् ।
    क्यानडा सरकारले बर्षेनी २५०,००० भन्दा बढी स्थायी भिसा प्रदान गर्ने गर्दछ ।

    स्रोत
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.