पछिल्ला सामग्री :
बुहारीको कुटाइले ससुराको मृत्यु

पर्वत/ वृद्ध भएका सासुससुरालाई स्याहार गरेर राख्नुपर्ने बुहारीको कुटाइबाट एक वृद्धको मृत्यु भएको छ । पर्वतको दुर्लुङ–२ का ८४ वर्षीय भीमबहादुर सार्कीको कान्छी बुहारी रुपाकुमारी सार्कीको कुटाइबाट ज्यान गएको हो ।

रुपाले ७ मंसिरमा ससुरालाई दाउराले हिर्काएकी थिइन् । उपचार हुन नसकेपछि शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

कुटाइबाट सख्त घाइते भीमबहादुरलाई पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । दाउराले हान्दा साप्रोका हड्डी भाँचिएको र उपचार सम्भव नभएको भन्दै अस्पतालले फिर्ता पठाइदिएको थियो ।

प्रहरीले बुहारी रुपाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ । रुपालाई शनिबारै पक्राउ गरी मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिए । ससुराको अवस्था चिन्ताजनक भएको थाहा पाएपछि कान्छी बुहारी रुपा १५ मंसिरदेखि नै घरबाट फरार भएकी थिइन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.