पछिल्ला सामग्री :
हस्तरेखा : आफ्नो भविष्य

आफ्नो भविश्वबारे जान्ने कौतुहलता संसारका सबै आस्तिक वा नास्तिक मानिसमा देखिएको छ । ‘यो अन्धविश्वासमा विश्वास गर्दिनँ’ भनेर फलाक्दै अगाडिको मानिसले भविष्य बताइदेला भन्ने आशामा हात फैलाउने प्रवृत्ति अत्यन्तै व्यापक देखिन्छ । अनुवादकको अनुभवमा हस्तरेखा एउटा प्रामाणिक विद्या हो । तसर्थ आम पाठकले आफ्नो भविष्य आफैंले केलाउन सकुन् भन्ने उद्देश्यले प्रस्तुत गरेका छौँ ।
नरम र कडा हातहरू
सामान्य हात मिलाउने कामले पनि व्यक्तिको चरित्रबारे निक्र्याेल गर्न सकिन्छ । अभिवादनका क्रममा तपाइँ कसैसँग हात मिलाउँदै हुनुहुन्छ र ती व्यक्तिका हात तपाईबाट चिप्लिँदै छ वा छुट्टिन खोज्दै छ जस्तो तपाईंलाई लाग्यो भने सावधान हुनोस् । ती व्यक्ति कपटी हुन सक्छन् वा तपाईंलाई धोखा दिन उद्यत हुन सक्छन् । तीनको ओठमा मीठो मुस्कान हुन सक्छ, तर तिनले तपाईंलाई आफ्नो शिकार ठानिरहेको हुन सक्छ र तीनले तपाईंलाई फगत आफ्नो हितका लागि मात्र प्रयोग गर्नेछन् ।
एउटा नरम र मोटो हात एक जाँगर विहिन अल्छि मानिसको सूचक हो । एउटा कठोर हात चाहिँ ऊर्जाशील भरपर्दा व्यक्तिको सुचक हो । अत्यन्तै पातलो हातचाहिँ चुलबुले ऊर्जावान व्यक्तिको द्योतक हो । तर त्यो व्यक्ति सँधै चिन्तित रहन्छ र सँधै नै असन्तुष्ट रहन्छ । चिसो र चिप्लो हात पनि खराब स्वास्थ्यको सुचक हो । तर त्यस्ता व्यक्ति अत्यन्तै संवेदनशील हुन्छन् र व्यग्र पनि रहन्छन् ।
कुराकानीका क्रममा आफ्ना मुठ्ठी कसेर बस्छन् भने त्यस्ता व्यक्ति विश्वासिला हुँदैनन् । तिनमा आत्मविश्वासको कमी रहन्छ र त्यस्ता व्यक्तिमाथि भर गर्न पनि सकिँदैन । यदि सबै औँला (विशेषत: औंलाहरू लामा छन् भने एक अर्कासँग टाँस्सिएका वा च्यापिएका जस्ता छन् भने अथवा एक–अर्कासँग बेरिएका जस्ता देखिन्छन् भने त्यसले त्यसका धारकको शंकास्पद चरित्रको बारेमा बताउँछ । त्यस्ता व्यक्तिहरू चोरीको प्रवृति वा सामान्य नैतिकताको अभाव पाइन्छ ।
याद राखौँ – हातहरू दिमागको तत्काल र प्रथम सेवक हुन् । शरिरको कुनै अंगभन्दा बढी हातहरूतर्फ दिमागबाट धेरै स्फूर्त र संवेदशील स्नायुहरू प्रवाहित हुन्छन् । मानिस सुनिरहँदा होस् वा हिडिँरहँदा होस् हरदम अचेतन ढंगले नै मानिसको आत्मा र दिमागका सोच र विचारहरूलाई तरंगित र प्रसारित गरिरहेका हुन्छन् ।
यसैकारण, मानिसको हातका रेखाहरू नपढिकनै ती व्यक्तिको चरित्रका बारेमा थाहा पाउन सकिन्छ । यसरी निकालिएको निष्कर्ष त्यस व्यक्तिको मुहारबाट निकालिएको निष्कर्षभन्दा बढी भरपर्दा हुन्छ । ढंगले परीक्षण गर्ने हो भने हर प्रकारका व्यक्तिका बारेमा थाहा पाउन सहायक र महत्त्वपूर्ण हुन सक्छ ।
यसप्रकारका कैयन् उदाहरणहरू यो कितावको अगाडिका अध्ययायहरूमा व्याख्या गरिएका छन् । यी प्रत्येक उदाहरणहरू मेरा लामो पेसागत अनुभवमा सही सिद्ध भएका मात्र होइनन्, अपितू मेरा यी उदाहरणहरूलाई बारम्बार परिक्षण र अध्ययन गरिनेछन् भन्ने पनि मलाई राम्ररी थाहा छ । मलाई ‘सबैका लागि हस्तरेखा विज्ञान’ (पामिस्ट्री फर अल) को अमेरिकी संस्करणका पाठकहरूसमक्ष प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसीको अनुभव भइरहेको छ ।

(प्रस्तुत सामग्री प्रसिद्ध हस्तरेखाविद् किरोको सन् १९१६ मा प्रकाशित पुस्तक ‘सबैका लागि हस्तरेखा विज्ञान’ (पामिस्ट्री फर अल) को अनुवाद हो ।)
यो पनि हेर्नुहोस् ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.