![]() |
| काठमाडौंको शान्तिनगरनजिकैको वाग्मतीमाथि आर्कब्रिज निर्माण गरिँदै । |
यसैक्रममा नेपालमै पहिलोपटक आर्कब्रिज निर्माण गरिने भएको छ । त्यो पनि एउटा होइन ४ वटा । काठमाडौंमा निर्माण गरिने आर्कब्रिज दुईवटा पुलमा २/२ वटाका दरले ४ वटा निर्माण गरिन लागिएको हो । पुलको भार त्यसमा जोडिएको तार हुँदै ‘आर्क’ माथि र मुख्य पिलरमा पर्ने प्रविधिबाट निर्माण हुने भएकाले यसलाई आर्कब्रिज भनिएको हो ।
‘नेटवर्क आर्क ब्रिज’ भनिने यस किसिमको पुल विदेशमा निकै लोकप्रिय मानिन्छ । धेरै विदेशी राष्ट्रमा यसको निर्माण भएर सञ्चालन भइरहेको अवस्थामा भने नेपालमा पहिलोपटक निर्माण थालिएको हो ।
पुलको निर्माण काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गर्न थालेको हो । पुल तीनकुनेको वाग्मती र बिजुलीबजारको धोबीखोेलामाथि निर्माण गरिन लागिएको हो । अहिले यी दुवै स्थानमा पुल निर्माणको काम धमाधम भइरहेको छ ।
तीनकुनेदेखि माइतीघर जोड्ने सडकको भित्तापट्टि सवारी चाप बढी हुने लेनमा जोडिने गरी पुल निर्माण हुँदै छ । अहिलेको पुलको दायाँबायाँ दुवैतिर तीन लेनका १२ मिटर चौडा सडक हुने आयोजनाले जनाएको छ । पुलमाथि फुटपाथसमेत हुनेछ । पुल बनेपछि सडक पनि साबिकभन्दा २४ मिटर फराकिलो बन्नेछ ।
धोबीखोलामा बनिरहेको पुलको लम्बाइ ५० दशमलव ३ मिटर हुनेछ । यस्तै शान्तिनगरनजिकको वाग्मतीमाथि बन्ने पुलको लम्बाइ ८५ दशमलव २२ मिटर हुने आयोजनाले जनाएको छ । आरसीसी (रेनफोर्स सिमेन्ट कंक्रिट) प्रविधिबाट बनाइने पुलको निर्माण सम्पन्न २०७५ पुस मसान्तभित्र भइसक्नेछ ।
पुलले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै सौन्दर्यसमेत बढाउनेछ । यस किसिमको पुल निर्माणका लागत अन्यको भन्दा सस्तोसमेत पर्न जान्छ । पुलले राजधानीको आकर्षणसँगै पर्यटकसमेत लोभ्याउने आयोजनाको दाबी छ ।
- शम्भु रेग्मी
![]() |
| मेलम्ची खानेपानीका लागि काठमाडौंको माइतीघर मण्डला–सिंहदरबार खण्डमा खनिएको सडक । |
यस्तो हेर्न टाढा जानै पर्दैन हाम्रै वरपर हेरौं । प्रशस्त भेट्न सक्छौं । अवपाद थोरै, वास्तविकता धेरै । हामीमा कहाँ समस्या छ, त्यसतर्फ त परै जाओस् सुझाव सुन्न समेत तयार हुँदैनौं । कुरो मेलम्चीको, खानेपानीको, उपत्यका सफा गर्ने मेलम्चीको आयोजनाको । यो खानेपानी आयोजना कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दाताकाबाट सुरु भएर अहिलेसम्म घिसिपिटी अवस्थामै गुज्रिरह्यो । तङ्ग्रिनै सकेन, उठनै सकेन । मुलुकबाट राजतन्त्र समाप्त भयो । गणतन्त्रमा बामे सरेकै अवस्थामा मेलम्चीको पानीको सपना राजधानीवासीका लागि साकार हुने अवस्था पुगेको हो ।
हो अहिले राजधानीमा कहीं उमङ्ग, कहीं विस्मात त कहीं आक्रोश छ । जसले मेलम्चीको पानी उपभोग गर्न पाउँछन्, त्यो समुदाय त उमंग हुने नै भयो, जसले उपभोग गर्न सक्दैनन् उसलाई हर्ष न विस्मात् अनि जसले उपभोग गर्न त पाउँछन् त्यसले जग्गा दाउमा लगाउनुपरेको अवस्था छ । जसले मुआब्जा पाउन सकेका छैनन् त्यो समूहलाई भने आक्रोश हुनु स्वभाविकै हो । अब राजधानीवासीको मुहारमा केही भए पनि मेलम्चीको पानी खान पाइनेमा आश्वस्त जागेको देखिन्छ । पानी सबैका लागि आवश्यक भए पनि राजधानीवासीले लामो समयदेखि पानीमा सास्ती झेल्दै आएको अवस्था हो । राजधानीवासी सहज पानी आपूर्तिको पक्षमा रहेको लामो समय भएको छ ।
राज्य सत्ता केन्द्रिकृत भएकै कारण राजधानीमा जनघनत्व बढ्नु स्वाभाविकै हो । यही मेलम्चीको पानी राजधानीवासीलाई सुलभ रूपमा आपूर्तिका लागि सरकार पनि जोडतोडले लागेको छ । मेलम्ची खानेपानी आयोजनाले पनि आफ्नो कामलाई दिनरात नभनी निरन्तर जारी राखेको छ । पानी सर्वसुलभ वितरणको सम्मुखमा पुगेको छ आयोजना । २०७४ वैशाखमै उपत्यकामा पानी वितरण गर्ने लक्ष्य सहित योजनाले काम अघि बढाइरहेको छ । योजनाले उपत्यकामा पानी वितरणका लागि प्रायः सबै स्थानमा पाइप बिछ्याउने कार्य गरिरहेको छ भने कतिपय स्थानमा बिछ्याउने कार्य सम्पन्न समेत गरिसकेको छ ।
तर, पाइप बिछ्याउने क्रममा खनिएका सडकको अवस्था हेर्दा राजधानी पनि कुनै ग्रामीण क्षेत्रमा कुलो आधा खनेर छाडेको जस्तो प्रेरित हुन्छ । अलिअलि पानी पर्दा सडक हिलाम्मे, घाम लाग्दा धुलाम्मे । उफ् राजधानी, देशको केन्द्र सम्झिँदा पनि उदेक लाग्दो अवस्था छ । मेलम्चीको खानेपानीको पाइप बिछ्याउने भन्दै सडक खनिन्छ । लामो समय त्यहाँ पिच गरिँदैन । कथं पिच भइहाल्यो भने नेपाल टेलिकमले खनिदिन्छ । त्यो पनि पिच भयो भने त्यहीं ठाउँमा महानगरले ढल व्यवस्थित गर्ने भन्दै खनिदिन्छ । अनि लामो समय त्यसै अलपत्र छाडिन्छ सडक । बटुवा त्यही खाडलमा पर्छन् । चौपाया त्यही, सवारी साधन त्यही, अपांगता भएकालाई त के सद्धे व्यक्तिलाई हिँडन पनि सकस । सवारी साधनमा त झन् महाभारत । आखिर खनेपछि तुरुन्त पिच गरिदियो भने त सर्वसाधारणले पनि सकस धेरै व्यहोर्नुपर्ने थिएन ।
किन त ? यस्तो कसरी ? किन खन्दै, उही खन्दै, उही भत्काइँदै गरिन्छ । सर्वसाधारणको सोझो आँखाले यो बुझ्ने कुरो होइन । एकैपटक खनेर सबै काम सकेर पिच गरेको खण्डमा खन्दै, बनाउँदै, पुनः खन्नुपर्ने अवस्था त हुन थिएन होला । यतातर्फ ध्यान कसैको जाँदैन । सबै आफ्नो काम मात्रै ध्यान दिने तर पूरा नगर्ने परिपाटीले सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । मेलम्चीले पाइप बिछ्याउने मात्र हो महानगरले पो पिच गर्नुपर्छ भन्दै पन्छिन्छ । टेलिकमले तार बिछ्याउने मात्र हाम्रो काम हो महानगरले पो पिच गर्नुपर्छ भन्छ । अनि महानगर भने ढलको व्यवस्थापन पो हामीले गर्ने हो पिच गर्ने काम त सडक विभागको पो हो भन्दै पन्छिन्छ । अनि सडक विभाग भने महानगरको क्षेत्रमा भएकाले उसैले खनेपछि पिच पनि गर्नुपर्ने दायित्व हुन आउने जनाउँछ । आखिर जसले खन्ने हो खन्ने अनि जसले पिच गर्ने हो त्यही निकायले तत्काल पिच गरिदिए टन्टै साफ सबैले अरूतिरै चोर औंलो सोझ्याउँदा काम चाँडो हुन सकेको छैन ।
हामी विकास विरोधी होइनौं, तर आफ्नो जिम्मामा रहेको काम तत्काल अरूको मुख नताकी तत्काल गरेको खण्डमा राजधानीको मुहार फेरिन किञ्चित समय लाग्ने थिएन । सर्वसाधारण चैनको श्वास फेर्न सक्ने थिए । राजधानीका विभिन्न क्षेत्रमा खनिएका सडक समयमै पिच नहुँदा त्यस क्षेत्रका बासिन्दा, सोही सडक भएर वारपार गर्ने बटुवा तथा सवारी साधनले सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।
यस्तै २०७२ वैशाखको भूकम्पले झनै जनतालाई सास्ती दिएको छ । भूकम्पबाट सास्ती पाएका राजधानीवासीले सडक विस्तारका नाममा पनि उस्तै सास्ती खेप्नुपरेको अवस्था छ । सडक विस्तारका क्रममा सडकमा निर्माण सामग्री त्यतिकै थुपारिँदा बटुवालाई सास्तीका साथै धूलो र हिलोले पनि स्वास्थ्यमा प्रतिकूल असर पारेको छ ।
सडक विस्तारका नाममा सडक विस्तार आयोजनाले पनि भत्काइएका संरचनालाई सडकमै अलपत्र छाड्दा सडक साँघुरिएको छ । यसमा पनि सबैको मन जितेर सरकारले काम अघि बढाएको खण्डमा विरोधका स्वरहरू सुनिने थिएनन् कि । यसमा पनि सरकारले सडक विस्तार भन्दै सर्वसाधारणका संरचना विना मुआब्जा भत्काइँदिँदा विरोध हुनु स्वभाविकै हो । यसरी सर्वसाधारणको विरोधका कारण आधा भत्काइएका सडक पनि अलपत्र छाडिँदा राजधानी कुरुप बनेको छ भने सडक विस्ताको कार्य पनि सुस्त भएको छ ।
सडक विस्तारमा उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजना सक्रिय बनेको छ । सडक विस्तार हुनु त सकारात्मक हो । योसँगै जनताको चित्त बुझाएर विस्तारको काम थालनी भएको भए अवरोध आउने पनि थिएन र सडकमा असरल्ल छरिएका भौतिक संरचनाका सामग्रीबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने थिएन ।
विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार सडक अतिक्रमित संरचना हटाउन नसक्दा विस्तार कार्यमा अवरोध आएको हो । उनका अनुसार जोरपाटी–सुन्दरीजल र सुनाकोठी–चापागाउ“मा डिक विस्तारमा समस्या उत्पन्न भएको छ । आयोजनाका अनुसार अधिकांश सडकको चौडाइ २२ मिटर छ । यहीअनुरूप विस्तार गर्दा सडक किनारका करिब १५ सय बढी घर हटाउनु पर्नेछ ।
यसरी जताततै एकैपटक सडक भत्काएर सडक कुरुप बनाउनुभन्दा भत्काएको क्षेत्रमा पुनर्निर्माण गरी अर्को क्षेत्रमा भत्काउने कार्य गरेको खण्डमा मिसनले सहज रूपमा पूर्णता पाउँथ्यो कि ।
- शम्भु रेग्मी
![]() |
| शब्द तस्बिर : शम्भु रेग्मी । |
झन्डै–झन्डै लोप हुने अवस्थामा पुगेको । प्राण गुमाइसकेको । अस्तित्व हराइसकेको वाग्मती बल्ल अलिअलि श्वाससम्म फेर्ने अवस्थामा पुगेको छ । यसको प्राण भर्ने काममा तत्कालीन मुख्यसचिव लीलामणि पौडेल लागे । पौडेलले वाग्मती सफाइको अभियानै चलाए । प्रत्येक शनिबार वाग्मतीका लागि छुट्याए । सफाइका लागि सबैलाई आह्वानसमेत गरे । उनको होस्टेमा हैंसे मिलाउन राजधानीवासी सहमत बने । सबैले साथ दियो । प्रशासन, नागरिक समाज, अगुवा, कलाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था सबै उनको हातमा हात मिलाउन सामेल भयो ।
उनको अभियानले अझै पनि निरन्तरता पाएकै छ । उनी मुख्यसचिवबाट अवकाश पाए । अहिले चीनका लागि राजदूतसमेत भई पदभार ग्रहण गरिसकेका छन् । उनको अभियानलाई निरन्तरता दिन वर्तमान मुख्यसचिव सोमलाल सुवेदी पनि सक्रिय भए । आफ्नातर्फबाट गर्नुपर्ने सबै काम गरे । शनिबार आफैं वाग्मतीमा हेलिएर फोहोर निकाले । उनलाई पनि महानगरपालिका, सेना, प्रहरी, नागरिक समाज सबैले उत्तिकै सहयोग गरे । सुवेदी पनि अभियानमा निरन्तर लागे, वाग्मतीलाई कमसेकम निरन्तर फोहोरै पानी सही बग्ने अवस्थामा त पुर्याए ।
वाग्मती अहिले निरन्तर बगिरहेको छ । कालो पानी नै किन नहोस् बगिरहेको छ । वाग्मतीछेउ बस्ने सुकुम्वासी परिवारले शौचालय मिसाउने प्रवृत्ति शून्यमा झरेको छ । फोहोर फाल्न बन्देज लगाइएको छ । वरपरका सर्वसाधारणमा जनचेतना जगाइएको छ । सबै जागरुक भएका छन् । सबै सभ्य भएका छन् । वाग्मती सभ्यताले पुनर्जीवन पाएको छ । यद्यपि वाग्मतीछेउका केही घरले भने अझै ढल मिसाइरहेको अवस्था भए पनि यो नगन्य रूपमा छ ।
प्रत्येक शनिबार नेपाल टेलिकमले उपत्यकावासीलाई वाग्मती सफाइका लागि म्यासेज पठाएर आह्वान गर्छ । बोलाउँछ । भेला भई सफाइमा सरिक हुन आग्रह गर्छ । वाग्मती सफाइमा महानगरका सफाइ कर्मचारी पनि उत्तिकै दत्तचित्त भएर लागेका छन् । विभिन्न संघसंस्थाको पहलमा वाग्मतीकिनारमा संरक्षित उद्यान बनाइन थालिएका छन् । केही बनिसकेका छन् । उपत्यकावासीको मौलिक सभ्यता फर्काउन महानगरपालिका पनि उत्तिकै जिम्मेवार भएर लागेको छ । यता वाग्मती सभ्यता विकास समिति पनि लागेको छ । यसमा सबैको सहयोग उत्तिकै छ । ‘वाग्मतीमा थोरै किन नहोस् । पानी बगेकै छ, पहिलेको तुलनामा धेरै सफा पनि भएको छ,’ अभियन्ता तथा नेकपा संयुक्तका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साह भन्छन्, ‘२ वर्षअघि हामीले वाग्मतीमा माछा छाड्यौं, ती बाँचे÷बाँचेनन् थाहा भएन अब वाग्मतीलाई माछा पौडने, सर्वसाधारणले नुहाउन मिल्ने किसिमको बनाउन जरुरी छ ।’
वाग्मती सफाइका लागि ‘वाग्मती फोहोर उन्मूलन नमुना उपभोक्ता समाज’ समेत गठन भएको छ । यो वाग्मतीकिनारका सुकुम्बासी बस्तीका केही युवाको सक्रियतामा सञ्चालित छ । संगठित रूपमा यस्ता धेरै संघसंस्था निस्वार्थ रूपमा वाग्मती सफाइ अभियानमा लागेका छन् । पहिले हिउँदमा त वाग्मती वारपार सजिलै गर्न सकिन्थ्यो फोहोर हिलो सुकेर, कट्कटीएर बच्चा पनि वाग्मती सहजै ओहोरदोहोर गर्ने अवस्था थियो । तर, अहिले समय फेरिइसकेको छ । वाग्मतीको सरसफाइ यहीअनुरूप हुँदै गए कुनै दिन यसमा नुहाउन सक्ने अवस्था पुनः आउनसक्ने अभियन्ताहरूको विश्वास छ ।
हुतराम वैद्य वाग्मती सफाइका अभियन्ता । आफ्नौ मौलिक सभ्यता जोगाउनुपर्छ भन्दै उनी निरन्तर यसमै खटिए । अरूले कुरा गरे उनले कामै गरे । वाग्मती सफाइ गर्दा गर्दा प्राण त्यागे । उनले न दिन भने न रात, उनले न वर्षा भने न हिउँद निरन्तर सफाइमा लागिरहे, लागिरहे । उनको काम देखेर जो पनि नतमस्तक हुन्छ । ‘वाग्मती हाम्रो प्राण हो, यसैको त्राण जोगाउन लागेको हुँ,’ पंक्तिकारसँग झन्डै ७ वर्षअघि हुतरामले भनेका थिए, ‘मेरो एक्लो प्रयासले मात्र कहाँ होला र सबैको प्रतिबद्धता र इमानदारीको आवश्यकता छ । वाग्मतीको सभ्यता फर्काउन ।’
वास्तवमा वाग्मती एक व्यक्तिको सम्पदा होइन । यो नेपालकै पहिचान हो, सभ्यता हो, धरोहर हो । यसको संरक्षणमा कुरा होइन काम नै आवश्यक छ । सबैले आ–आफ्ना क्षेत्रबाट सफाइका लागि सक्दो पहल गरौं, सहयोग गरौं । यसमै लुकेको छ हाम्रो गर्व, यसमै लुकेको छ हाम्रो पहिचान ।
![]() |
| फाइल फोटो । |
काभ्रेको ढुङ्खर्क काठमाडौंको चन्द्रगिरि डाँडो, नगरकोटका केही क्षेत्रमा हिमपात भयो । केही युवायुवती हिउँमा खेलेको, हिउँको डल्लो समातेको तस्बिरहरू दिनभर सामाजिक सञ्जालमा पोस्ट भइरहे । सोमबार राजधानीमा घाम लागे पनि तुलनात्मक रूपमा चिसो बढेको छ । मौसम धुम्मिएको अवस्थामा छ ।
बानेश्वरका वीरेन्द्र पौडेल भन्छन्, ‘काठमाडौं यस्तै हो, २ महिना चिसोले सताउँछ ।’ चिसोले भक्तपुरमा रहेका भूकम्पपीडितहरू पनि प्रभावित बनेका छन् । यस्तै ग्रामीण क्षेत्रका विपन्नलाई पनि चिसोले प्रभाव पारेको छ । ठाउँठाउँमा सामूहिक जम्मा भई दाउरा बालेर आगो ताप्नेको झुन्ड काठमाडौंमा पनि देखिन पाइन्छ । विशेषगरी चिसो मौसममा अस्पतालमा बिरामीको चाप बढ्छ । चिसोजन्य रोगबाट पीडितहरूको चाप अस्पतालमा बढेको डाक्टरहरू बताउँछन् । अस्पताल स्रोतका अनुसार रुघाखोकी, निमोनियाँलगायत संक्रमण भएकाहरूको चाप बढेको छ ।
तराईतिर शीतलहर सुरु भइसकेको छ । शीतलहरले मानिसँगै पशुपक्षीलाई समेत उत्तिकै प्रभाव पारेको छ । भक्तपुरको सानो व्यासीमा रहेको भूकम्पपीडितको अस्थायी टहरामा बस्ने पीडित चिसोले बस्नै गाह्रो भएको बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्पपीडित चिसोले बिरामी पर्ने अवस्थामा पुगेका छन् । भूकम्पपीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।
भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायत समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्प प्रभावितहरू भत्किएको घर जसरी भए पनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।
चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौंलगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनः उकालो लाग्नेछन् ।
चिसोको मौसममा सबैले स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफा तातो पानी खाने, झोलिलो खानेकुरा र न्यानो भएर बसे चिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।
शम्भु रेग्मी
![]() |
| सत्यबहादुर तामाङ । |
![]() |
| शम्भु तामाङ । |
![]() |
| देवी चौलागाईं । |
![]() |
| ध्रुव बस्नेत । |
काठमाडौं । जीवन चलाउन मानिसका आ–आफ्नै तौरतरिका हुन्छन् । विभिन्न पेसा, व्यवसाय सञ्चालन गरी जीवनयापनलाई सहज र सरल बनाउन मानिस यत्नशील हुन्छ । आज हामीले यसरी फरक तरिकाले जीवनलाई सुन्दर रूपमा परिभाषित गर्ने केही प्रतिनिधिपात्रलाई तपाईंसामु प्रस्तुत गर्न गइरहेका छौं ।
प्रदर्शनीमार्गको भृकुटीमण्डप छिर्ने गेटमै एउटा नाङ्लोमा राखिएको सामान बेच्नमै व्यस्त देखिन्छन् काभ्रे पनौतीका सत्यबहादुर तामाङ । उनी बिहान झिसमिसेमै आएर साँझ अबेर मात्र फर्किन्छन् । उनको नाङ्लोमा चुरोट, सुर्ती, गुट्खा, चकलेट, छुर्पी, चुइँगमलगायत खित्रिमित्री मिलाएर राखिएका हुन्छन् । ‘राम्रै आम्दानी हुन्छ, मेरो परिवार यसैबाट चल्छ,’ सत्यबहादुर भन्छन्, ‘कहिले राम्रै बिक्री हुन्छ कहिले अलिअलि मात्र हुन्छ । मैले आम्दानीबाट सन्तोषको जीवन चलाइरहेको छु ।’ ५८ वर्षीय सत्यबहादुर दिनमा सय, पचासको आम्दानी हुने बताउँछन् । यो सय, पचास भन्या कति हो नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘यस्तै राम्रो बिके २५ सय ३ हजार हुन्छ ।’ उनले फुटपाथमा व्यापार थालेकै १२ वर्ष नाघिसक्यो । ‘बूढो भइयो, १२ वर्ष धेरै भएहोला नाङ्लोमा खुद्रा सामान बेच्न थालेको,’ उनी भन्छन्, ‘कैलेसम्म सकिएला र सडकछेउ उभिएर व्यापार गर्न, सकिन्जेल त व्यापार गर्नैपर्ला बाबु ।’ उनी व्यापारबाट आफ्नो खर्च राम्रैसँग चलेको बताउँछन् । व्यापारकै कारण २ पैसाका लागि सकैसँग हात फिजाउनु नपरेको उनको बुझाइ छ ।
भृकुटीमण्डप छिर्ने गेटको अर्कोतर्फ धादिङका ६२ वर्षीय ध्रुव बस्नेत अमला बेच्न व्यस्त थिए । क्याम्पस पढने केही युवतीले १० रुपैयाँको ४ वटाका दरले २० रुपैयाँको अमला किने । बस्नेतले पछि २ वटा अमला थपिदिए । ती युवतीहरूले २० रुपैयाँको १० वटा अमला लिएर गए । त्यसपछि उनी हामीसँग कुरा गर्न तयार भए र भने, ‘२२ वर्ष नाघ्यो कि बाबु, नाङ्लोमा व्यापार थालेको, कमाइ ठीकै छ ।’ उनका पीरका पोका पनि बेग्लै छन् ।
नगर प्रहरीले बेलाबेलामा दुःख दिने गरेको उनी बताउँछन् । ‘के गर्नु बाबु काम त गरिखानै पर्यो, बेलाबेलामा आएर म बूढोलाई पनि खेदछन्–नगरपालिकाका पुलिसले ।’ बस्नेत झिसमिसेमै आउँछन् । भृकुटीमण्डपभित्रै रहेको ढकालको तन्दुरी ढाबामा बिहानको खाना रोटीतरकारी खान्छन् अनि साँझ ७ बजेतिर डल्लुमा रहेको कोठातिर लाग्छन् । उनले सिजनअनुसारको व्यापार गर्ने बताए । भन्छन्, ‘जे सिजनमा छ त्यही बेच्छु, आजभोलि अमला र बदामको सिजन भएकाले यही त राख्ने हो ।’ बस्नेतको नाङ्ले पसलमा भुटेको चना, भट्टमास, बदाम, अमला, चुरोट, चकलेट तथा केराउ पाइन्छ । उनले भने, ‘यसैबाट जहान बच्चा पालेको छु ।’
पुरानो बसपार्क छेवैमा राष्ट्रिय सभागृहको पर्खालमा आड लागेर एन्ड्रोइड मोबाइलमा तास खेलिरहेको भेटिए भोजपुरका शम्भु तामाङ । दुइटा तस्बिर खिचुन्जेल उनले पत्तै पाएनन् । के गर्दै हो भन्ने प्रश्नसँगै उनी झस्किए । अनि भने, ‘ट्याम पास गर्या ।’ मोबाइलमा फिल्म हेरेर टाइम पास गरेको हो र भन्ने प्रश्नसँगै शम्भुले भने, ‘काँ हुनु नि, तास खेल्या पो, कल्ब्रेक ।’ समय बिताउन उनले मोबाइलमा तास खेल्दा रहेछन् । जोरपाटीमा दिदीको डेरामा बस्दै आएका शम्भु खानाखाईवरी पुरानो बसपार्क, रत्नपार्क छेउछाउ जता अलि खाली ठाउँ देख्छन् त्यतै एउटा बोरा सडकमै ओच्याउँछन् । अनि नेलकटर, औंठी, मालालगायत सामग्री फिजाउँछन् । ‘ग्राहक आएका बेला सामान दिने हो । अरू बेला त मोबाइल खेल्छु,’ उनी भन्छन् । साथमा उनले मानिसको तौल नाप्ने मेसिनसमेत राखेका छन् । अरू सामानभन्दा तौलिने मेसिनबाट राम्रै कमाइ हुने उनी बताउँछन् । ‘यो तौलिने मेसिनले राम्रै फाइदा दिएको छ । दिनमा हजारभन्दा बढी यो मेसिनले नै कमाउँछ । यो चोखो फाइदा हो,’ शम्भुले भने । दिनमा २ हजारजति आम्दानी हुने उनी बताउँछन् ।
उनी १० वर्षे माओवादी द्वन्द्वका पीडितसमेत रहेछन् । भोजपुरबाट माओवादीले लखेटेपछि उनी काठमाडौंमा दिदीको आश्रयमा आइपुगेका हुन् । ‘धेरै पढेको छैन । ८ कक्षा पढदापढदै माओवादीले गाउँबाट खेद्यो । के गर्नु काठमाडौं आएपछि कुनै इलम त गर्नैपर्यो,’ ३० वर्षीय शम्भुले मनको पोयो फुकाए, ‘धेरै पढेको भए पो राम्रो जागिर पाइन्थ्यो होला । पढन पाइएन कसरी ठूलो मान्छे बन्नु ? सडकमा यही सामान बेचेर जीवन चलाइरहेको छु । व्यापारबाट सन्तुष्ट देखिएका शम्भुले अलिअलि कमाएर घरजम गर्नुपर्ला हाँस्दै भने ।
शम्भुको सडक पसलको छेवैमा अर्कोतर्फ दोलखा मैनापोखरी गाविस काभ्रेकी देवी चौलागाईं कागती भाग लगाउँनमै व्यस्त थिइन् । २ वटा फोटो खिचेपछि उनले थाहा पाइन्, माथि हेरिन् र भनिन्, ‘कागती राम्रो लागेर फोटो खिच्नु भ को भाइ ?’ हो नि दिदी कति बेच्नुहुन्छ दिनमा कागती ? मेरो प्रश्नमा मास्तिर हेर्दै भनिन्, ‘३० देखि ४० किलो बिक्छ, कहिले त थोरै पनि बिक्छ ।’ ४५ वर्षीया देवीले सडकमै व्यापार गर्न थालेको ९ वर्ष पुगेछ । कागतीसँगै उनले अमला पनि बेच्नका लागि राखेकी छन् । दिनमा फाइदा मात्रै कति हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘हजारदेखि बाह्र सय ।’ यही व्यापारबाट उनले बागबजारमा आफू बस्दै आएको कोठाभाडा तिर्छिन् । छोराछोरीलाई यसैबाट पढाउँछिन् र आफ्नो दैनिक खर्च पनि यसैबाट चलाउँछिन् ।
गरिखान के को लाज ? काम सानोठूलो नमानी कर्म गर्नेलाई फल पनि सन्तोषकै मिल्ने उनीहरूको कुराकानीबाट बुझियो । हामी कामलाई वर्गीकरण गर्छौं, सानोठूलो भन्छौं यही त हो प्रगतिको बाधक । त्यसैले कामलाई सानोठूलो नभनी सडकमै व्यापार गरी सन्तोषको जीवन बिताउने कर्मशील हातहरूलाई हाम्रो पनि सलाम छ ।

शब्द, तस्बिर : शम्भु रेग्मी
काठमाडौं । पुस लागेसँगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम सुरु भएसँगै मुलुककाक्षेत्रको जनजीवनप्रभावितबनेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ ।
तराईका विभिन्न चोक र गल्लीमा चिसो छल्न आगो बालिएका छन् । तराईका केही भेकमा साता दिन देखि शीतलहर चलिरहेको छ । ग्रामीण र विपन्न समुदायका चिसोबाट बढी प्रभावित बनेका छन् । यस्तै चिसोबाट वृद्धवृद्धा पनि प्रभावित बनेका छन् ।
चिसो सुरु भएसँगै तराईका अस्पतालमा बिरामीको संख्यासमेत बढेको छ । अस्पतालमा पुग्ने बिरामीमा रुघाखोकी, निमोनियाँलगायतका संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिसोले चिसोले विपन्न परिवारका बच्चा तथा वृद्ध बढी प्रभावितबनेका छन् । विस्थापित र घरबारविहीन पनि चिसोको मारमा परेका छन् ।
राजधानीमा दिनभर घाम लागे पनि बिहान र बेलुका चिसो बढेको छ । ‘बिहानबेलुकाचिसो अचाक्ली बढेको छ । बिहान त झन् उठनै झ्याउ लाग्छ,’ शान्तिनगरका दीपेश भट्टराई भन्छन्, ‘तर दिउँसो भने घाममा बसेर बदामखान त मज्जै आउँछ ।’ उनले भनेजस्तै रत्नपार्कको चौरमा बदाम खाँदै गरेका सिन्धुपाल्चोकका मोहन लामा पनि जाडोको मौसम दिनमा राम्रै हुने तर बिहान बेलुका त चिसोले बिछट्टै सताउने अनुभव सुनाउँछन् । यो त भयो सहरीया परिवेश । तर २०७२ वैशाखको भूकम्पबाट पीडितहरूको जनजीवन चिसोले प्रभावित बनेको छ ।
जोरपाटीमा रहेको अस्थायी टहरामा बस्ने भूकम्प पीडित चिसोले बस्नै नसक्ने बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्प पीडित चिसोले बिरामी पर्ने अवस्थामा पनि पुगेका छन् । भूकम्प पीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।
भूकम्प पीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायतका समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्पप्रभावितहरू भत्किएको घर जसरी भएपनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।
यसरी चिसोमा टिनको टहरोमै भूकम्प पीडितलाई राख्नुभन्दा जति सक्दो चाँडो पुनर्निर्माणमा लागेर सबैलाई टहरोबाट घरमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । चिसोले मानव स्वास्थ्य माथि परेको असरबारे सम्बन्धित निकायले चासो देखाउनुपर्ने अवस्था रहेको अधिकारकर्मीहरू बताउँछन् ।
चिसोले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका राउटे समुदायलाई पनि प्रभाव पारेको छ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय न्यानो कपडाको अभावमा चिसोजन्य रोगबाट प्रभावित भएका छन् । हालै मात्र सुर्खेत क्षेत्रमा बसोबास गर्ने एक राउटे महिलाचिसोले थलिएको समाचार सार्वजनिकभएको थियो । राउटेका लागि स्थायी बसोबासको व्यवस्था नभएको हुँदा पनिउनीहरू चिसोको मारमा परेका हुन् । चिसोले राउटे समुदायका बालबालिका बढी प्रभावितबनेका छन् । उनीहरू न्यायो कपडा कसैले दिन्छ किभन्ने पर्खाइमा रहेको बताउँछन् ।
चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङका अधिकांश हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौं लगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनःउकालो लाग्नेछन् । चिसोले आम जनताको जनजीवन सकसपूर्ण बनेको छ ।
तर, राजधानीलगायत सहरमा बस्ने सम्भ्रान्त परिवारलाई भने चिसोको ‘छु मतलब’ । उनीहरूलाई चिसोको केही चिन्तै छैन । विद्युत् प्राधिरणले लोडसेडिङ हटाइसकेको छ । एसी र हिटर जतिबाले पनिभयो । उनीहरूलाई घरमाथि राखेको हिटरको तातो पानीप्रयोग गर्न पनि सहज छ । भक्तपुरको व्यासीमा रहेको अस्थायी शिविरमा बसेका एक भूकम्प पीडित भन्छन्, ‘गरिब र निमुखालाई त हो चिसोको सकस, धनीमानीलाई केको चिसो ?’
चिसोको मौसममाधनी, गरिब जे भने पनि स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफातातो पानीखाने, झोलिलो खानेकुरा र न्यानो भएर बसेमाचिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।
(शम्भु रेग्मी)

काठमाडौं, ११ पुस । विद्युत् प्राधिकरणले उपत्यकालाई लोडसेडिङ मुक्त बनाएको छ । प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आएसँगै विद्युत्को क्षेत्रमा कायापलट भएको उपत्यकावासीको भोगाइ छ ।
गत वर्षसम्म दैनिक १६ घण्टा लोडसेडिङको मार खेपेका उपत्यकावासी यसपटक भने ढुक्कले बिजुली बालिरहेका छन् । राजधानी उपत्यका झन्डै लोडसेडिङ भनेको के हो भन्ने भुल्ने तरखरमा देखिन्छ ।
यसरी प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै धेरैको रोजिरोटी जोगिएको छ भने धेरैले रोजगारीबाट हात धुनुपर्ने अवस्था आएको बताउँछन् । हुन त लोडसेडिङले धेरै उद्योग, कलकारखाना निर्वाध सञ्चालन भइरहेका छन् । व्यापारिक प्रतिष्ठान नियमित भएका छन् । सामान्य रोजगारी गर्नेलाई लोडसेडिङ नहुँदा नियमित दैनिकी सञ्चालन गर्न पाइरहेको अवस्था छ ।
यसरी उपत्यकामा लोडसेडिङ घटेको भन्दै एक साताअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा जुलुससमेत निस्किएको थियो । यसलाई निरन्तरता दिन कुलमानले हालैमात्र भारत पुगेर थप विद्युत् आयातका लागि सम्झौतासमेत गरेका छन् ।
लोडसेडिङको अन्त्यसँगै धेरैको रोजगारीले निरन्तरता पाएको छ । सञ्चारमाध्यमहरू नियमित सञ्चालन भइरहेका छन् । लोडसेडिङको चर्को मारमा सञ्चारमाध्यम धेरै परेका थिए । लोडसेडिङकै कारण धेरै सञ्चारमाध्यमले आफ्नो सेवालाई घटाएका थिए भने केही त बन्दै भएका थिए । लोडसेडिङले यावत् कुरालाई निरन्तरता दिएको छ ।
लोडसेडिङको अन्त्यसँगै जेनेरेटर व्यवसाय भने धरापमा परेको छ । अहिलेको सिजन भनेको जेनेरेटरको बिक्री धेरै हुने सिजनका रूपमा मानिन्छ । लोडसेडिङ अन्त्य भएसँगै जेनेरेटर बिक्री ठप्प भएको टेकुस्थित मेसिनरी सामग्री विक्रेता सोहन अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘यसपटकको लोडसेडिङको अन्त्यसँगै हाम्रो व्यापारमा पनि मन्दी छाएको छ । यसवर्ष जेनेरेटर बिक्री प्रायः ठप्पजस्तै भएको छ ।’
लोडसेडिङका समयमा वैकल्पिक ऊर्जाको माध्यम बनेको जेनेरेटरको बिक्री ह्वात्तै घटेको हो । योसँगै जेनेरेटरमा लगानी गर्नेहरू पनि अहिलेको लोडसेडिङको अन्त्यसँगै इन्धन (डिजेल, पेट्रोल र मट्टितेल) किन्नुनपरेकोमा खुसी छन् । तर, लाखौं लगानी गरेको जेनेरेटर भने खिया लागेको पुनः काम नलाग्ने स्थितिमा पुगेको छ । ‘जेनेरेटर त छ, सधैं लोडसेडिङ भएन भने त ठिकै हो । पछि फेरि जेनेरेटर चलाउनुपर्ने अवस्था आएको खण्डमा पुनः धेरै लगानी गर्नुपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता हो,’ राजधानीमै एफएम रेडियो चलाइरहेका एक सञ्चालक बताउँछन् ।
राजधानीमा मात्रै नभएर देशैभरको लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको बताउँछन्, ऊजामन्त्री जनार्दन शर्मा । उनी भन्छन्, ‘लोडसेडिङमुक्त देश बनाउने अभियानमा जुटेको छु । सबैको साथ र सहयोगको आवश्यकता छ ।’ अहिले उपत्यकामा लोडसेडिङ अन्त्य भएसँगै कुलमान जति लोकप्रिय बनेका छन् उत्ति नै ऊर्जामन्त्री शर्मा पनि लोकप्रियताको शिखरमा उक्लिएका छन् । शर्मा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी छन् ।
यसअघि एमालेका तर्फबाट ऊर्जामन्त्री भएका गोकर्ण विष्ट पनि लोकप्रिय बनेका थिए । विष्टले अहिलेको जसरी लोडसेडिङको अन्त्य त गरेका थिएनन् तर, सुधारका धेरै काम गरेका थिए । तत्कालीन ऊर्जामन्त्री विष्टले विद्युत्को बक्यौता रकम नतिर्ने सरकारी कार्यालयको समेत आफैं गएर लाइन काटेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘मैले लोडसेडिङ घटाएको होइन, व्यवस्थापन मात्रै गरिदिएको हुँ ।’ उनले आफ्नो कार्यकालमा विद्युत् चुहावट अन्त्य गर्ने तथा लोडसेडिङमुक्त समाज निर्माणको परिकल्पना गरेका छन् । मुलुकलाई लोडसेडिङ मुक्त गराउने अभियानमा घिसिङलाई ऊर्जामन्त्री शर्माले पनि उत्तिकै साथ दिएका छन् । ऊर्जामन्त्री शर्माले हालै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गरेका छन्।
मन्त्री शर्माले घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो असहयोग गरेको भन्दै पुस ४ मा सञ्चालक सदस्य लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेका थिए । लोडसेडिङ घटाउने अभियानमा कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै उनीहरूसँग ऊर्जा मन्त्रालयले स्पष्टीकरण मागेको थियो । तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले बर्खास्त गरेको थियो ।
(शम्भु रेग्मीको रिपोर्ट)

काठमाडौं । सिन्धुपाल्चोक किउल गाविस १ का ७ वर्षीय नवीन ज्योति (गिरी) अहिले आफ्ना हजुरबा–आमासँगै सुविधानगरमा एउटा सानो कोठामा बस्छन् । भूकम्पले किउलमा रहेको घर लडाएपछि उनी काठमाडौं आएका हुन् । अहिले उनी शान्तिनगरमा रहेको सिद्धेश्वर माविमा कक्षा २ मा पढ्छन् । उनी जति ज्ञानी छन्, पढ्नमा पनि उत्तिकै अब्बल छन् ।
हजुरबा निजी सेक्युरिटी गार्डमा कार्यरत छन् भने हजुआमा भीमकुमारी शान्तिनगर र सुविधानगरको बीचमा रहेको वाग्मती नदीको पुलमाथि नाङ्लो पसल चलाउँछिन् । हजुरबा काममा गएपछि उनी हजुरआमासँगै हुन्छन् । स्कुल लागेको दिन स्कुल जान्छन् । नलागेको दिन हजुरआमाको नाङ्लो पसलमा ज्ञानी भएर बस्छन् । नवीन चकचक गर्दैनन् । बरु बाटोमै उनी कापीकिताब लिएर पढ्न थाल्छन् । स्कुलबाट दिएको गृहकार्य पनि उनी बाटोमै हजुरआमाको पसलछेउमै बसेर सिध्याउँछन् ।
उनका बाबा वैदेशिक रोजगारीका लागि विदेशमा गएका छन् । आमा भने गाउँमै छिन् । भूकम्पले गाउँको घर भत्किँदा बस्ने व्यवस्था पनि राम्रो भएन । त्यसैले नवीन पढ्नकै लागि हजुरबा–आमासँग काठमाडौंमै आए । यहीं मन लगाएर पढ्दै छन् नविन । बाटोछेउ बसेर पढेको देख्नेहरू पनि नवीनलाई देखेर दंग पर्छन् । भूकम्पपछि नवीनलाई गाउँको घरमा डरले बस्नै मन लागेन । ‘त्यसैले त काठमाडौं आएँ,’ नवीन भन्छन्, ‘भैंचालोको डर लाग्यो, बज्यैसँग आएँ ।’ उनकी हजुरआमाले काठमाडौंमा नाङ्ले पसल गर्न थालेकै ७/८ वर्ष पुगेछ । ‘भैंचालोपछि नातिले यतै पढ्छु भन्यो । गाउँमा बस्न सक्ने अवस्था नहुँदा हामीसँगै राखेर पढाएका हौं,’ भीमकुमारीले भनिन्, ‘दिनभरि चकचक नगरीकन मैसँग बस्छ । यहीं मुढामा बसेर लेखपढ पनि गर्छ । साह्रै सन्तोकी (सन्तोषी) छ मेरो नाति ।’ भीमकुमारी स्कुल बिदा भएका बेला आफैंसँग दिनभर राख्छिन् । स्कुल लागेका बेलामा त ९ बजेदेखि ४ बजेसम्म स्कुलमै हुने हुँदा भीमकुमारी ढुक्कले नाङ्लोमा राखेको पसल चलाउँछिन् ।
स्कुल बिदा भएका दिनमा नवीन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हजुरआमसँगै पसलमै बस्छन् । साँझ हजुरआमाको नाङ्लो पसल उठेसँगै उनी पनि लुरुलुरु हजुरआमाकै पछि लाग्छन् । कोठामा पुग्छन् । हजुरआमा खाना बनाउँछिन् । दुवैजना मिलेर खाना खान्छन् । अनि हजुरआमाकै काखमा लुटपुटिएर निदाउँछन् । प्रायःजसो हजुरबा भने ड्युटी बस्ने अफिसमै खाना खान्छन् ।
भूकम्पका बेला नवीन गाउँमै थिए । हजुरबा–आमा भने काठमाडौंमै । नवीनकी हजुरआमाले गाउँबाट काठमाडौं आएर नाङ्लो पसल चलाएको पनि ९ वर्ष पुगेछ । दमको रोगी भीमकुमारी धेरै बोल्न र हिँड्न पनि सक्दैनिन् । नजिकै रहेको कोठाबाट नवीनलाई स्कुल पुर्याउँदा पनि उनलाई स्याँस्याँ हुन्छ ।
‘यो (नवीन) पोहोर भैंचालो गएदेखि डराएर यतै पढ्न आएको,’ हजुरआमा भन्छिन्, ‘घरमा पनि बिहानदेखि फुर्सद भएका बेला पढिरहन्छ ।’ हजुरबा कोटेश्वरमा गार्ड गर्छन् । निजी गार्ड हुन् । बिहान खाना खाएर स्कुल पुर्याउन ९ बजे नातिसँगै आउँछिन् । ‘पहिले हजारदेखि १५ सयसम्म कमाइ हुन्थ्यो । अहिले ६ सयदेखि हजारसम्म कमाइ हुन्छ,’ भीमकुमारीले भनिन् ।
सिन्धुपाल्चोक हुँदा नवीन निजी स्कुलमा पढ्थे । यहाँ सामुदायिक स्कुलमा पढ्छन् । यहाँका बोर्डिङ स्कुल महँगो हुन्छ रे । ‘यो पढाइमा पनि तेज छ । पछि ठूलै मान्छे होला कि ?’ खुसी हुँदै हजुरआमाले नवीनप्रति विश्वासको आशा देखाइन् । हो, भाइबैनीहरू हामी पनि नवीन जसरी नै ज्ञानी भएर लेखपढ गर्ने कि ?
शब्द, तस्बिर : शम्भु रेग्मी
राज रेग्मी, काठमाडौं । राजधानीका आकाशमा अहिले रंगीचंगी चंगा उडेको दृष्य देख्न सकिन्छ । यो दसैंको आगमन भएको संकेतका रुपमा लिइन्छ । नारायणगढदेखि पश्चिमका प्रायः रुटमा चल्ने गाडीको अग्रिम टिकट भने गत शुक्रबारबाटै खुलेको हो । पश्चिमको तुलनामा पूर्व रुटमा भने केहीले अग्रिम टिकट खुलाएका छन् भने केही खुलाउने तरखरमै छ । जे होस् नेपालीलाई दसैंले ढपक्कै छोप्न आँटिसक्यो । राजधानीमा बस्ने कर्मचारी, विद्यार्थी, कामदार सबैले घरजाने मेसो मिलाउन थालेका छन् । तर, मेसो मिलाउन सहज पनि कहाँ छ र ? सहजका नाममा अग्रिम टिकटको व्यवस्था गरिए पनि सर्वसाधारणले सकस धेरै खेप्नु परेको छ ।
काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिनेको घुँइचो देख्न सकिन्छ । सबै तछाडमछाड गरिरहेका छन् । राम्रो लगाउने मीठो खाने पर्वका रुपमा मानिने दसैं वर्षदिनमा काममा घरभन्दा टाढा गएकाहरुलाई जमघट हुने एउटा बहाना समेत मान्न सकिन्छ ।
सकसमा विद्यार्थी :
नेपालगन्जका समीर ओलीले यसपटक अग्रिम टिकटका लागि गोंगबु बसपार्कमा झन्डै ६ घण्टा लाम लाग्नुपर्यो । ६ घण्टामा बल्लतल्ल टिकट काउन्टरमा पुगेका ओलीले टिकट त पाउने भए तर विद्यार्थी छुट होइन । उनले पूरै भाडा दिएमात्र काउन्टरका कर्मचारीले टिकट दिने भनेपछि बाध्य भएर पूरै भाडा दिएर एउटा टिकट लिए । विद्यार्थीलाई ४५ प्रतिशत छुट किन नदिएको भन्दा काउन्टरका कर्मचारीले जाने दिनमा आउनु भनेर फर्काएको ओलीले गुनासो गरे । नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययनरत ओलीजस्तै राजधानी बाहिरिने हजारौं विद्यार्थीले छुट पाएका छैनन् । राज्यले विद्यार्थीलाई दिएको ४५ प्रतिशतको छुट दसैंका बेलामा लागू हुन गाह्रो छ । ‘राज्यले विद्यार्थीलाई दिएको अधिकारबाट वञ्चित भएको’ अधिकांश विद्यार्थीको भनाइ थियो ।
यस्तै विद्यार्थीसँगै महिला, अशक्त, अपांग तथा ज्येष्ठ नागरिकलाई दिएको आरक्षण सिटको सुविधा पनि चाडबाडको मौकामा व्यवसायीहरुले कटौती गरेका छन् ।
सहायता कक्ष नाम मात्रैका :
प्रहरीले भाडादरसहित बसपार्कमा सहायता कक्षका नाममा आफ्नो उपस्थिति जनाएको छ । तर, उनीहरूले लाइन व्यवस्थापनमा सहजीकरण, यात्रुलाई पर्ने समस्या सम्बोधनका लागि उनीहरूको भूमिका प्रभावकारी नदेखिएको दाङकी रेणुका बस्नेत बताउँछिन् । उनले भनिन्, ‘प्रहरीको उपस्थिति त देखिन्छ, तर लाइन लागे पनि बीचबीचमा आफ्ना मान्छे छिराउने गरेको देखे पनि नदेखे जस्तो गर्छन् ।’
तर, प्रहरीले यात्रुको सहायताका लागि विभिन्न स्थानमा हेल्प डेस्क राखेको छ । प्रहरीसँगै यातायात व्यवस्था विभागले पनि विभिन्न ठाउँमा सहायता कक्षमार्फत आफ्नो उपस्थिति जनाएको छ । विभागले सरकारले तोकेको भाडादरभन्दा बढी नतिर्न पनि सर्वसाधारणमा अपिल गरेको छ ।
अस्तव्यस्त बसपार्क :
उपत्यकामा विभिन्न पेसा व्यवसाय गर्ने व्यक्ति दसैं मनाउन बाहिरिने गर्छन् । उपत्यकाबाट झन्डै ५० लाख यात्रु बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरीको आँकडा छ । दसैंमा घरजानेका लागि सुविधा भन्दै यातायात व्यवसायीले अग्रिम टिकट काट्ने व्यवस्था गरे पनि मुलुककै ठूलो तथा सुविधा सम्पन्न गोंगबुमा रहेको नयाँ बसपार्क निकै अस्तव्यस्त देखिन्छ । गाडीका कर्मचारी आफ्नो गाडीमा टिकट काट्न यात्रु तान्ने गरेको दृष्य पनि हेर्नलायक देखिन्छ । बसपार्कभित्रको अस्तव्यस्तले यात्रुले सास्ती खेपिरहेका छन् । व्यवसायीहरुले यात्रुलाई व्यवस्थित तरिकाले टिकट वितरण गरेको दाबी गरे पनि यहाँको वातावरणले यसलाई गिज्याइरहेको देख्न सकिन्छ ।

- यौन हिंसा नियन्त्रणका लागि सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा जोड
- छुट्टै बिट स्थापना भए काम प्रभावकारी हुने
केन्द्रीय बाल कल्याण समितिको आयोजनामा राजधानीमा सञ्चारकर्मीसँगको गोष्ठीमा यस्तौ औंल्याइएको हो । समितिले बालबालिकामाथि हुने व्यावसायिक यौन शोषणविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सञ्चार क्षेत्रले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिइएको छ ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले नेपालमा व्यावसायिक बाल यौन शोषणको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार बाल यौन शोषणमा बाल बेश्यावृत्ति, अश्लील चित्र देखाउनु, यौन शोषणका लागि बालबालिकाको ओसारपसार गर्नु प्रमुख रहेको जानकारी दिए । विभिन्न स्वरूपमा स्थापित स्थानहरूमा बाल बेश्यावृत्ति हुने गरेको छ । यस्तै सडक र सार्वजनिक स्थानमा यौन व्यवसाय चलेको पाइएको छ । यस्त्ै मनलाग्दी खर्चका लागि यौनकार्यमा बालिकालाई संलग्न गराइएको पाइएको छ । यस्तै बालिकालाई अश्लील चित्र देखाएर पनि यौन हिंसा गरेको पाइएको छ ।
कार्यकारी निर्देशक धितालका अनुसार बालबालिका स्वयं वा तेस्रो पक्षलाई कुनै पनि नगद वा जिन्सी सामग्रीका रूपमा आर्थिक लाभ हुने गरी बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउनु व्यावसायिक बालयौन शोषण हो । बाल यौनशोषण हुने मुख्य स्थानमा सडक, सार्वजनिक स्थान, होटेल, गेस्ट हाउस, रेस्टुरेन्ट, वयस्क मनोरञ्जनका क्षेत्रहरू पर्छन् । मनोरञ्जनका क्षेत्रका रूपमा डान्सबार, भट्टी पसल, खाजाघर, केही चियापसल, मसाज पार्लर आदि पर्छन् । बालिकामाथि हुने यौन हिंसाका पीडकलाई कारबाही हुन आवश्यक देखिएकाले यसमा सञ्चारमाध्यमले सशक्त रूपमा कलम चलाउनुपर्नेमा उनको जोड थियो ।
धितालका अनुसार व्यावसायिक बाल यौन शोषणको अवधिक एकीकृत तथ्यांकको अभाव छ । तैपनि काठमाडौं उपत्यकामा अन्दाजी ११ हजारदेखि १३ हजार महिला यौन व्यवसायमा संलग्न छन् । सन् २०१० को एक अध्ययनअनुसार एकतिहाइ १८ वर्षमुनिका बालिका छन् । मनोरञ्जन व्यवसायमा संलग्न महिलामध्ये ३३ प्रतिशत १८ वर्षमुनिका बालिका रहेको तथ्यांकले जनाएको छ ।
शक्ति समूहले सन् २००८ मा गरेको अध्ययनअनुसार मनोरञ्जन व्यवसायमा संलग्न महिलामध्ये ३३ प्रतिशत १८ वर्षमुनिका बालिका छन् । मनोरञ्जनका क्रममा ९३ प्रतिशतले कामका क्रममा यौनदुव्र्यवहार सहनुपर्छ । ३७ प्रतिशत बालिकाले ग्राहकलाई यौन सेवा प्रदान गर्ने शक्ति समूहले गरेको अध्ययनको तथ्यांकमा छ । राष्ट्रिय मानवअधिकार आयोगको सन् २०१६ को प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा रहेका मनोरञ्जनका उद्योगहरूमा कार्यरत महिलाहरू बेचबिखनको जोखिममा रहेका छन् ।
कार्यक्रममा बाल यौन हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुराहरू, यसका चुनौती लगायतका विषयमा पनि जानकारी दिइएको थियो । बालबालिकाको बिटमा कलम चलाउने सञ्चारकर्मी, अभियानकर्ता तथा बालबालिकाकै क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा बालबालिकाको सर्वांगीण विकासका लागि गर्न सकिने क्षेत्रका विषयमा पनि छलफल भएको थियो । बालबालिकाका समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सजगताका विषयमा पनि जानकारी दिइएको थियो ।
कार्यक्रममा कार्यकारी निर्देशक धितालले सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औल्याउँदै भने, ‘सञ्चारले नकारात्मक कुरा मात्रै होइन सकारात्मक कुरालाई पनि स्थान दिनुपर्छ । सकारात्मक कुराले नै समाज परिवर्तनमा मद्दत पुग्छ ।’ उनले बालबालिकामाथि भएका यौनहिंसाका घटना सार्वजनिक गरेसँगै सञ्चारमाध्यमले पीडकलाई कारबाहीको दायरासम्म ल्याउन भूमिका खेल्न आवश्यक रहेको बताए । ‘अझै पनि बालिकामाथि हुने हिंसाका घटना भइरहेकै छन् । हाम्रो आँखा चिम्लने प्रवृत्ति हटाएर पीडकमाथि कारबाही हुनेसम्मको अवस्थामा पुर्याउन दायित्व सम्झन आवश्यक छ,’ उनले भने, ‘ हिंसामा परेका बालबालिकाको उद्धार मात्रै नभई पीडकलाई कारबाही र पीडितको भविष्य सुनिश्चित बनाउन तर्फ अग्रसर हुनुपर्छ ।’
कार्यक्रमका सहभागीले पनि सरकारी निकाय सञ्चारमैत्री नहुँदा पनि बालबालिकाको विषय राम्रोसँग उठान हुन नसकेको आरोप लगाए । केन्द्रीय बालकल्याण समिति, बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी निकाय तथा सरोकारवाला निकायले हिंसामा परेका बालबालिकाको यकिन ताजा तथ्यांक तयार गर्नका लागि सुझाव दिए । उनीहरूले सबै सञ्चार क्षेत्रमा बालबालिकाको बिटको विकास भए बाल हिंसाका घटनामा पनि कमी आउनेमा जोड दिए । यसको जवाफमा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले चाँडै विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा मालिकसँग बसेर बिटको व्यवस्था गर्न प्रस्तव राख्ने बताए । गिरीले पनि बालबालिकाका छुट्टै बिट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि बनेका नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले पनि अन्य बिट जस्तै बालबालिकाको पनि अलग्गै बिट हुनुपर्ने बताए । उनले कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुँदा पनि बालबालिकाको क्षेत्रमा गरिएको काम धेरै प्रभावकारी नभएको जानकारी दिए । अध्यक्ष विष्टले महासंघ केन्द्रीय बाल कल्याण समितिसँग सहकार्य गरी बालबालिकाको हिंसा न्यूनीकरणमा हातेमालो गर्न तयार रहेको बताएका थिए । उनले बालबालिकाका समाचार तयार गर्दा संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘बाल संवेदनशील पत्रकारिता कसरी गर्ने भन्नेमा सञ्चारमाध्यमको उत्तिकै भूमिका रहन्छ, सबै सचेत भई रिपोर्टिङ गर्दा थालिएको अभियानले पनि सार्थकता पाउनेछ । बालबालिका हिंसा अन्त्यका लागि निर्देशिका तयार भइसकेको र चाँडै सार्वजनिक हुने कुरा पनि अध्यक्ष विष्टले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि थप आचारसंहिता बनाउन आवश्यक रहेको औंल्याए । अध्यक्ष गिरीले मुलुकका १४ अञ्चलकै सञ्चारकर्मीसँग समन्वय, सहकार्य गरी अभियानलाई तीव्रता बनाउनेमा जोड दिए । ‘बालबालिका हिंसा अन्त्यका लागि केन्द्रीय बालकल्याण समिति आउने सबै चुनौती सामना गर्न तयार छ,’ अध्यक्ष गिरीले भने, ‘हामी सबै एकजुट भई बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि आवाज उठाउन आवश्यक छ । सबैको हातेमालोबाट नै यो सम्भव छ ।’
बालबालिकामाथि हुने व्यावसायिक यौन शोषणविरुद्ध जनचेतनामूलक अभियानअन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा बालबालिकामाथि रिपोर्टिङ गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा पनि छलफल भएको थियो ।
बालबालिका हिंसा अन्त्यका लागि मुलुकमा रहेका केही कानुनी प्रावधान
– नेपालको संविधान २०७२
– बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१
– बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ र नियमावली २०६२
– बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९
– मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०२३
– कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण), ऐन २०७१
– श्रमजीवी महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडित नियन्त्रण गर्न जारी गरिएको निर्देशिका , २०६५
– विद्युतीय कारोबार ऐन २०६३
- एस रेग्मी, काठमाडौं ।
दोस्रो
जनआन्दोलनको सफलतापछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्तिप्रक्रियामा
आयो । विस्तृत शान्तिसम्झौतालगायत सहमतिपछि दलहरूबीच अन्तरिम
व्यवस्थापिका–संसद् गठन गर्ने सहमति बन्यो । उक्त व्यवस्थापिका–संसद्मा
माओवादीले पाएको ७३ जना ‘सांसद’ कोटामा भक्तपुरकी नारायणीदेवी श्रेष्ठ
पनि मनोनीत भएकी थिइन् । कलाकारका रूपमा राजनीतिक जीवन सुरु गरेकी श्रेष्ठ
०५२ सालमा माओवादीले थालेको जनयुद्धसँगै पूर्णकालीन भइन् । नारायणीका
श्रीमान् वासुदेव चुवाल राज्यद्वारा बेपत्ता पारिएका छन् । तर, एक वर्षयता
उनी राजनीतिमा कम, व्यवसायमा बढी समय दिइरहेकी छिन् । अहिले उनी भक्तपुरको
कमल विनायकमा म:म कार्निभल एन्ड फास्टफुड चलाइरहेकी छिन् । राजनीतिक यात्रा
तथा व्यावसायिक जीवनबारे श्रेष्ठकै शब्द :
कलाकार हुँदै पार्टीमा
देशको राजधानीभित्रकै बासिन्दा भए पनि १२ वर्षको उमेरमै मेरो बिहे भयो, ललितपुरको टंगाल भन्ने स्थानका वासुदेव चुवालसँग । मेरो माइती र घर दुवै राजनीतिक रूपमा सचेत परिवार नै हो । त्यसैको प्रभावस्वरूप सानैदेखि म कलाकार हुँदै राजनीतिमा लागेकी हुँ । बिहेपछि पनि म कुनै न कुनै रूपमा राजनीतिमा जोडिएँ । ०५२ सालमा जनयुद्ध सुरु भएसँगै म पूर्णकालीन कार्यकर्ताका रूपमा होमिएँ ।

जनयुद्ध घोषणाअघि सांस्कृतिक
कार्यक्रममार्फत जनतालाई परिवर्तन गर्ने काममा हामी व्यस्त भयौँ ।
त्यसक्रममा पार्टीले काठमाडौं उपत्यकामा भलका (भक्तपुर–ललितपुर–काठमाडौं)
अभियान गरेको थियो । त्यसमा सहभागी भएर म यी तीनवटा जिल्लाका विभिन्न
ठाउँमा पुगेँ । त्यसवेला उमेर अलि सानै भए पनि चिठीपत्र ओसार–पसारलगायतका
काममा म बढी सक्रिय रहन्थेँ ।
जनयुद्धका समयमा पार्टीले विभिन्न
जिल्लामा खटायो । मैले पार्टीको निर्देशनअनुसार जिम्मेवारी निर्वाह गर्दै
गएँ । ०५८ सालमा पाल्पा तथा पर्वत जिल्लामा जिम्मेवारी पर्यो । राजधानीका र
सहरी क्षेत्रका कार्यकर्तालाई गाउँसँग जोड्ने अभियान थियो त्यो । त्यहाँ
केही समय काम गरेर म फेरि काठमाडौं फर्किएँ । त्यसपछि मेरो जिम्मेवारी
काभ्रेपलाञ्चोक जिल्ला पर्यो । काभ्रे र आसपासका जिल्लामा दुई–तीन वर्ष
बसेर काम गरेँ ।
काभ्रेमा हुँदा जातीय रूपमा केही समस्या
पनि आयो । त्यसको चपेटामा म पनि परेँ । काभ्रेमा तामाङ र नेवार भनेर
केहीबाट भेदभाव भयो । जिम्मेवारीमा पनि कटौती गरियो । स्थानीय भाषा जानेको
भनेर तामाङलाई प्राथमिकतामा पारियो । तर, त्यसलाई हामीले ठूलो रूपमा लिने
कुरा भएन, लिएनौँ पनि । जसरी जहाँ भए पनि, जुन जिम्मेवारीमा भए पनि
क्रान्तिका लागि काम गर्ने नै हो भनेर राजनीतिमा क्रियाशील रहिरहेँ ।
काभ्रेमा रहँदा लामो समयसम्म एसिएम (एरिया कमिटी मेम्बर) बनेर काम गरेँ ।
त्यहाँ पनि मैले सांस्कृतिक मोर्चा तथा संगठनमा रहेर काम गरेँ । जनसेनामा
भने कहिल्यै जिम्मेवारी परेन । शान्तिप्रक्रियासँगै म राजधानी छिरेँ ।
काठमाडौं आइसकेपछि भने पार्टीले मेरो जिम्मेवारी बढायो ।
काम गर्न केको लाज ?
दोस्रो जनआन्दोलनपछि शान्तिप्रक्रिया सुरु भयो । पार्टी र सरकारबीच अन्तरिम व्यवस्थापिका–संसद् गठन गर्ने सहमति भयो । पार्टीले मलाई उक्त संसद्को सदस्यको रूपमा मनोनीत गर्यो । पार्टीबाट एकैचोटि विधायिकाको जिम्मेवारी परे पनि सकेको भूमिका निर्वाह गरेँ ।

उक्त अन्तरिम व्यवस्थापिका–संसद्को सदस्य
बनाएपछि पार्टीले अरू महत्त्वपूर्ण जिम्मेवारी दिएको छैन । तैपनि, मैले
राजनीति पूरै छोडेको छैन । तर, पहिलेजस्तो पूर्णकालीन भएर सबै जिम्मेवारी
पार्टीले हेर्ने अवस्था नभएपछि दैनिक जीवन सञ्चालनका लागि कुनै न कुनै
काममा जोडिन बाध्य हुनुपर्यो । बदलिएको परिस्थितिमा राजनीतिक योजनाभन्दा
पनि व्यक्तिगत योजनालाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ । श्रीमान्
हुनुहुन्न । जनयुद्धको अवधिमा राज्यद्वारा बेपत्ता पारियो । घरको आर्थिक
अवस्था त्यति राम्रो छैन । त्यसैले जीवन धान्नलाई नै गाह्रो भयो ।
श्रीमान्विनाको जिन्दगी मुस्किल हुँदो रहेछ । हाम्रो एउटा छोरो छ । ऊ अहिले
११ कक्षामा अध्ययन गर्दै छ । उसको पढाइलेखाइमा ध्यान दिनुपर्ने दायित्व
मेरो काँधमा मात्रै छ । बेपत्ता परिवारलाई सरकारले दिने भनेको राहत पनि
पूरा पाउन सकिएको छैन । त्यो पाउन सकेको भए पनि केही राहत हुन्थ्यो ।
माइतीले पनि हेर्न सक्ने अवस्था छैन । जीविकोपार्जन गर्न व्यवसाय गर्ने
मनसाय बनाएँ । मैले यो कुरा पार्टीमा पनि राखेँ । पार्टीले अनुमति दियो ।
त्यसपछि म यो व्यापारमा लागेकी हुँ ।
करिब तीन लाखबाट मैले यो व्यापार सुरु
गरेकी हुँ । पहिले कौशलटारमा साथीले सञ्चालन गरिरहेको पसल किनेर व्यापारमा
हात हालेकी हुँ । अहिले भने कमल विनायकमा चलाइरहेकी छु । यहाँको व्यापार
उत्कृष्ट नभए पनि सन्तोषजनक नै छ । दिनमा चार–पाँच हजारको आम्दानी भइरहेको छ
। कमल विनायकमा व्यापार नयाँ भए पनि ग्राहकले मेरो फास्टफुडको म:म राम्रो
मान्नुभएकाले दिन–प्रतिदिन राम्रै भइरहेको छ । पसलमा म आफैँ खट्छु । दुईजना
सहयोगी छन् ।
यो व्यापार थालेको एक वर्ष भयो । व्यापारमा आर्थिक पक्ष महत्त्वपूर्ण हुँदो रहेछ । लगानी राम्रो गर्न सके राम्रै प्रतिफल आउने, तर आर्थिक अभावले समस्या पारिरहेको छ । लगानी गरिदिने निकाय पनि छैन । ऋण गरौँ भन्ने सोचेँ, तर पत्याएनन् । त्यसमा पनि महिला भनेपछि फरक व्यवहार हुने रहेछ । बैंकबाट ऋण लिऊँ भन्यो धितो माग्छ । धितो राख्ने केही छैन । पर्याप्त लगानी नभएपछि व्यापार पनि सोचेजस्तो गर्न सकिँदो रहेनछ । स्वरोजगार कोषबाट पनि ऋण निकालेर व्यापार बढाउने विचार गरेकी थिएँ । त्यो पनि सम्भव भएन । त्यसैले जति छ, त्यतिमै चित्त बुझाएर व्यापार थालेँ ।

ममा पहिल्यैदेखि गरिखान केको लाज भन्ने
सोच थियो । हामी गरिखाने वर्गका मानिस हौँ । हामीले राजनीति गर्दा पनि
श्रमिक वर्गको पक्षमा गरेका थियौँ । हो, विधायक भइसकेपछि म:म पसल भनेर
केहीले नाक खुम्च्याउन पनि सक्छन् । तर, काम गरिखान केको लाज ? चोर्न पो
लाज मान्नुपर्छ । मेरो पसलमा म:म खान आउने धेरैले मलाई चिन्दैनन् ।
कोही–कोही चिन्नेहरू ‘माननीयज्यू मम खाउँ न’ पनि भन्छन् । उहाँहरूले रमाइलो
गरेर त्यसो भन्नुभएको हो भन्ने बुझेकी छु । त्यसैले यो काम गर्न खासै
अप्ठयारो महसुस भएको छैन । म यो व्यवसायबाट मूलभूत रूपमा सन्तुष्ट नै छु ।
म व्यापारसँगै अझै पार्टीमा पनि सक्रिय छु
। अहिले राजनीतिलाई थोरै र आफ्नो व्यवसायलाई धेरै समय दिइरहेकी छु । दैनिक
जीवन सञ्चालनका लागि पनि पार्टीभन्दा व्यवसायलाई प्राथमिकता दिएर काम
गरिरहेकी हुँ ।
दोहोरो विभेदको सिकार
अहिले राजनीतिबाट सायद कोही नेपाली पनि सन्तुष्ट छैन । म पनि छैन । अहिले मुलुक संविधान बनाउने क्रममा छ, तर यो आकाशको फलसरह भएजस्तो लाग्छ । अहिलेको अवस्थामा संविधान बन्लाजस्तो पनि लाग्दैन मलाई । दलहरूकै खिचातानीले यो सम्भव छैनजस्तो देखिन्छ । तथापि, दलहरू मिलेको खण्डमा यो असम्भव भन्ने विषय पनि होइन । संविधान बन्नुपर्छ भन्ने मेरो पनि धारणा हो ।

म त अझ श्रीमान् बेपत्ता बनाएकी एक महिला
हुँ । राज्य र विद्रोहीबीच सहमति भएर नयाँ राजनीतिक व्यवस्था सुरुवात भएपछि
राज्यबाट विभेद गरिन नहुने हो । आज देशमा आएको गणतन्त्र आउनमा हामीजस्ता
राजनीतिककर्मीको पनि भूमिका थियो । मेरो श्रीमान् जनताको मुक्तिप्राप्तिका
लागि लड्ने क्रममा तत्कालीन शाही शासनद्वारा बेपत्ता पारिनुभयो । जनता र
देशका लागि केही गर्नुपर्छ भनेर म राजनीतिमा लागेकी हुँ । श्रीमान्ले
थालेको कामलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताले राजनीतिमा अझ सक्रिय
भएकी हुँ । तर, अहिले हामीलाई अपमान गरिएको छ । त्यसैले बेपत्ता, सहिदका
सपना पूर्ण रूपमा साकार नभएको देख्दा दिक्क लागेर आउँछ । राजनीतिबाट अहिले
तत्काल सबै कुरा प्राप्त हुन्छ भन्ने मलाई लाग्दैन, तर राहतका केही न केही
काम त हुनुपर्यो नि †
राज्यले सहिद भएका, बेपत्ता पारिएका तथा
द्वन्द्वपीडितलाई भिन्दाभिन्दै वर्गमा राखेको छ । सहिदका सन्तानलाई मासिक
रकमको व्यवस्था भए पनि बेपत्ता सन्तानका लागि भने १८ वर्षसम्म मात्रै
छात्रवृत्तिको व्यवस्था गरेको छ । वास्तवमा सबैलाई समान रूपले हेर्नुपर्ने
राज्यको दायित्व हो । सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पनि
दिइने भनेको रकम न्यून रूपमा मात्र उपलब्ध गराइएको छ । राज्यले कमसेकम
हामीजस्ता पीडितका सन्तानलाई चाहेजति शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा
पूर्ण सहयोग गर्नुपर्ने हो ।
सरकारले द्वन्द्वपीडितलाई दिने भनेको राहत
पूर्ण रूपमा दिनुपर्यो । जनतालाई झुक्याउने र झुलाउने काम राज्यबाट
हुनुभएन । राज्यले स्वास्थ्य, शिक्षालगायतका कुरामा आफ्ना सबै नागरिकलाई
हेरिदिनुपर्ने हो । सरकारमा रहेका पार्टीका नेताहरूको उपचार गर्न करोडौँ
सरकारी रकम खर्च गरिएको छ । तर, गणतन्त्रलगायतका उपलब्धि ल्याउन योगदान
गर्नेलाई बेवास्ता गरेको छ । यो मेरो मात्रै समस्या होइन । यो धेरैको साझा
समस्या हो । अपांग, घाइते, सहिद, बेपत्तालगायत सबैलाई सरकारको उच्च सहयोग
चाहिएको छ । कमसेकम आधारभूत कुरामा राज्यले सहयोग गरे पनि हामीलाई खुसी नै
लाग्थ्यो ।
राज्यले त विभेद गर्यो–गर्यो, पार्टीका
केही नेताले कार्यकर्ताको परिवारभन्दा पनि आ–आफ्नो परिवारलाई मात्र
व्यवस्थित गर्नतर्फ लागेको हुँदा अलिक मन दुखेको छ । पार्टीले
द्वन्द्वपीडित, सहिद परिवार तथा आफ्ना कार्यकर्ताका लागि केही पहल
गर्नुपर्ने आवश्यकता छ । हामीजस्ता श्रीमान् नभएका र आर्थिक अवस्थाका कारण
घरपरिवार तथा माइतीतर्फबाट सहयोग हुने सम्भावना नभएका महिलालाई पार्टीले
हेरिदिए हुन्थ्यो भन्ने आश लाग्दो रहेछ । हामीजस्ता कार्यकर्तालाई पार्टीले
सहारा दिई उत्प्रेरणा जगाउनुपर्नेमा पार्टी आफैँ आन्तरिक द्वन्द्वको
भुमरीमा फसेको देख्दा नमज्जा लाग्छ ।
काठमाडौं/ अमेरिकामा रहेको हेल्प फर डिस्परेट एन्ड निडी पिपुल (एचडिएनपी)ले राष्ट्रिय पीडित परामर्श युवा समाज र अल्का अस्पतालको सहयोगमा पशुपति परिसरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिवरात्रिको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न आउनेहरूको नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो । नि:शुल्क शिविरमा करिब सात सयजनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । शिविरमा नि:शुल्क खानेपानीको समेत व्यवस्था गरिएको थियो । स्वास्थ्य शिविरमा अल्का अस्पतालको सहकार्यमा बिरामीलाई नि:शुल्क औषधि वितरण गरिएको थियो ।
पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई अल्का अस्पतालकै चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए भने अन्य व्यवस्थापन एचडिएनपी र राष्ट्रिय पीडित परामर्श युवा समाजका स्वयंसेवकहरूले गरेका थिए । स्वास्थ्य शिविरमा गम्भीर प्रकृति बिरामीका लागि भनेर एम्बुलेन्सको समेत व्यवस्था गरिएको थियो । यस्तै सिंहदरबार वैद्यखानाले पनि औषधिको सहयोग प्रदान गरेको थियो ।
सन् २०१२ मा अमेरिकाको टेक्सासमा रहेका नेपालीहरूद्वारा सञ्चालित एचडिएनपीले नेपालमा पनि विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा समाजसेवामा योगदान पुर्याउँदै आएको छ । यो अमेरिकामा बस्ने नेपालीहरूको संयुक्त प्रयासमा सञ्चालित नाफारहित गैरसरकारी संस्था हो ।
कम्प्युटरमा काम गर्दा हरेकपटक माउस
चलाउँदा हैरान हुनुभएको छ
? त्यसो भए तपाईका
लागि केही सहज
उपायहरु छन जसले तपाईको
कम्प्युटरमा काम गराईलाई सजिलो
बनाइदिनेछ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट
फर्मूलाहरु हुन्छन, जसले गर्दा
तपाईले हरेकपटक माउस
चलाउन पर्दैन, किबोर्डबाटै छिटो
र सजिलोसँग गर्न
सक्नुहुन्छ ।
माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल
लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी
नम्बरहरु सेट गरिएको हुन्छ
। तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि
यहाँ उल्लेखित टिप्स
सामान्यजस्ता लाग्न सक्छन् ।
तर, नयाँ प्रयोगकर्ता र
तालिम नलिइ कम्प्युटर चलाउन
सुरु गर्नुभएका प्रयोगकर्ताका लागि
भने यी टिप्स
दैनिक जीवनका लागि
निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ
गरिरहनुभएको छ । मोजिला,
गुगल क्रोम लगायतमा तपाईले
एउटै विन्डोभित्र धेरै
ट्यावमा नयाँ नयाँ साइट
खोल्न सक्नुहुन्छ ।
तर, तपाईंले कुनै
एउटा ट्याव वा
पुरै विण्डो बन्द
गर्नुप¥यो भने
माउस चलाइरहनुपर्दैन् ।
Ctrl + W ले
एउटा ट्याव बन्द
हुनेछ भने Ctrl + Shift + W ले पुरै
विण्डो बन्द हुने
छ ।
कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि
कुनै ट्याव बन्द
भयो भने पनि
त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ
। यसका लागि
तपाईंले Ctrl
+ Shift + T प्रयोग
गर्नुपर्छ । यदि नयाँ
ट्याव खोल्नुपर्यो भने Ctrl
+ T गर्दा
पुग्छ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा
केही टाइप गरिरहनुभएको छ,
र फण्ट साइज
निकै धेरैपटक घटाउनु
वा बढाउनुपर्ने छ
भने हरेक पटक
माउसको सहारा लिनु
पर्दैन् । तपाईले परिवर्तन गर्न
चाहेको अक्षर सेलेक्ट गर्नुहोस ।
साइज बढाउनका लागि Ctrl
+ ] को
प्रयोग गर्नुहोस्, घटाउनका लागि
Ctrl + [
३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो
खोलेर काम गर्नुपर्दा दायाँ
हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ
। विण्डो परिवर्तनका लागि
तपाई किबोर्डबाटै काम
चलाउन सक्नुहुन्छ, जुन
छिटो पनि हुन्छ
। यसका लागि
विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न
सक्नुहुन्छ ।
विण्डोज ७ र ८
भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न
सक्नुहुन्छ ।
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ
र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ
गर्नुपर्ने अबस्था आयो ।
घरि इन्टरनेट खोल्ने
र घरि वर्डमा
आउने गर्दा काम
दिक्कलाग्दो हुन्छ । यो
दिक्दारी घटाउन तपाईले एउटै
स्क्रिनभित्र दुईवटा विण्डो बनाउन
सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो
परिवर्तन गर्नुपर्दैन् ।
यसका लागि तपाईले
वर्ड फाइल खोल्नुहोस र Windows
+ right arrow key थिच्नुहोस् ।
यसले गर्दा तपाईको
वर्ड फाइल दायाँ
सर्छ । अब
तपाईले बायाँपट्टीको अर्को
विण्डोमा सजिलै सर्फ गर्न
सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ
सार्न सक्नुहुन्छ ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन
सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो ।
यसले तपाईको फाइल
फोल्डरबाट मात्र हट्छ तर
रिसाइकल बिन फोल्डरमा भने
रहिरहन्छ । यदि तपाईले
त्यसको सट्टा Shift + Del गर्नुभयो भने
तपाईको फाइल कम्प्युटरबाट सधैंका
लागि हट्छ ।
तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने
डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ ।
ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ
।
६. शब्द गन्ने र अक्षर ठूलो सानो गर्ने
कुनै काम गर्दा
जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न
भनिएको हुन्छ ।
यसका लागि हरेकपटक टुल
मेनुमा गएर वर्ड
काउन्टमा जानु पर्दैन यदि
तपाईले सर्टकट प्रयोग
गर्नुभयो भने । यसका
लागि तपाईले Alt + T + W थिचे पुग्छ
।
यसैगरि तपाईले अंग्रेजीमा टाइप
गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर
र स्मल लेटर
चेन्ज गर्नुपर्ने हुन्छ
। यसका लागि
तपाईले हरेकपटक ती
अक्षर ठूलो वा
सानोमा टाइप गरिरहनु पर्दैन् ।
जुन अक्षर परिवर्तन गर्नुपर्ने हो,
त्यसलाई सेलेक्ट गर्नुस र Shift + F3 थिच्नुस् ।
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै
विण्डोज खोल्नुभएको छ र यस्तो
अबस्थामा सिधै डेस्कटपमा जान
चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द
गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको
विण्डो किका साथ
मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान
सकिन्छ । काम
सक्नुस र फेरि
त्यही प्रकृया अपनाउनुस्, तपाई
पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ ।
यदि तपाई कम्प्युटर लक
गर्न चाहानुहुन्छ भने
Windows +L हान्नुहोस् ।
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम
गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ ।
यस्तो बेलामा तपाईले
केही सर्टकट कि
प्रयोग गर्नुभयो भने
टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ ।
जस्तो कि, तपाईले
Shift + Home गर्नुभयो भने
तपाईको क्रसर जहाँ
छ त्यहाँबाट सुरुसम्मको सवै
अक्षर सेलेक्ट हुन्छ
। यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने
क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ
।