पछिल्ला सामग्री :
उज्ज्वलको ‘न्यानो सहर’ अस्ट्रेलियामा

अस्ट्रेलिया/ गायक उज्ज्वल केसीको पहिलो गीति एल्बम ‘न्यानो सहर’ अस्ट्रेलियाको पर्थ सहरमा विमोचन भएको छ ।

पर्थका नेपाली समुदाय अग्रजहरु विनय भट्टराई, यादव शर्मा, केदार रिजाल, भैरव ढकाल लगायतका विशिष्ट अतिथिहरुले ‘न्यानो सहर’को विमोचन गरेका थिए । कार्यक्रम पर्थ नेपाल इवेंट्सको आयोजनामा स्थानीय बालकट्टास्थित वस्त्टो क्लबमा भएको थियो । विमोचन कार्यक्रममा गाएक उज्जवले एल्बमका गितहरु पनि गाएका थिए । नेपालमा यो एल्बमको औपचारिक विमोचन नभएपनि रेडियो, टेलिभिजनमा भने हिट भइसकेको छ । केही समय पछि नेपाल फर्केर विमोचन गर्ने गाएक उज्ज्वले जानकारी दिएका छन् ।

विकल्प क्रियशनमार्फत बजारमा आएको ‘न्यायो सहर’ पप/आधुनिक शैलीका ६ वटा गीत समाविष्ट गरिएको छ । एल्बममा शीर्ष गीत ‘न्यायो सहर’सँगै ‘परिवर्तन’, ‘रातमा’, ‘एक्लो’, ‘रुन्न भन्थे’ र ‘बर्सिदेउ’ बोलका गितहरु रहेका छन् । जसमध्ये शिर्ष गितको रचना र सगीत मनिष गोदार, ‘परिवर्तन’ र ‘एक्लो’को विकास भुजेल, ‘बर्सिदेउ’को हर्कुलस बस्नेत र ‘रुन्न भन्थे’को सचिन थापाले गरेका हुन ।

 ‘रातमा’को रचना अरुण तिवारीले गरेका हुन् भने कल्याण सिंहको सगीत सुन्न सकिन्छ । त्यस्तै, एल्बमका गीतहरुमा विकास भुजेल, गोपाल रसायली र मनिष गोदारको एरेन्ज रहेको छ । जसमध्ये ‘परिवर्तन’ र ‘रातमा’को म्युजिक भिडीयो पनि तयार पारिएको छ । दुवै भिडीयोमा गाएक उज्ज्वलाई देख्न सकिन्छ । एल्बममा सग्रहित ‘बर्सिदउ’ बोलको गीतमा प्रकृतिको सुन्दर छटा वर्णन गरिएको छ ।

त्यस्तै, अन्य गीतहरुमा मानवजीवनका उतारचढाव र प्रेम भावनालाई अभिव्यक्त गर्ने प्रयास गरिएको छ । अस्ट्रेलियाबाट सिभिल इन्जिनियरिङमा ब्याचर सकिसकेका उज्ज्वल सोही विषयमा मास्टर्स गर्ने तयारीमा रहेका छन् । साथै संगीतलाई पनि निरन्तरता दिने उनले जानकारी दिएका छन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.