पछिल्ला सामग्री :
चोर्नुको पनि हद हुन्छ नि कृष्णजी !

पहिलेपहिले नेपाली फिल्मको पोस्टर चोर्न पल्केका निर्माताहरू अब त आफ्ना पुस्तकका कभरका तस्वीर पनि चोरेरै काम चलाउन थालेका छन् । रक्तकुण्डजस्तो चर्चित पुस्तक लेखेका कृष्ण अविरलले आफ्नो नयाँ पुस्तक ‘विषपुरुष’को कभर भने एक चिनियाँ वेबसाइटबाट हुबहु चोरेका छन् । उनले समुद्रको बिचमा प्रेमलापमा मग्न एक जोडीको तस्वीर आफ्नो प्रकाशोन्मुख ‘विषपुरुष’को कभरमा राखेका छन् ।

अविरलले यसअघि थुप्रै पुस्तकहरू नेपाली पाठक सामु पुर्‍याएर लोकप्रियता कमाइसकेको भए पनि यसरी आफ्नो आउन लागेको उपन्यासको कभरमा विदेशीको तस्वीर हुबहु चोरेर राख्नुहुन्थेन । हुन त उनले पुस्तकमा यसबारे स्रोत खुलाएका छन् वा छैनन् भन्नेसहित पत्रकार गोकर्ण गौतम यसो लेख्छन्, ‘पहिले–पहिले नेपाली फिल्मका पोस्टर चोरिएका हुन्थे तर आजकल त उपन्यासका कभरहरू पनि चोरिन थालेछन् । कृष्ण अविरलको नयाँ उपन्यास ‘विषपुरुष’को कभर पनि चोरिएको पाइयो । भलै उनले किताबभित्र स्रोत पनि खुलाएका हुन सक्छन् । तर, नबुझेको कुरा के हो भने ‘भर्जिन’ उपन्यास लेख्नेले कभर पनि ‘भर्जिन’ नै राख्न किन अल्छी गरेको होला ?’

यसको ओरिजिनल फोटो हेर्नका लागि यसमा क्लिक गर्नुहोला ।


यता फेसबुकमै उपन्यास ‘विषपुरुष’को आवणबारे कृष्णजीको स्टाटस भने यस्तो छ ।

मेरो प्रकाशोन्मूख उपन्यास 'विषपुरुष' अर्थात् वेश्या पुरुषको आवरणका बारेमा प्रतिक्रिया र सुझाव दिनुहुने सबैप्रति हार्दिक आभार । दाजु लेखनाथ भण्डारीको दार्शनिक अभिव्यक्तिप्रति चीर ऋणी छु । तपाईंहरुको अमूल्य सुझावको उच्च सम्मान गर्दै अवरणमा परिमार्जन गर्ने कुरा जानकारी गराउन चाहन्छु । प्रकाशोन्मूख उपन्यासको आवरण तपाईंलाई कस्तो लाग्यो ? नधकाइ प्रतिक्रिया पाउं है ?

तसर्थ कृष्णजी तपाईंले यत्रो पुस्तक लेख्न सक्नेले आफ्नै क्रियसनमा एउटा कभरको तस्वीर राखेको भए नेपाली पाठक तथा तपाईंलाई माया गर्नेहरूले धन्यवाद त दिन्थे होलान् कि ? आगे तपाईंकै मर्जी ।

अनि पाठकहरू तपाईंलाई पनि मनमा कुनै जिज्ञासा भए nepalidarpan@gmail.com मा इमेल तथा कमेन्ट गर्नसक्नुहुन्छ ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.