पछिल्ला सामग्री :
सुन्दर भाले कम सफल !

तपाइ सुन्दर हुनुहुन्छ भने धेरैको आँखा परिहाल्छ । मान्छेले आँखा तन्काई तन्काई, गर्धन बटारी बटारीपनि हेर्छन् । खासगरि सुन्दर पुरुषलाई महिलाले यस्सो छड्के पारि पारि हेर्छन् । सुन्दर महिला छन् भने पुरुषहरुले त झन ज्याननै फालौंला झैं गर्ने नै भए । तर जिवजन्तुमा ? यिनमा चाहिँ हेर्दा सुन्दर भएर मात्रै ले चल्दैन । बलियापनि हुनुपर्छ । जसले पोथीको रक्षा गर्न सकोस् । उसबाट जन्मिने लालाबाला बलिया होउन् । त्यसैले सुन्दर मान्छे, सुन्दर भालेलाई धेरैले पत्याउँछन् । कोहि एक जनालेपनि नपत्याएर जिल्लाराम हुन्छन् ।
तर जिव जन्तुमा भने सुन्दर भालेले धेरै पोथी पट्याउने कारण त अर्कोपनि छ । भालेले धेरै पोथीसित संसर्ग गर्न सक्ने, धेरैले पत्याउने कारण शुक्रकिटको खेल रहेछ । यस्ता कामुक (सेक्सी) भालेहरुले निर्बलिया, कुरुप भालेले भन्दा थोरै शुक्रकिट छोड्ने रहेछन् । अर्थात् जोगाई जोगाई छोड्ने गर्योल । जोगाएर राखेको शुक्रकिटले धेरै पोथीलाई संभोग गर्यो, मस्ति लियो ।
आकर्षक भालेहरुसित संभोग गर्यो भने तिनबाट जन्मिने (चराका बचेरालाई भन्नुपर्दा कोरलिने) बचेरा सुन्दर र स्वस्थ हुन्छन् भन्ने पोथीहरुले ठान्छन् । तर पछिल्लो अनुसन्धानले के देखाएको छ भने यस्ता सुन्दर भालेसित संभोग गर्दा सायद पोथीले ठाने जस्तो नहुन सक्छ । बरु कम उत्पादनमुलक हुन सक्छ । हेर्दा राम्रा । यौनको सन्तुष्टिपनि मजजले दिने । तर प्रजनन क्षमता भने कम ।
त्यो पत्ता लगाउन कसो गर्ने त ? बैज्ञानिकहरुले भालेले सहबास गर्ने बेला कसरि शुक्रकिट खसाल्छ, त्यसको मात्रा उसको थैलीमा कति हुन्छ भन्ने अनुसन्धान गरे । उसले संभोग गर्दा प्रयोग गर्ने मात्रा र त्यसको रणनितिपनि अध्ययन गरे । संभोग गर्दाको ढाँचा (प्याटर्न) अनुसार हरेक संभोगमा कति फरक पार्छन् । कति थोरै र धेरै प्रयोग गर्दा रहेछन् भन्नेपनि जाँच गरे ।
अघिल्ला अनुसन्धानहरुले के देखाएका थिए भने घरपालुवा कुखुरा, आर्कटिक चार भनिने माछाहरुमा जसको पोथीसित बढि पहुँच हुन्छ तिनको प्रजजन शक्ति कम हुन्छ । पोथीसित कम पहुँच भएका भालेको भन्दा । जिवजन्तुमा केहि प्रजातिका पोथीहरु एउटा मात्रै पती, प्रेमी वा भालेसित सन्तुस्ट हुँदैनन् । ति यता र उति नचरी लगाउँछन् । भाले खोज्न् चहार्छन् । एउटा भालेलाई खुब माया दिएझैं गर्ने, ज्यान नै फालेझैं गर्ने । तर यस्सो उसको आँखा छलेर अरु भालेसित लसपस गर्न खप्पिस हुन्छन् । आफ्नो भालेलाई कतै अल्झाएर सुटुक्क सुटुक्क संभोग गर्छन् बाहिरिया केहि भालेसित ।
यसरि एउटा पोथीले धेरै भालेसित संसर्ग गर्दा के हुन्छ ? पोथीसित संभोग गर्ने सबै भालेको शुक्रकिटहरुबिच प्रतिस्पर्धा हुन्छ । भालेहरुको शुक्रकिटमा पोथीलाई गर्भ बसाल्ने, स्रोत, तत्व हुनाले तिनले संभोग गरेको हरेक पटक निकै सतर्कतापूर्वक प्रयोग गर्छन् । खुब जतन गरिगरि खसाल्छन् । जसले गर्दा जति धेरै तिनले शुक्रकिट खसाल्यो उति धेरै संख्यामा बचेरा कोरलिउन् भन्ने हुन्छ । यदि भालेले हरेक संभोगपिच्छे धेरै शुक्रकिट छोड्यो भने उसले प्रत्येक संभोग पिच्छे धेरै बचेरा पाउँछ । अर्थात् आफ्नो वंश फैलाउँछ । तर थोरै पटकको संभोगको आधारमा मात्रै त्यो लागू हुन्छ ।
अर्को तर्फ यदि भालेले हरेक संभोग पिच्छे  थोरै शुक्रकिट प्रयोग गर्‍यो भने उसले हरेक संभोग पिच्छे पित्रित्वको मात्रा संचय गरेको हुन्छ । त्यसले गर्दा समग्रमा उसले अझ धेरै पोथीलाई गर्भ बसाएर आफ्नो वंश फैलाउने अवशर पाउँछ । त्यसैले संभोगको संख्या र प्रत्येक संभोगको सफलताबिच बिपरित परिस्थितिलाई मिलाएर सन्तुलनमा ल्याउनु (ट्रेड अफ) भालेकालागि चुनौति हो ।
त्यो चुनौतिलाई उसले कसरि सम्झौता गर्छ भन्ने कुरा उसले कति सजिलोसित पोथीलाई आफूतिर आकर्षित गर्न सक्छ भन्नेमा भर पर्छ । भाले जति सुन्दर भयो उतिनै पोथीहरुले उसित संभोग गर्न खोज्छन् । त्यो भनेको प्रत्येक पटकको संभोगको महत्व घट्नु हो, प्रजननका हिसाबले । किनकि पोथीसित संभोग गर्दा त शुक्रकिटको मात्रा घट्दै जान्छ । शुक्रकिटको मात्रा घट्दै जाँदा प्रजजनको मात्रा घट्दै जान्छ । तैपनि यस्ता सुन्दर भालेसित धेरै पोथीले संभोग गराउने हुँदा समग्रमा चाहिँ यस्ता भालेका बचेरा धेरैनै हुन्छन् ।
अर्कोतिर अलि कम सुन्दर वा हेर्दा कुरुप भालेहरुको भने संभोगको निश्चितता कम हुन्छ । यस्ता भाले पोथीबाट कम पत्याइन्छन् । तर बल्ल बल्ल मौका पाउने हुनाले यस्ता भालेले संभोग गर्दा प्रत्येक पटकको संभोगलाई उच्च प्राथमिकता दिन्छन् शुक्रकिट प्रयोग गर्दापनि । हरेक संभोगलाई उच्च महत्व दिएर धेरै शुक्रकिट छोड्ने हुनाले यस्ता भालेको हरेक संभोगबाट बचेरा बन्ने संभावनापनि बढि हुन्छ । यसैका आधारमा अनुमान गरिएको हो ‘कम सुन्दर भालेसित संभोग गर्दा भन्दा सुन्दर भालेसित संभोग गर्दा कम उत्पादनशिल हुन्छ’ भनेर ।
तर प्रक्रितिमा यसका अझ धेरै उदाहरणपनि छन् । सामान्यतया : के विश्वाश गरिन्छ भने भाले जति सुन्दर भयो, उ जति उच्च गुणको भयो  उतिनै उत्पादनशिल हुन्छ । यसको गतिलो उदाहरण हो, लुइँचे (जंगली कुखुरा) । जंगलमा यि भाले र पोथी मिश्रित समूहमा बस्छन् । पोथीहरु थुप्रै भालेसित संभोग गर्छन् । त्यसैले भालेहरुले आफ्नो शुक्रकिटले जितोस् अरुकोलाई भनेर स्वत : प्रतिस्पर्धा गर्ने भए । तर लुइँचेहरुको सुन्दरता सामाजिक हैशियतको रुपमा बढि खडा हुन्छ, यस्तो समूहमा । माथिल्लो स्तरका वा रवाफिला भालेहरुले पोथीहरुसित बढि सजिलोसित संभोग गर्छन् । तर तिनले कम शुक्रकिट छोड्छन् । त्यसको अतिरिक्त प्रभावशाली वा हैकमी (डोमिनेन्ट) भालेको शुक्रकिट कम गतिशिल हुन्छ । प्रजनन क्षमता र प्रभावकारितापनि कम हुन्छ ।  कम गतिशिल  वा आश्रित भाले (सब अर्डिनेट) को तुलनामा ।
तर आजकाल बैज्ञानिकहरुले क्रित्रिम रुपमा एउटा बलियो चराले अर्को कमजोर चरालाई ठूँगेर आफ्नो प्रभुत्व राख्ने प्रब्रित्ती (पेकिङ अडर) लाई बदल्न सक्छन् । कम रवाफिला भालेहरुको प्रभावकारिता पोथीसित संसर्ग गर्दा बढ्छ ।
तर केहि मात्रै सुन्दर र केहि मात्रै कुरुप भाले मात्रै त हुँदैनन् । जिज्ञासा उठ्न सक्छ, उसो भए समानरुपमा सुन्दर भालेहरुबिच के हुन्छ त ? शुक्रकिट उत्पादनको स्रोत भिन्न खाले हुन्छ । तिनको गुण कसरि फरक पर्छ ? छोटो समयकालागि छोडिने शुक्रकिटको प्रभाव कस्तो हुन्छ ? मानिसहरुले धेरै संभोग गर्नेको, छिटो छिटो संभोग गर्नेको शुक्रकिट पातलो हुन्छ भन्छन् । पातलो शुक्रकिटको असर सन्तान उत्पादनमा कम प्रभशिल हुन्छ ? के फरक पार्छ, पातलो र बाक्लो हुनुले ? चरा, जिवजन्तुमा कसतो हुन्छ ? के फरक पर्छ ? यो महत्वपूर्ण कुरा हो ? जब भालेले एकदम छिटो  शुक्रकिट उत्पादन गर्छ तब उसले छोड्ने शुक्रकिटमा हुने वस्तुहरुलाई असर  गर्छ ।
तर बैज्ञानिकहरुलाई अहिलेसम्म के थाह छैन भने सुन्दर तर कमशल प्रजजन् क्षमता भएका भालेहरुका कारणले गर्दा पोथीहरुले सुन्दर भाले खोज्न छोड्छन् कि छोड्दैनन्  ? भालेले पोथीसित धेरै छिटो छिटो संभोग त गर्छन् तर प्रजननको मात्रा घटाउँछन् ।  यो तरिका मानिस, बाँदरमा कसरि लागू हुन्छ भन्ने अझै जानकारिमा आएको छैन । मानव आकर्षण पैसा, शिक्षा, संस्क्रिति, वर्ग, जातजाति लगायत धेरै कुरोमा निर्भर गर्छ । तर संभोग गरिसकेपछि बाहिर निस्किने शुक्रकिटको मात्राको आकार र शुक्रकिटको गूणले चाहिँ बचेराको चरित्रलाई फरक पार्न, प्रभाव पार्न सक्छ ।
साभार : नेपाल प्लस
IP

, , , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.