![]() |
| काठमाडौंको शान्तिनगरनजिकैको वाग्मतीमाथि आर्कब्रिज निर्माण गरिँदै । |
यसैक्रममा नेपालमै पहिलोपटक आर्कब्रिज निर्माण गरिने भएको छ । त्यो पनि एउटा होइन ४ वटा । काठमाडौंमा निर्माण गरिने आर्कब्रिज दुईवटा पुलमा २/२ वटाका दरले ४ वटा निर्माण गरिन लागिएको हो । पुलको भार त्यसमा जोडिएको तार हुँदै ‘आर्क’ माथि र मुख्य पिलरमा पर्ने प्रविधिबाट निर्माण हुने भएकाले यसलाई आर्कब्रिज भनिएको हो ।
‘नेटवर्क आर्क ब्रिज’ भनिने यस किसिमको पुल विदेशमा निकै लोकप्रिय मानिन्छ । धेरै विदेशी राष्ट्रमा यसको निर्माण भएर सञ्चालन भइरहेको अवस्थामा भने नेपालमा पहिलोपटक निर्माण थालिएको हो ।
पुलको निर्माण काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गर्न थालेको हो । पुल तीनकुनेको वाग्मती र बिजुलीबजारको धोबीखोेलामाथि निर्माण गरिन लागिएको हो । अहिले यी दुवै स्थानमा पुल निर्माणको काम धमाधम भइरहेको छ ।
तीनकुनेदेखि माइतीघर जोड्ने सडकको भित्तापट्टि सवारी चाप बढी हुने लेनमा जोडिने गरी पुल निर्माण हुँदै छ । अहिलेको पुलको दायाँबायाँ दुवैतिर तीन लेनका १२ मिटर चौडा सडक हुने आयोजनाले जनाएको छ । पुलमाथि फुटपाथसमेत हुनेछ । पुल बनेपछि सडक पनि साबिकभन्दा २४ मिटर फराकिलो बन्नेछ ।
धोबीखोलामा बनिरहेको पुलको लम्बाइ ५० दशमलव ३ मिटर हुनेछ । यस्तै शान्तिनगरनजिकको वाग्मतीमाथि बन्ने पुलको लम्बाइ ८५ दशमलव २२ मिटर हुने आयोजनाले जनाएको छ । आरसीसी (रेनफोर्स सिमेन्ट कंक्रिट) प्रविधिबाट बनाइने पुलको निर्माण सम्पन्न २०७५ पुस मसान्तभित्र भइसक्नेछ ।
पुलले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै सौन्दर्यसमेत बढाउनेछ । यस किसिमको पुल निर्माणका लागत अन्यको भन्दा सस्तोसमेत पर्न जान्छ । पुलले राजधानीको आकर्षणसँगै पर्यटकसमेत लोभ्याउने आयोजनाको दाबी छ ।
- शम्भु रेग्मी
![]() |
| मेलम्ची खानेपानीका लागि काठमाडौंको माइतीघर मण्डला–सिंहदरबार खण्डमा खनिएको सडक । |
यस्तो हेर्न टाढा जानै पर्दैन हाम्रै वरपर हेरौं । प्रशस्त भेट्न सक्छौं । अवपाद थोरै, वास्तविकता धेरै । हामीमा कहाँ समस्या छ, त्यसतर्फ त परै जाओस् सुझाव सुन्न समेत तयार हुँदैनौं । कुरो मेलम्चीको, खानेपानीको, उपत्यका सफा गर्ने मेलम्चीको आयोजनाको । यो खानेपानी आयोजना कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दाताकाबाट सुरु भएर अहिलेसम्म घिसिपिटी अवस्थामै गुज्रिरह्यो । तङ्ग्रिनै सकेन, उठनै सकेन । मुलुकबाट राजतन्त्र समाप्त भयो । गणतन्त्रमा बामे सरेकै अवस्थामा मेलम्चीको पानीको सपना राजधानीवासीका लागि साकार हुने अवस्था पुगेको हो ।
हो अहिले राजधानीमा कहीं उमङ्ग, कहीं विस्मात त कहीं आक्रोश छ । जसले मेलम्चीको पानी उपभोग गर्न पाउँछन्, त्यो समुदाय त उमंग हुने नै भयो, जसले उपभोग गर्न सक्दैनन् उसलाई हर्ष न विस्मात् अनि जसले उपभोग गर्न त पाउँछन् त्यसले जग्गा दाउमा लगाउनुपरेको अवस्था छ । जसले मुआब्जा पाउन सकेका छैनन् त्यो समूहलाई भने आक्रोश हुनु स्वभाविकै हो । अब राजधानीवासीको मुहारमा केही भए पनि मेलम्चीको पानी खान पाइनेमा आश्वस्त जागेको देखिन्छ । पानी सबैका लागि आवश्यक भए पनि राजधानीवासीले लामो समयदेखि पानीमा सास्ती झेल्दै आएको अवस्था हो । राजधानीवासी सहज पानी आपूर्तिको पक्षमा रहेको लामो समय भएको छ ।
राज्य सत्ता केन्द्रिकृत भएकै कारण राजधानीमा जनघनत्व बढ्नु स्वाभाविकै हो । यही मेलम्चीको पानी राजधानीवासीलाई सुलभ रूपमा आपूर्तिका लागि सरकार पनि जोडतोडले लागेको छ । मेलम्ची खानेपानी आयोजनाले पनि आफ्नो कामलाई दिनरात नभनी निरन्तर जारी राखेको छ । पानी सर्वसुलभ वितरणको सम्मुखमा पुगेको छ आयोजना । २०७४ वैशाखमै उपत्यकामा पानी वितरण गर्ने लक्ष्य सहित योजनाले काम अघि बढाइरहेको छ । योजनाले उपत्यकामा पानी वितरणका लागि प्रायः सबै स्थानमा पाइप बिछ्याउने कार्य गरिरहेको छ भने कतिपय स्थानमा बिछ्याउने कार्य सम्पन्न समेत गरिसकेको छ ।
तर, पाइप बिछ्याउने क्रममा खनिएका सडकको अवस्था हेर्दा राजधानी पनि कुनै ग्रामीण क्षेत्रमा कुलो आधा खनेर छाडेको जस्तो प्रेरित हुन्छ । अलिअलि पानी पर्दा सडक हिलाम्मे, घाम लाग्दा धुलाम्मे । उफ् राजधानी, देशको केन्द्र सम्झिँदा पनि उदेक लाग्दो अवस्था छ । मेलम्चीको खानेपानीको पाइप बिछ्याउने भन्दै सडक खनिन्छ । लामो समय त्यहाँ पिच गरिँदैन । कथं पिच भइहाल्यो भने नेपाल टेलिकमले खनिदिन्छ । त्यो पनि पिच भयो भने त्यहीं ठाउँमा महानगरले ढल व्यवस्थित गर्ने भन्दै खनिदिन्छ । अनि लामो समय त्यसै अलपत्र छाडिन्छ सडक । बटुवा त्यही खाडलमा पर्छन् । चौपाया त्यही, सवारी साधन त्यही, अपांगता भएकालाई त के सद्धे व्यक्तिलाई हिँडन पनि सकस । सवारी साधनमा त झन् महाभारत । आखिर खनेपछि तुरुन्त पिच गरिदियो भने त सर्वसाधारणले पनि सकस धेरै व्यहोर्नुपर्ने थिएन ।
किन त ? यस्तो कसरी ? किन खन्दै, उही खन्दै, उही भत्काइँदै गरिन्छ । सर्वसाधारणको सोझो आँखाले यो बुझ्ने कुरो होइन । एकैपटक खनेर सबै काम सकेर पिच गरेको खण्डमा खन्दै, बनाउँदै, पुनः खन्नुपर्ने अवस्था त हुन थिएन होला । यतातर्फ ध्यान कसैको जाँदैन । सबै आफ्नो काम मात्रै ध्यान दिने तर पूरा नगर्ने परिपाटीले सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । मेलम्चीले पाइप बिछ्याउने मात्र हो महानगरले पो पिच गर्नुपर्छ भन्दै पन्छिन्छ । टेलिकमले तार बिछ्याउने मात्र हाम्रो काम हो महानगरले पो पिच गर्नुपर्छ भन्छ । अनि महानगर भने ढलको व्यवस्थापन पो हामीले गर्ने हो पिच गर्ने काम त सडक विभागको पो हो भन्दै पन्छिन्छ । अनि सडक विभाग भने महानगरको क्षेत्रमा भएकाले उसैले खनेपछि पिच पनि गर्नुपर्ने दायित्व हुन आउने जनाउँछ । आखिर जसले खन्ने हो खन्ने अनि जसले पिच गर्ने हो त्यही निकायले तत्काल पिच गरिदिए टन्टै साफ सबैले अरूतिरै चोर औंलो सोझ्याउँदा काम चाँडो हुन सकेको छैन ।
हामी विकास विरोधी होइनौं, तर आफ्नो जिम्मामा रहेको काम तत्काल अरूको मुख नताकी तत्काल गरेको खण्डमा राजधानीको मुहार फेरिन किञ्चित समय लाग्ने थिएन । सर्वसाधारण चैनको श्वास फेर्न सक्ने थिए । राजधानीका विभिन्न क्षेत्रमा खनिएका सडक समयमै पिच नहुँदा त्यस क्षेत्रका बासिन्दा, सोही सडक भएर वारपार गर्ने बटुवा तथा सवारी साधनले सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।
यस्तै २०७२ वैशाखको भूकम्पले झनै जनतालाई सास्ती दिएको छ । भूकम्पबाट सास्ती पाएका राजधानीवासीले सडक विस्तारका नाममा पनि उस्तै सास्ती खेप्नुपरेको अवस्था छ । सडक विस्तारका क्रममा सडकमा निर्माण सामग्री त्यतिकै थुपारिँदा बटुवालाई सास्तीका साथै धूलो र हिलोले पनि स्वास्थ्यमा प्रतिकूल असर पारेको छ ।
सडक विस्तारका नाममा सडक विस्तार आयोजनाले पनि भत्काइएका संरचनालाई सडकमै अलपत्र छाड्दा सडक साँघुरिएको छ । यसमा पनि सबैको मन जितेर सरकारले काम अघि बढाएको खण्डमा विरोधका स्वरहरू सुनिने थिएनन् कि । यसमा पनि सरकारले सडक विस्तार भन्दै सर्वसाधारणका संरचना विना मुआब्जा भत्काइँदिँदा विरोध हुनु स्वभाविकै हो । यसरी सर्वसाधारणको विरोधका कारण आधा भत्काइएका सडक पनि अलपत्र छाडिँदा राजधानी कुरुप बनेको छ भने सडक विस्ताको कार्य पनि सुस्त भएको छ ।
सडक विस्तारमा उपत्यका विकास प्राधिकरण र सडक विस्तार आयोजना सक्रिय बनेको छ । सडक विस्तार हुनु त सकारात्मक हो । योसँगै जनताको चित्त बुझाएर विस्तारको काम थालनी भएको भए अवरोध आउने पनि थिएन र सडकमा असरल्ल छरिएका भौतिक संरचनाका सामग्रीबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने थिएन ।
विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार सडक अतिक्रमित संरचना हटाउन नसक्दा विस्तार कार्यमा अवरोध आएको हो । उनका अनुसार जोरपाटी–सुन्दरीजल र सुनाकोठी–चापागाउ“मा डिक विस्तारमा समस्या उत्पन्न भएको छ । आयोजनाका अनुसार अधिकांश सडकको चौडाइ २२ मिटर छ । यहीअनुरूप विस्तार गर्दा सडक किनारका करिब १५ सय बढी घर हटाउनु पर्नेछ ।
यसरी जताततै एकैपटक सडक भत्काएर सडक कुरुप बनाउनुभन्दा भत्काएको क्षेत्रमा पुनर्निर्माण गरी अर्को क्षेत्रमा भत्काउने कार्य गरेको खण्डमा मिसनले सहज रूपमा पूर्णता पाउँथ्यो कि ।
- शम्भु रेग्मी
![]() |
| शब्द तस्बिर : शम्भु रेग्मी । |
झन्डै–झन्डै लोप हुने अवस्थामा पुगेको । प्राण गुमाइसकेको । अस्तित्व हराइसकेको वाग्मती बल्ल अलिअलि श्वाससम्म फेर्ने अवस्थामा पुगेको छ । यसको प्राण भर्ने काममा तत्कालीन मुख्यसचिव लीलामणि पौडेल लागे । पौडेलले वाग्मती सफाइको अभियानै चलाए । प्रत्येक शनिबार वाग्मतीका लागि छुट्याए । सफाइका लागि सबैलाई आह्वानसमेत गरे । उनको होस्टेमा हैंसे मिलाउन राजधानीवासी सहमत बने । सबैले साथ दियो । प्रशासन, नागरिक समाज, अगुवा, कलाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्था सबै उनको हातमा हात मिलाउन सामेल भयो ।
उनको अभियानले अझै पनि निरन्तरता पाएकै छ । उनी मुख्यसचिवबाट अवकाश पाए । अहिले चीनका लागि राजदूतसमेत भई पदभार ग्रहण गरिसकेका छन् । उनको अभियानलाई निरन्तरता दिन वर्तमान मुख्यसचिव सोमलाल सुवेदी पनि सक्रिय भए । आफ्नातर्फबाट गर्नुपर्ने सबै काम गरे । शनिबार आफैं वाग्मतीमा हेलिएर फोहोर निकाले । उनलाई पनि महानगरपालिका, सेना, प्रहरी, नागरिक समाज सबैले उत्तिकै सहयोग गरे । सुवेदी पनि अभियानमा निरन्तर लागे, वाग्मतीलाई कमसेकम निरन्तर फोहोरै पानी सही बग्ने अवस्थामा त पुर्याए ।
वाग्मती अहिले निरन्तर बगिरहेको छ । कालो पानी नै किन नहोस् बगिरहेको छ । वाग्मतीछेउ बस्ने सुकुम्वासी परिवारले शौचालय मिसाउने प्रवृत्ति शून्यमा झरेको छ । फोहोर फाल्न बन्देज लगाइएको छ । वरपरका सर्वसाधारणमा जनचेतना जगाइएको छ । सबै जागरुक भएका छन् । सबै सभ्य भएका छन् । वाग्मती सभ्यताले पुनर्जीवन पाएको छ । यद्यपि वाग्मतीछेउका केही घरले भने अझै ढल मिसाइरहेको अवस्था भए पनि यो नगन्य रूपमा छ ।
प्रत्येक शनिबार नेपाल टेलिकमले उपत्यकावासीलाई वाग्मती सफाइका लागि म्यासेज पठाएर आह्वान गर्छ । बोलाउँछ । भेला भई सफाइमा सरिक हुन आग्रह गर्छ । वाग्मती सफाइमा महानगरका सफाइ कर्मचारी पनि उत्तिकै दत्तचित्त भएर लागेका छन् । विभिन्न संघसंस्थाको पहलमा वाग्मतीकिनारमा संरक्षित उद्यान बनाइन थालिएका छन् । केही बनिसकेका छन् । उपत्यकावासीको मौलिक सभ्यता फर्काउन महानगरपालिका पनि उत्तिकै जिम्मेवार भएर लागेको छ । यता वाग्मती सभ्यता विकास समिति पनि लागेको छ । यसमा सबैको सहयोग उत्तिकै छ । ‘वाग्मतीमा थोरै किन नहोस् । पानी बगेकै छ, पहिलेको तुलनामा धेरै सफा पनि भएको छ,’ अभियन्ता तथा नेकपा संयुक्तका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साह भन्छन्, ‘२ वर्षअघि हामीले वाग्मतीमा माछा छाड्यौं, ती बाँचे÷बाँचेनन् थाहा भएन अब वाग्मतीलाई माछा पौडने, सर्वसाधारणले नुहाउन मिल्ने किसिमको बनाउन जरुरी छ ।’
वाग्मती सफाइका लागि ‘वाग्मती फोहोर उन्मूलन नमुना उपभोक्ता समाज’ समेत गठन भएको छ । यो वाग्मतीकिनारका सुकुम्बासी बस्तीका केही युवाको सक्रियतामा सञ्चालित छ । संगठित रूपमा यस्ता धेरै संघसंस्था निस्वार्थ रूपमा वाग्मती सफाइ अभियानमा लागेका छन् । पहिले हिउँदमा त वाग्मती वारपार सजिलै गर्न सकिन्थ्यो फोहोर हिलो सुकेर, कट्कटीएर बच्चा पनि वाग्मती सहजै ओहोरदोहोर गर्ने अवस्था थियो । तर, अहिले समय फेरिइसकेको छ । वाग्मतीको सरसफाइ यहीअनुरूप हुँदै गए कुनै दिन यसमा नुहाउन सक्ने अवस्था पुनः आउनसक्ने अभियन्ताहरूको विश्वास छ ।
हुतराम वैद्य वाग्मती सफाइका अभियन्ता । आफ्नौ मौलिक सभ्यता जोगाउनुपर्छ भन्दै उनी निरन्तर यसमै खटिए । अरूले कुरा गरे उनले कामै गरे । वाग्मती सफाइ गर्दा गर्दा प्राण त्यागे । उनले न दिन भने न रात, उनले न वर्षा भने न हिउँद निरन्तर सफाइमा लागिरहे, लागिरहे । उनको काम देखेर जो पनि नतमस्तक हुन्छ । ‘वाग्मती हाम्रो प्राण हो, यसैको त्राण जोगाउन लागेको हुँ,’ पंक्तिकारसँग झन्डै ७ वर्षअघि हुतरामले भनेका थिए, ‘मेरो एक्लो प्रयासले मात्र कहाँ होला र सबैको प्रतिबद्धता र इमानदारीको आवश्यकता छ । वाग्मतीको सभ्यता फर्काउन ।’
वास्तवमा वाग्मती एक व्यक्तिको सम्पदा होइन । यो नेपालकै पहिचान हो, सभ्यता हो, धरोहर हो । यसको संरक्षणमा कुरा होइन काम नै आवश्यक छ । सबैले आ–आफ्ना क्षेत्रबाट सफाइका लागि सक्दो पहल गरौं, सहयोग गरौं । यसमै लुकेको छ हाम्रो गर्व, यसमै लुकेको छ हाम्रो पहिचान ।
![]() |
| फाइल फोटो । |
काभ्रेको ढुङ्खर्क काठमाडौंको चन्द्रगिरि डाँडो, नगरकोटका केही क्षेत्रमा हिमपात भयो । केही युवायुवती हिउँमा खेलेको, हिउँको डल्लो समातेको तस्बिरहरू दिनभर सामाजिक सञ्जालमा पोस्ट भइरहे । सोमबार राजधानीमा घाम लागे पनि तुलनात्मक रूपमा चिसो बढेको छ । मौसम धुम्मिएको अवस्थामा छ ।
बानेश्वरका वीरेन्द्र पौडेल भन्छन्, ‘काठमाडौं यस्तै हो, २ महिना चिसोले सताउँछ ।’ चिसोले भक्तपुरमा रहेका भूकम्पपीडितहरू पनि प्रभावित बनेका छन् । यस्तै ग्रामीण क्षेत्रका विपन्नलाई पनि चिसोले प्रभाव पारेको छ । ठाउँठाउँमा सामूहिक जम्मा भई दाउरा बालेर आगो ताप्नेको झुन्ड काठमाडौंमा पनि देखिन पाइन्छ । विशेषगरी चिसो मौसममा अस्पतालमा बिरामीको चाप बढ्छ । चिसोजन्य रोगबाट पीडितहरूको चाप अस्पतालमा बढेको डाक्टरहरू बताउँछन् । अस्पताल स्रोतका अनुसार रुघाखोकी, निमोनियाँलगायत संक्रमण भएकाहरूको चाप बढेको छ ।
तराईतिर शीतलहर सुरु भइसकेको छ । शीतलहरले मानिसँगै पशुपक्षीलाई समेत उत्तिकै प्रभाव पारेको छ । भक्तपुरको सानो व्यासीमा रहेको भूकम्पपीडितको अस्थायी टहरामा बस्ने पीडित चिसोले बस्नै गाह्रो भएको बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्पपीडित चिसोले बिरामी पर्ने अवस्थामा पुगेका छन् । भूकम्पपीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।
भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायत समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्प प्रभावितहरू भत्किएको घर जसरी भए पनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।
चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौंलगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनः उकालो लाग्नेछन् ।
चिसोको मौसममा सबैले स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफा तातो पानी खाने, झोलिलो खानेकुरा र न्यानो भएर बसे चिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।
शम्भु रेग्मी
![]() |
| सत्यबहादुर तामाङ । |
![]() |
| शम्भु तामाङ । |
![]() |
| देवी चौलागाईं । |
![]() |
| ध्रुव बस्नेत । |
काठमाडौं । जीवन चलाउन मानिसका आ–आफ्नै तौरतरिका हुन्छन् । विभिन्न पेसा, व्यवसाय सञ्चालन गरी जीवनयापनलाई सहज र सरल बनाउन मानिस यत्नशील हुन्छ । आज हामीले यसरी फरक तरिकाले जीवनलाई सुन्दर रूपमा परिभाषित गर्ने केही प्रतिनिधिपात्रलाई तपाईंसामु प्रस्तुत गर्न गइरहेका छौं ।
प्रदर्शनीमार्गको भृकुटीमण्डप छिर्ने गेटमै एउटा नाङ्लोमा राखिएको सामान बेच्नमै व्यस्त देखिन्छन् काभ्रे पनौतीका सत्यबहादुर तामाङ । उनी बिहान झिसमिसेमै आएर साँझ अबेर मात्र फर्किन्छन् । उनको नाङ्लोमा चुरोट, सुर्ती, गुट्खा, चकलेट, छुर्पी, चुइँगमलगायत खित्रिमित्री मिलाएर राखिएका हुन्छन् । ‘राम्रै आम्दानी हुन्छ, मेरो परिवार यसैबाट चल्छ,’ सत्यबहादुर भन्छन्, ‘कहिले राम्रै बिक्री हुन्छ कहिले अलिअलि मात्र हुन्छ । मैले आम्दानीबाट सन्तोषको जीवन चलाइरहेको छु ।’ ५८ वर्षीय सत्यबहादुर दिनमा सय, पचासको आम्दानी हुने बताउँछन् । यो सय, पचास भन्या कति हो नि भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘यस्तै राम्रो बिके २५ सय ३ हजार हुन्छ ।’ उनले फुटपाथमा व्यापार थालेकै १२ वर्ष नाघिसक्यो । ‘बूढो भइयो, १२ वर्ष धेरै भएहोला नाङ्लोमा खुद्रा सामान बेच्न थालेको,’ उनी भन्छन्, ‘कैलेसम्म सकिएला र सडकछेउ उभिएर व्यापार गर्न, सकिन्जेल त व्यापार गर्नैपर्ला बाबु ।’ उनी व्यापारबाट आफ्नो खर्च राम्रैसँग चलेको बताउँछन् । व्यापारकै कारण २ पैसाका लागि सकैसँग हात फिजाउनु नपरेको उनको बुझाइ छ ।
भृकुटीमण्डप छिर्ने गेटको अर्कोतर्फ धादिङका ६२ वर्षीय ध्रुव बस्नेत अमला बेच्न व्यस्त थिए । क्याम्पस पढने केही युवतीले १० रुपैयाँको ४ वटाका दरले २० रुपैयाँको अमला किने । बस्नेतले पछि २ वटा अमला थपिदिए । ती युवतीहरूले २० रुपैयाँको १० वटा अमला लिएर गए । त्यसपछि उनी हामीसँग कुरा गर्न तयार भए र भने, ‘२२ वर्ष नाघ्यो कि बाबु, नाङ्लोमा व्यापार थालेको, कमाइ ठीकै छ ।’ उनका पीरका पोका पनि बेग्लै छन् ।
नगर प्रहरीले बेलाबेलामा दुःख दिने गरेको उनी बताउँछन् । ‘के गर्नु बाबु काम त गरिखानै पर्यो, बेलाबेलामा आएर म बूढोलाई पनि खेदछन्–नगरपालिकाका पुलिसले ।’ बस्नेत झिसमिसेमै आउँछन् । भृकुटीमण्डपभित्रै रहेको ढकालको तन्दुरी ढाबामा बिहानको खाना रोटीतरकारी खान्छन् अनि साँझ ७ बजेतिर डल्लुमा रहेको कोठातिर लाग्छन् । उनले सिजनअनुसारको व्यापार गर्ने बताए । भन्छन्, ‘जे सिजनमा छ त्यही बेच्छु, आजभोलि अमला र बदामको सिजन भएकाले यही त राख्ने हो ।’ बस्नेतको नाङ्ले पसलमा भुटेको चना, भट्टमास, बदाम, अमला, चुरोट, चकलेट तथा केराउ पाइन्छ । उनले भने, ‘यसैबाट जहान बच्चा पालेको छु ।’
पुरानो बसपार्क छेवैमा राष्ट्रिय सभागृहको पर्खालमा आड लागेर एन्ड्रोइड मोबाइलमा तास खेलिरहेको भेटिए भोजपुरका शम्भु तामाङ । दुइटा तस्बिर खिचुन्जेल उनले पत्तै पाएनन् । के गर्दै हो भन्ने प्रश्नसँगै उनी झस्किए । अनि भने, ‘ट्याम पास गर्या ।’ मोबाइलमा फिल्म हेरेर टाइम पास गरेको हो र भन्ने प्रश्नसँगै शम्भुले भने, ‘काँ हुनु नि, तास खेल्या पो, कल्ब्रेक ।’ समय बिताउन उनले मोबाइलमा तास खेल्दा रहेछन् । जोरपाटीमा दिदीको डेरामा बस्दै आएका शम्भु खानाखाईवरी पुरानो बसपार्क, रत्नपार्क छेउछाउ जता अलि खाली ठाउँ देख्छन् त्यतै एउटा बोरा सडकमै ओच्याउँछन् । अनि नेलकटर, औंठी, मालालगायत सामग्री फिजाउँछन् । ‘ग्राहक आएका बेला सामान दिने हो । अरू बेला त मोबाइल खेल्छु,’ उनी भन्छन् । साथमा उनले मानिसको तौल नाप्ने मेसिनसमेत राखेका छन् । अरू सामानभन्दा तौलिने मेसिनबाट राम्रै कमाइ हुने उनी बताउँछन् । ‘यो तौलिने मेसिनले राम्रै फाइदा दिएको छ । दिनमा हजारभन्दा बढी यो मेसिनले नै कमाउँछ । यो चोखो फाइदा हो,’ शम्भुले भने । दिनमा २ हजारजति आम्दानी हुने उनी बताउँछन् ।
उनी १० वर्षे माओवादी द्वन्द्वका पीडितसमेत रहेछन् । भोजपुरबाट माओवादीले लखेटेपछि उनी काठमाडौंमा दिदीको आश्रयमा आइपुगेका हुन् । ‘धेरै पढेको छैन । ८ कक्षा पढदापढदै माओवादीले गाउँबाट खेद्यो । के गर्नु काठमाडौं आएपछि कुनै इलम त गर्नैपर्यो,’ ३० वर्षीय शम्भुले मनको पोयो फुकाए, ‘धेरै पढेको भए पो राम्रो जागिर पाइन्थ्यो होला । पढन पाइएन कसरी ठूलो मान्छे बन्नु ? सडकमा यही सामान बेचेर जीवन चलाइरहेको छु । व्यापारबाट सन्तुष्ट देखिएका शम्भुले अलिअलि कमाएर घरजम गर्नुपर्ला हाँस्दै भने ।
शम्भुको सडक पसलको छेवैमा अर्कोतर्फ दोलखा मैनापोखरी गाविस काभ्रेकी देवी चौलागाईं कागती भाग लगाउँनमै व्यस्त थिइन् । २ वटा फोटो खिचेपछि उनले थाहा पाइन्, माथि हेरिन् र भनिन्, ‘कागती राम्रो लागेर फोटो खिच्नु भ को भाइ ?’ हो नि दिदी कति बेच्नुहुन्छ दिनमा कागती ? मेरो प्रश्नमा मास्तिर हेर्दै भनिन्, ‘३० देखि ४० किलो बिक्छ, कहिले त थोरै पनि बिक्छ ।’ ४५ वर्षीया देवीले सडकमै व्यापार गर्न थालेको ९ वर्ष पुगेछ । कागतीसँगै उनले अमला पनि बेच्नका लागि राखेकी छन् । दिनमा फाइदा मात्रै कति हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘हजारदेखि बाह्र सय ।’ यही व्यापारबाट उनले बागबजारमा आफू बस्दै आएको कोठाभाडा तिर्छिन् । छोराछोरीलाई यसैबाट पढाउँछिन् र आफ्नो दैनिक खर्च पनि यसैबाट चलाउँछिन् ।
गरिखान के को लाज ? काम सानोठूलो नमानी कर्म गर्नेलाई फल पनि सन्तोषकै मिल्ने उनीहरूको कुराकानीबाट बुझियो । हामी कामलाई वर्गीकरण गर्छौं, सानोठूलो भन्छौं यही त हो प्रगतिको बाधक । त्यसैले कामलाई सानोठूलो नभनी सडकमै व्यापार गरी सन्तोषको जीवन बिताउने कर्मशील हातहरूलाई हाम्रो पनि सलाम छ ।

शब्द, तस्बिर : शम्भु रेग्मी
काठमाडौं । पुस लागेसँगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम सुरु भएसँगै मुलुककाक्षेत्रको जनजीवनप्रभावितबनेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ ।
तराईका विभिन्न चोक र गल्लीमा चिसो छल्न आगो बालिएका छन् । तराईका केही भेकमा साता दिन देखि शीतलहर चलिरहेको छ । ग्रामीण र विपन्न समुदायका चिसोबाट बढी प्रभावित बनेका छन् । यस्तै चिसोबाट वृद्धवृद्धा पनि प्रभावित बनेका छन् ।
चिसो सुरु भएसँगै तराईका अस्पतालमा बिरामीको संख्यासमेत बढेको छ । अस्पतालमा पुग्ने बिरामीमा रुघाखोकी, निमोनियाँलगायतका संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिसोले चिसोले विपन्न परिवारका बच्चा तथा वृद्ध बढी प्रभावितबनेका छन् । विस्थापित र घरबारविहीन पनि चिसोको मारमा परेका छन् ।
राजधानीमा दिनभर घाम लागे पनि बिहान र बेलुका चिसो बढेको छ । ‘बिहानबेलुकाचिसो अचाक्ली बढेको छ । बिहान त झन् उठनै झ्याउ लाग्छ,’ शान्तिनगरका दीपेश भट्टराई भन्छन्, ‘तर दिउँसो भने घाममा बसेर बदामखान त मज्जै आउँछ ।’ उनले भनेजस्तै रत्नपार्कको चौरमा बदाम खाँदै गरेका सिन्धुपाल्चोकका मोहन लामा पनि जाडोको मौसम दिनमा राम्रै हुने तर बिहान बेलुका त चिसोले बिछट्टै सताउने अनुभव सुनाउँछन् । यो त भयो सहरीया परिवेश । तर २०७२ वैशाखको भूकम्पबाट पीडितहरूको जनजीवन चिसोले प्रभावित बनेको छ ।
जोरपाटीमा रहेको अस्थायी टहरामा बस्ने भूकम्प पीडित चिसोले बस्नै नसक्ने बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्प पीडित चिसोले बिरामी पर्ने अवस्थामा पनि पुगेका छन् । भूकम्प पीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।
भूकम्प पीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायतका समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्पप्रभावितहरू भत्किएको घर जसरी भएपनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।
यसरी चिसोमा टिनको टहरोमै भूकम्प पीडितलाई राख्नुभन्दा जति सक्दो चाँडो पुनर्निर्माणमा लागेर सबैलाई टहरोबाट घरमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । चिसोले मानव स्वास्थ्य माथि परेको असरबारे सम्बन्धित निकायले चासो देखाउनुपर्ने अवस्था रहेको अधिकारकर्मीहरू बताउँछन् ।
चिसोले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका राउटे समुदायलाई पनि प्रभाव पारेको छ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय न्यानो कपडाको अभावमा चिसोजन्य रोगबाट प्रभावित भएका छन् । हालै मात्र सुर्खेत क्षेत्रमा बसोबास गर्ने एक राउटे महिलाचिसोले थलिएको समाचार सार्वजनिकभएको थियो । राउटेका लागि स्थायी बसोबासको व्यवस्था नभएको हुँदा पनिउनीहरू चिसोको मारमा परेका हुन् । चिसोले राउटे समुदायका बालबालिका बढी प्रभावितबनेका छन् । उनीहरू न्यायो कपडा कसैले दिन्छ किभन्ने पर्खाइमा रहेको बताउँछन् ।
चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङका अधिकांश हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौं लगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनःउकालो लाग्नेछन् । चिसोले आम जनताको जनजीवन सकसपूर्ण बनेको छ ।
तर, राजधानीलगायत सहरमा बस्ने सम्भ्रान्त परिवारलाई भने चिसोको ‘छु मतलब’ । उनीहरूलाई चिसोको केही चिन्तै छैन । विद्युत् प्राधिरणले लोडसेडिङ हटाइसकेको छ । एसी र हिटर जतिबाले पनिभयो । उनीहरूलाई घरमाथि राखेको हिटरको तातो पानीप्रयोग गर्न पनि सहज छ । भक्तपुरको व्यासीमा रहेको अस्थायी शिविरमा बसेका एक भूकम्प पीडित भन्छन्, ‘गरिब र निमुखालाई त हो चिसोको सकस, धनीमानीलाई केको चिसो ?’
चिसोको मौसममाधनी, गरिब जे भने पनि स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफातातो पानीखाने, झोलिलो खानेकुरा र न्यानो भएर बसेमाचिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।
(शम्भु रेग्मी)

काठमाडौं, ११ पुस । विद्युत् प्राधिकरणले उपत्यकालाई लोडसेडिङ मुक्त बनाएको छ । प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आएसँगै विद्युत्को क्षेत्रमा कायापलट भएको उपत्यकावासीको भोगाइ छ ।
गत वर्षसम्म दैनिक १६ घण्टा लोडसेडिङको मार खेपेका उपत्यकावासी यसपटक भने ढुक्कले बिजुली बालिरहेका छन् । राजधानी उपत्यका झन्डै लोडसेडिङ भनेको के हो भन्ने भुल्ने तरखरमा देखिन्छ ।
यसरी प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै धेरैको रोजिरोटी जोगिएको छ भने धेरैले रोजगारीबाट हात धुनुपर्ने अवस्था आएको बताउँछन् । हुन त लोडसेडिङले धेरै उद्योग, कलकारखाना निर्वाध सञ्चालन भइरहेका छन् । व्यापारिक प्रतिष्ठान नियमित भएका छन् । सामान्य रोजगारी गर्नेलाई लोडसेडिङ नहुँदा नियमित दैनिकी सञ्चालन गर्न पाइरहेको अवस्था छ ।
यसरी उपत्यकामा लोडसेडिङ घटेको भन्दै एक साताअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा जुलुससमेत निस्किएको थियो । यसलाई निरन्तरता दिन कुलमानले हालैमात्र भारत पुगेर थप विद्युत् आयातका लागि सम्झौतासमेत गरेका छन् ।
लोडसेडिङको अन्त्यसँगै धेरैको रोजगारीले निरन्तरता पाएको छ । सञ्चारमाध्यमहरू नियमित सञ्चालन भइरहेका छन् । लोडसेडिङको चर्को मारमा सञ्चारमाध्यम धेरै परेका थिए । लोडसेडिङकै कारण धेरै सञ्चारमाध्यमले आफ्नो सेवालाई घटाएका थिए भने केही त बन्दै भएका थिए । लोडसेडिङले यावत् कुरालाई निरन्तरता दिएको छ ।
लोडसेडिङको अन्त्यसँगै जेनेरेटर व्यवसाय भने धरापमा परेको छ । अहिलेको सिजन भनेको जेनेरेटरको बिक्री धेरै हुने सिजनका रूपमा मानिन्छ । लोडसेडिङ अन्त्य भएसँगै जेनेरेटर बिक्री ठप्प भएको टेकुस्थित मेसिनरी सामग्री विक्रेता सोहन अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘यसपटकको लोडसेडिङको अन्त्यसँगै हाम्रो व्यापारमा पनि मन्दी छाएको छ । यसवर्ष जेनेरेटर बिक्री प्रायः ठप्पजस्तै भएको छ ।’
लोडसेडिङका समयमा वैकल्पिक ऊर्जाको माध्यम बनेको जेनेरेटरको बिक्री ह्वात्तै घटेको हो । योसँगै जेनेरेटरमा लगानी गर्नेहरू पनि अहिलेको लोडसेडिङको अन्त्यसँगै इन्धन (डिजेल, पेट्रोल र मट्टितेल) किन्नुनपरेकोमा खुसी छन् । तर, लाखौं लगानी गरेको जेनेरेटर भने खिया लागेको पुनः काम नलाग्ने स्थितिमा पुगेको छ । ‘जेनेरेटर त छ, सधैं लोडसेडिङ भएन भने त ठिकै हो । पछि फेरि जेनेरेटर चलाउनुपर्ने अवस्था आएको खण्डमा पुनः धेरै लगानी गर्नुपर्ने अवस्था आउँछ कि भन्ने चिन्ता हो,’ राजधानीमै एफएम रेडियो चलाइरहेका एक सञ्चालक बताउँछन् ।
राजधानीमा मात्रै नभएर देशैभरको लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको बताउँछन्, ऊजामन्त्री जनार्दन शर्मा । उनी भन्छन्, ‘लोडसेडिङमुक्त देश बनाउने अभियानमा जुटेको छु । सबैको साथ र सहयोगको आवश्यकता छ ।’ अहिले उपत्यकामा लोडसेडिङ अन्त्य भएसँगै कुलमान जति लोकप्रिय बनेका छन् उत्ति नै ऊर्जामन्त्री शर्मा पनि लोकप्रियताको शिखरमा उक्लिएका छन् । शर्मा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी छन् ।
यसअघि एमालेका तर्फबाट ऊर्जामन्त्री भएका गोकर्ण विष्ट पनि लोकप्रिय बनेका थिए । विष्टले अहिलेको जसरी लोडसेडिङको अन्त्य त गरेका थिएनन् तर, सुधारका धेरै काम गरेका थिए । तत्कालीन ऊर्जामन्त्री विष्टले विद्युत्को बक्यौता रकम नतिर्ने सरकारी कार्यालयको समेत आफैं गएर लाइन काटेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘मैले लोडसेडिङ घटाएको होइन, व्यवस्थापन मात्रै गरिदिएको हुँ ।’ उनले आफ्नो कार्यकालमा विद्युत् चुहावट अन्त्य गर्ने तथा लोडसेडिङमुक्त समाज निर्माणको परिकल्पना गरेका छन् । मुलुकलाई लोडसेडिङ मुक्त गराउने अभियानमा घिसिङलाई ऊर्जामन्त्री शर्माले पनि उत्तिकै साथ दिएका छन् । ऊर्जामन्त्री शर्माले हालै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गरेका छन्।
मन्त्री शर्माले घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो असहयोग गरेको भन्दै पुस ४ मा सञ्चालक सदस्य लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेका थिए । लोडसेडिङ घटाउने अभियानमा कार्यकारी निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै उनीहरूसँग ऊर्जा मन्त्रालयले स्पष्टीकरण मागेको थियो । तर, उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले बर्खास्त गरेको थियो ।
(शम्भु रेग्मीको रिपोर्ट)

काठमाडौं । सिन्धुपाल्चोक किउल गाविस १ का ७ वर्षीय नवीन ज्योति (गिरी) अहिले आफ्ना हजुरबा–आमासँगै सुविधानगरमा एउटा सानो कोठामा बस्छन् । भूकम्पले किउलमा रहेको घर लडाएपछि उनी काठमाडौं आएका हुन् । अहिले उनी शान्तिनगरमा रहेको सिद्धेश्वर माविमा कक्षा २ मा पढ्छन् । उनी जति ज्ञानी छन्, पढ्नमा पनि उत्तिकै अब्बल छन् ।
हजुरबा निजी सेक्युरिटी गार्डमा कार्यरत छन् भने हजुआमा भीमकुमारी शान्तिनगर र सुविधानगरको बीचमा रहेको वाग्मती नदीको पुलमाथि नाङ्लो पसल चलाउँछिन् । हजुरबा काममा गएपछि उनी हजुरआमासँगै हुन्छन् । स्कुल लागेको दिन स्कुल जान्छन् । नलागेको दिन हजुरआमाको नाङ्लो पसलमा ज्ञानी भएर बस्छन् । नवीन चकचक गर्दैनन् । बरु बाटोमै उनी कापीकिताब लिएर पढ्न थाल्छन् । स्कुलबाट दिएको गृहकार्य पनि उनी बाटोमै हजुरआमाको पसलछेउमै बसेर सिध्याउँछन् ।
उनका बाबा वैदेशिक रोजगारीका लागि विदेशमा गएका छन् । आमा भने गाउँमै छिन् । भूकम्पले गाउँको घर भत्किँदा बस्ने व्यवस्था पनि राम्रो भएन । त्यसैले नवीन पढ्नकै लागि हजुरबा–आमासँग काठमाडौंमै आए । यहीं मन लगाएर पढ्दै छन् नविन । बाटोछेउ बसेर पढेको देख्नेहरू पनि नवीनलाई देखेर दंग पर्छन् । भूकम्पपछि नवीनलाई गाउँको घरमा डरले बस्नै मन लागेन । ‘त्यसैले त काठमाडौं आएँ,’ नवीन भन्छन्, ‘भैंचालोको डर लाग्यो, बज्यैसँग आएँ ।’ उनकी हजुरआमाले काठमाडौंमा नाङ्ले पसल गर्न थालेकै ७/८ वर्ष पुगेछ । ‘भैंचालोपछि नातिले यतै पढ्छु भन्यो । गाउँमा बस्न सक्ने अवस्था नहुँदा हामीसँगै राखेर पढाएका हौं,’ भीमकुमारीले भनिन्, ‘दिनभरि चकचक नगरीकन मैसँग बस्छ । यहीं मुढामा बसेर लेखपढ पनि गर्छ । साह्रै सन्तोकी (सन्तोषी) छ मेरो नाति ।’ भीमकुमारी स्कुल बिदा भएका बेला आफैंसँग दिनभर राख्छिन् । स्कुल लागेका बेलामा त ९ बजेदेखि ४ बजेसम्म स्कुलमै हुने हुँदा भीमकुमारी ढुक्कले नाङ्लोमा राखेको पसल चलाउँछिन् ।
स्कुल बिदा भएका दिनमा नवीन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म हजुरआमसँगै पसलमै बस्छन् । साँझ हजुरआमाको नाङ्लो पसल उठेसँगै उनी पनि लुरुलुरु हजुरआमाकै पछि लाग्छन् । कोठामा पुग्छन् । हजुरआमा खाना बनाउँछिन् । दुवैजना मिलेर खाना खान्छन् । अनि हजुरआमाकै काखमा लुटपुटिएर निदाउँछन् । प्रायःजसो हजुरबा भने ड्युटी बस्ने अफिसमै खाना खान्छन् ।
भूकम्पका बेला नवीन गाउँमै थिए । हजुरबा–आमा भने काठमाडौंमै । नवीनकी हजुरआमाले गाउँबाट काठमाडौं आएर नाङ्लो पसल चलाएको पनि ९ वर्ष पुगेछ । दमको रोगी भीमकुमारी धेरै बोल्न र हिँड्न पनि सक्दैनिन् । नजिकै रहेको कोठाबाट नवीनलाई स्कुल पुर्याउँदा पनि उनलाई स्याँस्याँ हुन्छ ।
‘यो (नवीन) पोहोर भैंचालो गएदेखि डराएर यतै पढ्न आएको,’ हजुरआमा भन्छिन्, ‘घरमा पनि बिहानदेखि फुर्सद भएका बेला पढिरहन्छ ।’ हजुरबा कोटेश्वरमा गार्ड गर्छन् । निजी गार्ड हुन् । बिहान खाना खाएर स्कुल पुर्याउन ९ बजे नातिसँगै आउँछिन् । ‘पहिले हजारदेखि १५ सयसम्म कमाइ हुन्थ्यो । अहिले ६ सयदेखि हजारसम्म कमाइ हुन्छ,’ भीमकुमारीले भनिन् ।
सिन्धुपाल्चोक हुँदा नवीन निजी स्कुलमा पढ्थे । यहाँ सामुदायिक स्कुलमा पढ्छन् । यहाँका बोर्डिङ स्कुल महँगो हुन्छ रे । ‘यो पढाइमा पनि तेज छ । पछि ठूलै मान्छे होला कि ?’ खुसी हुँदै हजुरआमाले नवीनप्रति विश्वासको आशा देखाइन् । हो, भाइबैनीहरू हामी पनि नवीन जसरी नै ज्ञानी भएर लेखपढ गर्ने कि ?
शब्द, तस्बिर : शम्भु रेग्मी
राज रेग्मी, काठमाडौं । राजधानीका आकाशमा अहिले रंगीचंगी चंगा उडेको दृष्य देख्न सकिन्छ । यो दसैंको आगमन भएको संकेतका रुपमा लिइन्छ । नारायणगढदेखि पश्चिमका प्रायः रुटमा चल्ने गाडीको अग्रिम टिकट भने गत शुक्रबारबाटै खुलेको हो । पश्चिमको तुलनामा पूर्व रुटमा भने केहीले अग्रिम टिकट खुलाएका छन् भने केही खुलाउने तरखरमै छ । जे होस् नेपालीलाई दसैंले ढपक्कै छोप्न आँटिसक्यो । राजधानीमा बस्ने कर्मचारी, विद्यार्थी, कामदार सबैले घरजाने मेसो मिलाउन थालेका छन् । तर, मेसो मिलाउन सहज पनि कहाँ छ र ? सहजका नाममा अग्रिम टिकटको व्यवस्था गरिए पनि सर्वसाधारणले सकस धेरै खेप्नु परेको छ ।
काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिनेको घुँइचो देख्न सकिन्छ । सबै तछाडमछाड गरिरहेका छन् । राम्रो लगाउने मीठो खाने पर्वका रुपमा मानिने दसैं वर्षदिनमा काममा घरभन्दा टाढा गएकाहरुलाई जमघट हुने एउटा बहाना समेत मान्न सकिन्छ ।
सकसमा विद्यार्थी :
नेपालगन्जका समीर ओलीले यसपटक अग्रिम टिकटका लागि गोंगबु बसपार्कमा झन्डै ६ घण्टा लाम लाग्नुपर्यो । ६ घण्टामा बल्लतल्ल टिकट काउन्टरमा पुगेका ओलीले टिकट त पाउने भए तर विद्यार्थी छुट होइन । उनले पूरै भाडा दिएमात्र काउन्टरका कर्मचारीले टिकट दिने भनेपछि बाध्य भएर पूरै भाडा दिएर एउटा टिकट लिए । विद्यार्थीलाई ४५ प्रतिशत छुट किन नदिएको भन्दा काउन्टरका कर्मचारीले जाने दिनमा आउनु भनेर फर्काएको ओलीले गुनासो गरे । नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययनरत ओलीजस्तै राजधानी बाहिरिने हजारौं विद्यार्थीले छुट पाएका छैनन् । राज्यले विद्यार्थीलाई दिएको ४५ प्रतिशतको छुट दसैंका बेलामा लागू हुन गाह्रो छ । ‘राज्यले विद्यार्थीलाई दिएको अधिकारबाट वञ्चित भएको’ अधिकांश विद्यार्थीको भनाइ थियो ।
यस्तै विद्यार्थीसँगै महिला, अशक्त, अपांग तथा ज्येष्ठ नागरिकलाई दिएको आरक्षण सिटको सुविधा पनि चाडबाडको मौकामा व्यवसायीहरुले कटौती गरेका छन् ।
सहायता कक्ष नाम मात्रैका :
प्रहरीले भाडादरसहित बसपार्कमा सहायता कक्षका नाममा आफ्नो उपस्थिति जनाएको छ । तर, उनीहरूले लाइन व्यवस्थापनमा सहजीकरण, यात्रुलाई पर्ने समस्या सम्बोधनका लागि उनीहरूको भूमिका प्रभावकारी नदेखिएको दाङकी रेणुका बस्नेत बताउँछिन् । उनले भनिन्, ‘प्रहरीको उपस्थिति त देखिन्छ, तर लाइन लागे पनि बीचबीचमा आफ्ना मान्छे छिराउने गरेको देखे पनि नदेखे जस्तो गर्छन् ।’
तर, प्रहरीले यात्रुको सहायताका लागि विभिन्न स्थानमा हेल्प डेस्क राखेको छ । प्रहरीसँगै यातायात व्यवस्था विभागले पनि विभिन्न ठाउँमा सहायता कक्षमार्फत आफ्नो उपस्थिति जनाएको छ । विभागले सरकारले तोकेको भाडादरभन्दा बढी नतिर्न पनि सर्वसाधारणमा अपिल गरेको छ ।
अस्तव्यस्त बसपार्क :
उपत्यकामा विभिन्न पेसा व्यवसाय गर्ने व्यक्ति दसैं मनाउन बाहिरिने गर्छन् । उपत्यकाबाट झन्डै ५० लाख यात्रु बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरीको आँकडा छ । दसैंमा घरजानेका लागि सुविधा भन्दै यातायात व्यवसायीले अग्रिम टिकट काट्ने व्यवस्था गरे पनि मुलुककै ठूलो तथा सुविधा सम्पन्न गोंगबुमा रहेको नयाँ बसपार्क निकै अस्तव्यस्त देखिन्छ । गाडीका कर्मचारी आफ्नो गाडीमा टिकट काट्न यात्रु तान्ने गरेको दृष्य पनि हेर्नलायक देखिन्छ । बसपार्कभित्रको अस्तव्यस्तले यात्रुले सास्ती खेपिरहेका छन् । व्यवसायीहरुले यात्रुलाई व्यवस्थित तरिकाले टिकट वितरण गरेको दाबी गरे पनि यहाँको वातावरणले यसलाई गिज्याइरहेको देख्न सकिन्छ ।

राज रेग्मी ।
विदेश जाने ? त्यो पनि राज्य कोषको पैसामा । आहा ! क्या मज्जा । तर, गत साता माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल भने अमेरिका जाने अवसर पाए पनि गएनन् । किन गएनन् उनका अनुसार– अहिले मुलुकको विषम् परिस्थिति । तर, उनको यो बहाना मात्रै रहेको घामझैं छर्लंगै देखिन्छ । प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमणमा रहेका प्रधानमन्त्री तथा केन्द्रका अध्यक्ष दाहाल अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम थियो । उनी भारतबाटै या नेपाल फर्किएलगत्तै अमेरिका जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरे । उनको ठाउँमा परराष्ट्रमन्त्री प्रकाशशरण महत त्यसतर्फ लागे । महासभामा संघमा आबद्ध मुलुक प्रमुख सहभागी हुने कार्यक्रम थियो । तर, उनले आफू नगई परराष्ट्रमन्त्री महत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन दिल्लीबाट सोझै अमेरिका पठाए । आफू नेपाल फर्किए ।
झन्डै ३ वर्ष बेलायतको जेल बसेर नेपाल फर्किएका नेपाली सेनाका कर्णेल कुमार लामा मुलुकमा द्वन्द्वका बेला कपिलवस्तुको गोरुसिंगेमा सर्वसाधारणमाथि ज्यादति गरेको आरोपमा जेल परेका थिए । कर्णेल लामाभन्दा कैयौं गुणा अपराध गरेको आफैंलाई महसुस भई माओवादी केन्द्रका अध्यक्ष दाहालले अमेरिका भ्रमण रद्द गरेको हुनसक्ने राजनीतिकवृत्तमा सुन्न सकिन्छ । हावा नचली कसरी हल्लिएला र पात ? त्यसैले त प्रधानमन्त्री बहाल रहेकै वेला अन्तर्राष्ट्रिय कानुनले समात्ला भन्ने डरले दाहाल त्यसतर्फ जान डराएको हुन सक्ने राजनीतिक विश्लेषकहरूको आंकलन छ ।
कालीदासले त छविलाई सुधार्न सफल भएर वेदव्यास बने भने दाहालले छवि किन सुधार्न नसक्ने भन्दै उनले आफूमाथि लागेका मुद्दाहरू किनारा लगाउनेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ । यदि होइन् भने भारत, मौकै परे विहार नै किन नहोस् भ्रमणमा जान मरिहत्ते गर्ने नेपाली राजनीतिक दलका नेताहरूको प्रवृत्तिभन्दा दाहाल पक्कै माथि त छैनन् होला नि । त्यसैले आफू प्रधानमन्त्री बनेको महिनादिनमै भारत भ्रमण गर्न आतुर दाहाल अमेरिका भ्रमण एकाएक कसरी स्थगित गर्न सके । यो सोचनीय छ ।
डर छ जनतासँग, कानुनसँग त्यसमा पनि अन्तर्राष्ट्रिय कानुनसँग त झन डर नहुने कुरै भएन । नेपालमा त जेनतेन बस्न सकिएकै छ । किन भने डाडुपन्यु त आफ्नै हातमा जो छ । उता दाहालको अमेरिका भ्रमण स्थगित हुनु उत्तिकै संशयपूर्ण देखिन्छ । ‘दाहाल बरु चीन भ्रमणका लागि तयार होलान् । तर, अमेरिका भ्रमणका लागि भने ४ पटक सोच्नुपर्ने अवस्था छ,’ एक राजनीतिक विश्लेषक चिया गफमा बताउँछन् । नेपालमा उनलाई अझै राजनीतिक गर्नुछ, अमेरिका या बेलायतको जेलमा सडेर बस्न मन त छैन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र द्वन्द्वकालका मुद्दा सल्टिए निर्धक्क हुने पर्खाइमा छन् । उनीहरू यसलाई सेफ ल्यान्डिङ कसरी गर्न सकिन्छ भन्नेमा घोत्लिएका छन् ।
गणतन्त्रपछि दोस्रोपटक सत्ताको बागडोर सम्हालेका पुष्पकमल दाहाल पनि यो मुद्दा कसरी हुन्छ सल्टाउने पक्षमै छ । उनले जतिसक्दो चाँडो मुद्दा किनारा लाग्यो उति आफूअनुकूल हुनेमा विश्वस्त छन् । उसो त प्रधानमन्त्रीसमेत रहेका केन्द्रका अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा टीकापुर काण्डका दोषीमध्ये प्रमुख मानिने रेशम चौधरीलाई भेटेका छन् । चौधरीलाई सुरक्षा निकायले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेको छ । टीकापुरमा २ वर्षीय बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त चौधरी मानिन्छन् । चौधरीसँग दाहालको भेटलाई लिएर अहिले सामाजिक सञ्जालसँगै मूलधारका पत्रपत्रिकाले समेत समाचार सम्प्रेषण गरिसकेका छन् । उसबाट उनको कद बढ्नुको साटो घटेको देखिन्छ ।
उसो त दाहाललाई अमेरिका जान मन नलागेको कहाँ हो र ? तर, कतै पक्राउ परिहालिन्छ कि भन्ने मनको अन्तरकुन्तरमा चिसो पसेर उनी नगएका पो हुन् कि ।
उसो त झन्डै ३ वर्षअघि पनि महान्यायाधिवक्ता मुक्ति प्रधान पनि पक्राउ पर्ने डरले अमेरिका नगएको समाचार केन्द्रस्तरका अधिकांश मूलधारे पत्रिकाले समाचार सम्प्रेषण गरेका थिए । उनी पनि कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गरेजस्तो आफूलाई पनि त्यहाँको प्रहरीले पक्राउ गर्छ कि भन्ने डरले नगएका । आफ्ना प्रधानमन्त्री विदेशमा पक्राउ पर्नु नेपालीका लागि सह्य हुँदैन । पार्टी जुनसुकै भए पनि दाहाल सबै नेपालीका प्रधानमन्त्री जो हुन् । उता दण्डहीनतालाई प्रश्रय दिने, मानवअधिकार उल्लंघन गर्नेलाई भए स्वदेशमा नभए विदेशमै भए पनि पक्रेर कारबाही गर्ने पर्छ भन्नेको जनमत उल्लेख्य छ । दाहाल पक्राउ परिन्छ भन्ने डरले नगएका हुन् वा अर्के कारणले ? अहिले दाहालका सामु चुनौती र अवसर दुवै छ । चुनौतीलाई अवसरका रूपमा लिएर उनले काम अघि बढाए उनको राजनीतिक उचाइ घट्नुको साटो बढ्ने निश्चित छ ।

टम बेनेट/बीबीसी
झिँगा कसैलाई मन पर्दैन । खानामा बस्यो भने झिँगालाई तुरुन्तै हटाइन्छ । शरीरमा बस्यो भने धपाइन्छ । उसको भुनभनले पनि हामीलाई चिढचिडाहट बनाउँछ ।
तर, जुन झिँगाहरूलाई हामीले मन पराउँदैनौं यो मानिसको जीवनमा ठूलो काममा आउँछ । पछिल्लो सय वर्षमा झिँगाबारे जति पत्ता लागेको छ उत्तिनै मानवसँग जोडिएका प्रश्नको जवाफ पनि खुलासा भएको छ ।
झिँगा केही सातामात्रै बाँच्छ । यति थोरै समय बाँच्ने झिँगाका विषयमा अनुसन्धान गर्न सजिलो पनि छ । ३–४ सातामा झिँगा आमा, हजुरआमासमेत भइसक्छन् । त्यसैले पनि यिनीहरूको ३–४ पिँढीमाथि केही समयमै अनुसन्धान भइसक्छ । यिनीहरूलाई ल्याबमा राख्न पनि सजिलै हुन्छ । किनभने यिनीहरूलाई ल्याबमा राख्दा खानाको खर्च पनि निकै कम आउँछ । औसत तापमान भए झिँगाले दिनमा ३० देखि ५० वटासम्म फुल (अन्डा) पार्छ । अन्डाको आकार ३ मिलिमिटर मात्रै हुन्छ । यसकारण पनि झिँगालाई सानो अर्थात् थोरै स्थानमा राख्न सकिन्छ ।
जुन झिँगालाई हामीले मन पराउँदैनौं, त्यसलाई उडाइदिन्छौं । यसले विज्ञानका धेरै खोजलाई सफल बनाएको छ । सन् १९३३ मा वैज्ञानिक थमस हन्ट मार्गनले झिँगामाथि गरेको अनुसन्धानका कारण नोबेल पुरस्कार नै हात पार्न सफल भए । यो अनुसन्धानबाट हाम्रो जिन डीएनएका मार्फत एक पिढीबाट अर्कोमा जाने भन्ने पत्ता लागेको थियो ।
यो अनुसन्धानपछि पनि झिँगामाथिको अनुसन्धानबाटै ५ वैज्ञानिकले नोबेल पुरस्कार जितिसकेका छन् । यसबाट मानिसको विकास कसरी हुन्छ भन्नेसमेत पत्ता लागेको थियो । हामी के चाहन्छौं, मानिस किन बूढो हुन्छ भन्ने पनि झिँगाबाटै पत्ता लागेको थियो ।
तपाईं यो थाहापाएर पनि अचम्मित हुनसक्नुहुन्छ कि मानिसमा लाग्ने ७५ प्रकारका रोगका कारण झिँगामा पनि पाउन सकिन्छ ।
झिँगाको ४ जोडी क्रोमोजोम हुन्छन् । क्रोमोजोम हाम्रो शरीरको कोषिकाको भित्र जुन चिज हुन्छ त्यही नै डीएनए रहेको हुन्छ । अर्थात् हाम्रो बनावट र हामीसँग जोडिएका जीव वैज्ञानिक कोड हुन्छ । झिँगामा जम्मा १४ हजार जिन हुन्छन् । यही मानिसमा भने २२ हजार ५ सय हुन्छन् । यसबाटै पनि जानकारी लिन सकिन्छ कि झिँगासँग मानिसको कति नजिकको सम्बन्ध हुन्छ भनेर ।
झिँगा र मानिसको जिनको बनावट मिल्नुले अनुसन्धानमा सहयोगी बनेको छ । मानिससँग जोडिएका धेरै सवालका जवाफ झिँगा अनुसन्धानबाट पनि पाउन सकिन्छ । मदिराको लत कसरी लाग्छ, यो झिँगालाई खुवाएर पत्ता लगाइएको हो । यस्तै हामीलाई निद्रा किन आउँछ, चिया–कफीले निद्रालाई कस्तो असर गर्छ । यी सबै प्रश्नको जवाफ पनि झिँगालाई चिया–कफी खुवाएर गरिएको अनुसन्धानबाट पत्ता लागेको हो ।
विमानमा उड्दा मानिसमा हुने थकान, झिँगा पनि विमानमा यात्रा गर्दा उत्तिकै थकित हुन्छ । विश्वमा हजारौं वैज्ञानिक झिँगाबाट विभिन्न खाले अनुभव गरेका छन् । अन्तरिक्षमा पहिलोपटक पठाइएको जीव पनि झिँगा नै थियो । अब अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पनि झिँगामाथि अनुसन्धान गर्ने अलग–अलग प्रयोगशाला बनेको छ ।