पछिल्ला सामग्री :
मनोज गजुरेलको कमेडी सो २६ मंसिरदेखि (भिडियोसहित)

काठमाडौं/ भारतीय टीभी च्यानल ‘कलर’बाट प्रसारण हुने ‘कमेडी नाइट विथ कपिल’ लाई विर्साउने नेपाली हांस्य ब्यग्य कार्यक्रम नेपालमा पनि प्रसारण हुनेभएको छ। २६ मंसिरदेखि  हिमालय टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने ‘हास्य व्यंग्य केन्द्र’लाई हास्यव्यंग्य कलाकार मनोज गजुरेलले सञ्चालन गर्दै हुनुहुन्छ।

‘उताबाट कपी होइन, हामीले आफ्नै मौलिक ढंग र स्वरुपले कार्यक्रम सञ्चालन गर्न लागेको गजुरेलको भनाई छ । नेपालको तराई र पहाडको संस्कृतिलाई झल्को दिने गरी तयार पारिएको मञ्चमा अरु हास्यव्यंग्य कलाकार र कवीहरुले पनि साथ दिने गजुरेलको भनाई छ ।

नेपालमा स्ट्याण्डअप कमेडीको खडेरी भैरहेको बेला केही नयाँ प्रस्तुति दिने उद्धेश्यले कार्यक्रम निर्माण लागीएको गजुरेलले जानकारी दिनुभयो । त्रिवीर क्रिएसनको प्रस्तुति हास्य व्यंग्य केन्द्रलाई छोटकरीमा एचबीसी भनिएको छ एकसय भाग प्रसारण गर्ने लक्ष्य रहेकोमा २० भागको छायांकन सकिसकेको गजुरेलले जानकारी दिनुभयो। पुराना नहुने राजनीतिक घटनाक्रम र सामाजिक विषयवस्तु प्रस्तुतिमा समेटिएको छ। कलाकार र दर्शक खचिखचाउ हुने मञ्चको प्रस्तुतिले नयां स्वाद दिने गजुरेलको विश्वास छ ।

भिडियो हेर्नुहोस्




IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.