महासंघमा भाँडभैलो
काठमाडौं\ नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सहित ६ जना
पदाधिकारी तथा केन्द्रिय सदस्यले महासंघको केन्द्रिय समितिको बैठकमा नोट अफ
डिसेन्ट लेख्दै बहिष्कार गरेका छन्। महासंघका सचिव जगत नेपाल र केन्द्रिय
सदस्यहरु दिलिप थापामगर, राजेश मिश्र, प्रकाशचन्द्र परियार, प्रकाश थापा र
उज्वल आचार्यले केन्द्रिय समितिका पछिल्ला गतिविधि महासंघको विधि,
प्रक्रिया र यसअघी गरिएका आफ्नै निर्णयलाई समेत अवज्ञा गरेर गएकोमा नोट अफ
डिसेन्ट लेख्दै बहिष्कार गरेका हुन्।
महासंघको सदस्यता वितरण सम्वन्धि केन्द्रिय समितिले यसअघी बनाएको मापदण्ड विपरित सदस्यता पास गरेकोमा बैठक बहिष्कार गरेको महासंघका सदस्यहरुले आरोप लगाएका छन्। उनीहरुले गैरव्यवसायीक पत्रकारहरुलाई सदस्यता दिइएको, एउटै खालको विवादमा फरक मापदण्ड प्रयोग गरेर लोकतन्त्रवादी पत्रकारहरुलाई शुरुमै रोक्ने प्रयास भएको र लोकतन्त्रवादी पत्रकारहरुलाई प्रतिशोधपूर्ण व्यवहार गरिएको समेत बताएका छन्।
महासंघको विधानले जिल्ला समितिलाई सदस्यता वितरणमा दिएको अधिकारलाई समेत कुण्ठित गरेर सदस्यता वितरण गरिएको जनाउँदै बहिष्कार गरेकाहरुले केन्द्रिय समितिले निर्णय नसच्याइदा सम्म केन्द्रिय समितिको वैठक बहिष्कार गर्ने जनाएका छन्।
पटकपटक महासंघमा देखिएको विवाद मिलाउन अध्यक्ष शिव गाउँलेलाई आग्रह गर्दा समेत त्यसको सुनुवाई नगरि एकलौटी रुपमा निर्णय लाद्न खोजेको असन्तुष्टहरुको भनाई छ।
पत्रकार सहासंघमा देखिएका केहि छिटफुट विवाद सुल्झाउन असोजमा भएको निर्णय समेतलाई गाउँले नेतृत्वको समितिले वेवास्ता गरिएको केन्द्रिय सदस्य दिलिप थापामगरले जानकारी दिनुभयो।
अर्का केन्द्रिय सदस्य प्रकाश थापाले सर्वसम्मत रुपमा जिल्ला समितिले पठाएका सदस्यता सम्वन्धि निर्णय मान्ने केन्द्रिय समितिको यस अघीको निर्णयलाई फेरि उल्लंघन गर्न खोज्ने प्रवृतीबाट एउटा समुह महासंघलाई कब्जा नै गर्नुपर्छ भन्नेमा रहेको प्रष्ट देखिएको बताउनुभयो। महासंघ नेतृत्व समस्यालाई समाधान गर्नेतिर भन्दा पनि कब्जा मात्र गर्ने भन्नेमा रहेको प्रष्ट भएको उहाँले बताउनुभयो।
गत असोजमा गरिएको सहमतिलाई जिल्ला कार्यसमितिमा पठाउने नाममा यसअघी निर्णयको भावना विपरित रातारात अर्कै सर्कुलर पठाएर मातहतका जिल्ला समितिको हुर्मत लिन खोजिएकोमा पनि विरोध भएको छ।
आजै नेपाल प्रेस यूनियनको एक प्रतिनिधि मण्डलले महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेलाई भेटी एकलौटी रुपमा महासंघलाई लान खोजेकोमा आपत्ति जनाएका थिए। यूनियनका बरिष्ठ उपाध्यक्ष बद्रि सिग्देल, केन्द्रिय सचिवद्धय सन्तोष न्यौपाने र भुवन भट्ट तथा केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीको प्रतिनिधि मण्डलले महासंघका केन्द्रिय अध्यक्ष गाउँलेलाई भेटी एकलौटी रुपमा महासंघलाई लान खोजेकोमा ध्यानाकर्षण गराएका थिए।
यूनियनको प्रतिनिधि मण्डलले काठमाडौं शाखामा एकलौटी निर्णय गरि पठाइएको, बारामा कार्यसमितलाई छल्दै अध्यक्ष एक्लैले सदस्यता विवरण पठाएको, सुर्खेतमा कार्यसमितिले गरेको निर्णय पुस्तिका लुकाएर ७४ जनाको नाम पठाएको तथा त्यसको विरोधमा तालाबन्दी कायम रहेको, दैलेखमा १७ जनालाई आस्थाका आधारमा सदस्यता नविकरण नगरि एकलौटी रुपमा आफू निकटकालाई मात्र सिफारिस गरिएको लगायतका विषयमा महासंघको ध्यानाकर्षण गराएको थियो।
झापामा ७० जनालाई समर्वसम्मत गरिएपनि ३६ जनाको विवाद कायम रहेको, सिन्धुपाल्चोक र उदयपुरमा जिल्ला समितिले सिफारिस गरे भन्दा बढी पठाएको, जाजरकोटमा जिल्ला कार्यसमितिले सिफारिस गरेभन्दा वढी नामावली पठाइएको, सप्तरीमा १३ जनाको थप गरि पठाइएको विषयलाई पनि यूनियनको प्रतिनिधि मण्डलले महासंघमा राखेको थियो।
जिल्लामा निवेदन नै दर्ता नभएका अवस्थामा प्रयोजित उजुरी बनाएर भक्तपुर धनकुटा, तेह्रथुम, पाँचथर, सिन्धुली, धार्दिङ लगायतका जिल्लामा विवाद बनाउन समेत महासंघ नेतृत्वको भुमिकाका बारेमा यूनियनले गम्भिर चासो राखेको थियो।
यूनियनका चासोहरुलाई सम्वोधन नगरिए महासंघका क्रियाकलापमा सहयोग गर्न नसकिने र एक पक्षलाई बाहिर राखेर एकलौटी रुपमा महासंघलाई कब्जा गर्न खोज्ने प्रवृतिको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा भण्डाफोर गर्ने समेत यूनियनको प्रतिनिधिमण्डलले सचेत गराएको थियो।
महासंघका अध्यक्ष गाउँलेले यूनियनले उठाएको विषयमा महासंघले गम्भिरतापूर्वक सम्बोधन गर्ने बताउनुभएको थियो। उहाँले आजै बस्ने केन्द्रिय समितिको बैठकमा यूनियनले उठाएका बिषयमा छलफल गरि टुङगो लगाइने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
तर आजै बसेको महासंघको बैठकमा यि विषयहरुलाई सम्वोधन नगरि विवादास्पद निर्णयलाई नै निरन्तरता दिने भएपछि महासंघका ६ जना पदाधिकारी र सदस्यहरुले बैठक बहिष्कार गरेका छन्।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.