सैनिक जवानविरुद्ध पत्नीको हत्याको आरोप
पूर्णबहादुर खड्का , अछाम/ अछामको मंगलसैन–७ घर भई ज्वाला दल गण सूर्यविनायक भक्तपुरमा कार्यरत नेपाली सेनाका जवान ३२ वर्षीय झनक भाटलाई पत्नि हत्या गरेको आरोपमा प्रहरीमा मुद्दा परेको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका वेला मंसिर २० गते राति पत्नी २८ वर्षीया कोकिला भाटको हत्या गरेको भन्दै कोकिलाका माइती पक्षले झनकका नाममा हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
घर बिदामा आएका भाटले आत्महत्या गरेको भन्ने पारेर पत्नीको हत्या गरेको आरोप लगाउँदै कोकिलाका दाजु मंगलसैन–७ कै राजाराम भाटले किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोकीलाका माइती पक्षले २१ गते नै प्रहरीमा ठाडो निवेदन दिएका आधारमा प्रहरीले झनकलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । कोकिलाले झुन्डिएर आत्महत्या गरेको देखाउन आफैँ पासो काटेर शव खाटमा सुताएको आफन्तले जनाएका छन् ।
यसैबीच, अछामकै नन्देगडा–५ कि एक युवतीलाई भारत लगेर बेचेको आरोपमा नवाठाना गाविस–४ का २० वर्षीय मुकेश रावलविरुद्ध युवतीका दाजु खम्म खत्रीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।
बहिनीलाई विवाह गर्ने भनी गत वैशाख १० गते राति ललाइ–फकाई भारतको गुजरात लगेकोमा हाल रावलका परिवार मात्रै फर्केकाले उनको अवस्था अज्ञात रहेको हुँदा उनलाई भारतमै बेचेको भन्ने कुरा खुल्न आएकोले पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा माग गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जाहेरीमा बहिनीलाई कुन ठाउँमा कस्तो अवस्थामा बेचेको भन्ने कुरा अनुसन्धान गरी बहिनीको अवस्था पत्तालगाई पाउन माग गरिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.