पछिल्ला सामग्री :
नेकपा–माओवादीद्वारा कृषि उपजबाट कर असुली

गीता कुँवर, डोटी/ नेकपा–माओवादीले कृीष उपजको बिक्री वितरणमा कर लगाएपछि डोटी बिपनिगर क्षेत्रका वयापारीहरू हैरान भएका छन् ।

कृषी उपजको मुल्य भन्दा नेकपा माओवादीलाई बढी पैशा तिर्नुपरेपछि ब्यापारीहरूले कारोवार समेत घटाएका छन् । बिपिनगर र बोगटान क्षेत्र कृषी उत्पादनको लागि निकै महत्वपूर्ण मानिन्छ । त्यस क्षेत्रबाट उत्पादनहुने अदुवा, हल्दी, भट्मास, मास लगायत सुन्तला फलफूल यसै समयमा बिक्रिवितरण गरिन्छन् ।

अवसर छोपेर यसपटक नेकपा माओवादीको एउटा टोली कर अशुलीका लागि तैनाथ गरिएको ब्यापारीहरूले बताएका छन् । स्थानीय ब्यापारीहरूका अनुसार अदुवा प्रति ट्रकको ६ हजार कर असुली गरिरहेको नेकपा माओवादीले हल्दी सुन्तला, भट्मास मासमा ट्रकको ५ हजार कर अशुली गरिरहेका छन् । बिक्री गरेर आउने फाईदा भन्दा नेकपा माओवादीलाई कर तिर्नु परेको स्थाानीय ब्यापारी चन्द्र बुढाले गुनासो गर्नु भयो ।

डोटीमा मात्रै नभएर नेकपा माओवादीका कार्यकर्ताहरू कैलालीको शिवनगरमा समेत बसेर कर असुली गरिरहेको गुनासो ब्यापारीहरूले गरेको छन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.