पछिल्ला सामग्री :
भारतमा भाजपा पहिलो

एजेन्सी/ एक दशक लामो समयसम्म निरन्तर सत्तामा रहेको भारतीय काँग्रेसलाई भारतका चार प्रदेशमा सम्पन्न बिधानसभाको नतिजाले तेस्रो स्थानमा समेटिदिएको छ ।

काँग्रेसको गढ मानिने राजधानी नयाँ दिल्लीमा समेत उसले नराम्रो पराजय बेहोर्नु परेको छ । लामो समयदेखि भ्रष्टाचारको आरोप लाग्दै आएको पार्टीलाई गान्धीबादी नेता मानिने अरबिन्द केजरीवालको आम आद्मी पार्टीले समेत पछाडी पारेको छ ।

राजनाथ सिंह नेतृत्वको भारतीय जनता पार्टी भने चार प्रदेशको चुनावको आँकडामा पहिलो नम्बरमा देखिएको छ । यो नतिजाले बिधान सभा चुनावमा भारतीय जनता पार्टीलाई दुई तिहाई मत प्राप्त हुने संकेत दिएको छ । भाजपा अध्यक्ष सिंहले बिधानसभाको नतिजाले उनको पार्टीलाई लोकसभा चुनावमा दुई तिहाई बहुमत प्राप्त हुने दावी गरेका छन् ।

भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका अन्ना हजारेसँग केहिसमय सहकार्य गरेर चर्चामा आएका अर्का भ्रष्टाचार बिरोधी नेता अरबिन्द केजरीवालको पार्टी नयाँ दिल्लीमा दोस्रो हुन सफल भएको छ ।

भारतीय काँग्रेस, नेशनल काँग्रेसजस्ता पुराना पार्टीलाई केजरीवालको आम आद्मी पार्टीले पछाडी पारिदिएको छ । बिधानसभाको प्रारम्भीक नतिजाले आँफुहरूलाई दोस्रो वा तेस्रो दलमा सिमित गरिदिने संकेत देखेपछि काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले आँफुहरू जनतामाझ सहि एजेण्डा लिएर जान नसेकेकाले पराजय बेहोर्नु परेको स्वीकारेकी छन् । उनले अब पार्टीलाई नयाँ रणनीतिबाट अगाडी बढाउन आवश्यक रहेको समेत बताईसकेकी छन् ।

उता नयाँ दिल्लीकी मुख्य मन्त्री शिला दिक्षीतले पराजित हुने संकेत देख्नासाथ हिजो नै राजिनामा दिईसकेकी थिईन ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.