एमाले अध्यक्ष खनालले भने, ‘चुनाव नभाँडौँ’

नेपाल बुद्धिजीवी परिषद्को भाषा कला साहित्य केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा राजधानीमा भएको कार्यक्रममा खनालले आन्दोलनरत दललाई चुनाव बिथोल्ने खेलमा नलाग्न आग्रहसमेत गरे । सरकारले ४ मंसिरमा तोकेको चुनाव जसरी पनि हुने खनालको भनाइ छ । उनले आन्दोलन त्यागेर चुनावमा आउन सबै दललाई आह्वानसमेत गरे ।
खनालले एकीकृत नेकपा माओवादीले लोकतन्त्र र क्रान्तिको उपलब्धिको महत्त्व बुझ्न नसक्दा अघिल्लो संविधानसभाबाट संविधान नबनेको आरोप लगाए । उनले भने, ‘संविधानसभा असफल हुनुको श्रेय एकीकृत माओवादीले लिनुपर्छ, संविधानसभाको ठूलो पार्टी भएको र सरकारको नेतृत्व गरेको अवस्थामा संविधानसभा विघटन भएकाले सबैभन्दा बढी जिम्मेवारी एकीकृत माओवादीको नै हुन्छ ।’ लोकतन्त्र, सहमति र सहकार्यको राजनीतिलाई माओवादीले पालना गर्न नसकेकै कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको खनालले आरोप लगाए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.