पछिल्ला सामग्री :
नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं/ दोस्रो एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

नेपालका दुई पुरुषसहित तीन सदस्यीय खेलाडी टोली क्वालालम्पुर गएको हो । जुलाई ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ देखि ७० केजीमा बाबुसाहेब बलामी र ५० देखि ५५ केजीमा गयाजी खड्काले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ४५–५० केजीमा सीमा केसीले नेपालको चुनौती पस्कनेछिन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गर्नुभयो ।

यस्तै थाइल्यान्डको बैंककमा जुलाई ४ देखि ७ तारिखसम्म हुने सातौँ एसियाली प्यासिफिक भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली पनि आज त्यसतर्फ प्रस्थान गरेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.