चुनावमा सेना परिचालनका लागि अध्यादेश पेश
काठमाडौं/ सरकारले चुनावमा सेना परिचालनका लागि संविधान संशोधन गर्न राष्ट्रपति समक्ष बाधा अडकाउ फुकाउ अध्यादेश पेश गरेको छ ।
मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्ने निर्णय गरी बाधा अड्काउ फुकाउ अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको हो ।
मंगलबार बाधा अड्काउ फुकाउ जारी गरी मंसिर ४ का लागि तोकिएको चुनावमा सेना परिचालनको बाटो खोल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि सरकारले सिफारिस गरे पनि संविधानमा भएको व्यवस्थाले नमिल्ने भएपछि राष्ट्रपतिले त्यसमा संशोधन नहुँदासम्म सेना परिचालन गर्न नसकिने बताए लगत्तै सरकारले सच्याएर बाधा अड्काउ फेरि पेश गरेको हो ।
संविधानमा प्राकृतिक विपत बाहेकका अवस्थामा सेना परिचालन गर्न नसकिने छ । अब संविधानको धारा १ सय ४५ को उपधारा ५ मा संशोधन गरी सेना परिचालनको बाटो खोलिनेछ ।
संविधान अनुसार सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानून अनुसार राष्ट्रपतिले गर्ने व्यवस्था छ । उच्चस्तरीय समितिले विहान बैठक बसेर सरकारलाई अध्यादेश ल्याउन आग्रह गरेको थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.