पछिल्ला सामग्री :
दिगो विकासका लागि महिला नेतृत्व

महिला र परुषको संयुक्त समागमावट नै मानव सृष्टि अगाडी बढ्ने भए पनि समाजमा महिला र पुरुषको पहिचान, भुमिका, मान सम्मानमा व्यापक विभेद छ । जनसंख्याको हिसाबले बराबर भएका महिलाहरू सामाजिक तथा आर्थिक हैसीयतमा भने निकै पछाडी छन । खासगरी अविकसीत र अल्पविकसीत देशहरूमा महिलाको भुमिका निकै दयनीय छ । विशेषत: पितृसत्तात्मक सामाजीक संरचना र त्यसकै जगमा निर्मित समाजीक संस्कार र सामजीक शक्ति सन्तुलनले गर्दा समाजीक नियम र सस्कारहरू पनि त्यही आधारमा निर्माण् भएका छन । सामाजिक संरचनामा आधारीत शक्तिका कारण अत्याधी महिला समानताको कुरा र आवाजहरू उठाइए पनि अत्याधीक आर्थिक अभाव, गरिबीपन, सामाजिक कुसंस्कार,न्युनचेतना, कमजोर स्वास्थ्य सुविधा, अधिकतम भ्रष्टचार, पक्षपातपुर्ण सामजीक व्यवहार तथा सामन्तवादी सामजीक संस्कारहरूका कारण महिलाहरू माथी चर्को विभेद भइरहेका छन ।

विशेषत: महिलाहरूको सामाजिक तथा आर्थिक भुमिकामा न्युन सहभागीताले गर्दा समाजको विकास जुन द्रुतगतिमा हुन पथ्र्यो वा हुन सक्थ्यो त्यसको केही अंशमात्रै पनि हुन सकिरहेको छैन । देशकै आधा जनसंख्या ओगटेका महिलाहरू अधिकांश समयम वेतुकका कुसस्कार र रुढीवादीग्रस्त मुल्य र मान्यताहरूवाट ग्रसीत छन भने समाजको प्रवुद्ध वर्ग, शासक र कुलिन वर्ग पनि महिला शसक्तिकरण तर्फ मौन भएको कारण देशविकासले गति लिन सहिरहेको छैन । देशको विकासमा जवसम्म सम्पुर्ण महिला तथा पुरुषको उत्साहवर्धक समान सहभागीता रहन सक्दैन तव सम्म देश विकासले गति लिन सक्दैन भन्ने कुरा छाटो समयमा विकास गरेका देशहरूवाट सिक्न सक्नु पर्दछ । नेपालमा नै हेर्नै हो भने जुन जुन जिल्लाहरूमा महिला पुरुष विभेद कम छ ती जिल्लाहरू तुलनात्मक रूपमा विकसीत छन र त्यहाँको जीवन सुखमय छ । उदाहरणको लागि चितवन, कास्की, झापा, मोरड., काठमाण्डौ, धनकुटालाइ लिन सकिन्छ । त्यस्तै संसारका विकसीत देशहरूमा महिला पुरुष विचमा त्यती धेरै विभेद देखीदैन (यद्यपी महिलपुरुष विभेद तुलनात्मक रूपमा कम वा वेशी संसार भरी नै कायम छ) जति कहाली लाग्दो विकासोन्मुख वा अविकसीत देशहरूमा छ ।

महिला पुरुष विभेदको जरो निकै पुरानो भए पनि आधुनि एक्काइसौ शताब्दीमा उपलब्ध श्रोत, साधन, सूचना तथा प्रविधीहरूको अधिकतम सदुपयोग गर्न सकिएमा विगत लामो समय सम्म कायम विभेद आगामी केही वर्षभित्रै अन्त गर्न सकिन्छ । यो विभेद कुनै भौतिक श्रोत वा साधनका कारण भएको हैन न त यो कुनै अलौकीक शक्त्तिको चमत्कार नै हो । यो विभेदको मुल कारण भनेको महिला तथा पुरुष दुवैमा निहित सोचको उपज हो । वेतुकका कुसस्कार, रुढीवादी र अन्धविश्वास माथीको आगाध आस्था र विश्वास हो । महिला विभेदका प्रमुख कारणहरू खासगरी दुइ तिहाइ भन्दा वढी कारणहरू हाम्रा मुल्य र मान्यतामा आधारीत छन भनै निकै कम वा भनौ करीव एक तिहाइभन्दा कम कारणहरू मात्रै राजनितिक कारणहरू हुन । जस्तै महिलाहरू भोकै व्रत वस्नु पर्ने, पुरुषको खुट्टको पानि खानु पर्ने जस्ता कुराहरू कुसंस्कार र कुरीतीसँग सम्वन्धित हुन भने महिलाहरूको सम्पत्तिमा अधिकार नहुनु, राजनितिक नेतृत्ववाट वन्चित गरिने कुराहरू राजनीतिक विभेदका उदाहरण हुन । सामजीक रुढीवादी र अन्धविश्वास जस्ता कारणहरूलाई सोच र दृष्टिकोणमा परिवर्तन गर्न सकेमा मात्र अन्त गर्न सकिन्छ भने राजनीतिक कारणहरूको अन्त गर्न सामजीक आन्दोलन जरुरी हुन्छ । वास्तवतमा आफ्नै सोच, मुल्य र मान्यतामा परिवर्तन ल्याउनु भनेको एक प्रकारको क्रान्ति नै हो वा भनौ मानसीक क्रान्ती । यदि सामजीक विभेदलाइ अन्त गरेर नयाँ सामजीक संस्कार नयाँ मुल्य मान्यता तथा महिला पुरुषहरू विच नयाँ सम्वन्ध स्थापित गर्ने हो भने हाम्रा अवैज्ञाीक दृष्टिकोण्हरू, मुल्य मान्यताहरू, संस्कार र रुढीवादी परमपराहरू वीच व्यापक क्रान्ति गर्न जरुरी छ । यो मानसीक क्रान्तिको नेतृत्व हामी आफैले गर्न पर्दछ । प्रत्येक व्यक्तिले गर्नु पर्दछ । यो संसारको सामजकि वनौट र सामजीक सम्वन्धहरू वहुआयामीक सत्यताले निर्धारण गरेको हुन्छ । सवै भन्दा पहिला हाम्रा पुराना मुल्य र मान्यताहरू लाइ नयाँ र वदलीदो समाजीक वास्तवीकताहरू र यर्थाथताअनुसार दुरुस्त गर्नु पर्दछ र नयाँ सत्यता र वास्तवीकताहरू ग्रहण गर्न तयार हुनु पर्दछ । नयाँ र परिवर्तित अवस्था अनुसारको हाम्रो तयारीले नै हामीलाइ नयाँ भविश्य तर्फ अग्रसर गराउन सक्दछ । यो समाज वहु सत्यताको तथ्यवाट चलेको छ र मैले जाने सुनेका भन्दा पनि धेरै कुरा यस समाजमा छन भन्ने मान्यतालाइ आफुभित्र विकसीत गर्न सकियो, त्यसलाइ सहजरूपमा स्विकार गर्न सकियो र सबै सामजकि सत्यता र यथार्थहरू परिवर्तनशिल छन भन्ने मान्यताको विकास गर्न सक्यौ भने हामीले हाम्रो दृष्टिकोण, सोच, मुल्य र मान्यताहरूमा सहजरूपमा रूपान्तरण गर्न सक्छौ । उदाहरणको लागि व्रहामण समाजमा कुनै पुजा वा कथित शुभ कार्य (स्मरणरहोस समाजमा गरीने सवै स्विकार्य कामहरू शुभ हुन्छन) मा एकल महिला वा वच्चा वच्ची नभएकी महिलाहो उपस्थितीलाइ असहज मानिन्छ तर त्यही परमपरा नेपालकै अन्य जातहरूमा भने मान्य छैन त्यसकारण व्रहामण समुदायमा हामीले सिकेका त्यस्ता सत्य अन्य जातका लागि हावादारी र फजुल कुराहरू हुन त्यसकारण वास्तवीकता समाज अनुसार फरक हुन्छ र कुनै पनि वैज्ञानीक धरातलमा आधारीत नभएका मान्यताहरूलाइ त्याग्न सक्नु पर्दछ । जति छिटो हामीले हावादारी र गलत मान्यताहरूलाइ त्याग्न सक्छौ त्यती नै छिटो महिला पुरुष सम्वन्धमा परिर्वतन आउन सक्छ र हामी समुन्नत समाजको निर्माण गर्न तर्फ अग्रसर हुन सक्छौ । व्यापक जनचेतना र सामजीक सम्वन्धमा वैज्ञानीक दृष्टिकोणको निर्माणले हामीले समुन्नत र समृद्ध समाजको निर्माण गर्न सक्छौ । जव हामी हाम्रा सामाजीक सम्वन्धहरूलाइ वैज्ञानीक तर्क र अग्रगामी सोचका आधारमा पुर्नपरिभाषीत गर्न सक्छौ तव मात्र महिला पुरुष दुवैको सम्मानजनक सहभागीतामा नयाँ सामजीक सम्वन्ध सहितको नयाँ समाज निर्माण गर्न सक्छौ । यदि देश र समाजको द्रुत विकास गरेर नयाँ नेपालको स्थापना गर्ने हो भने देशकै आधा जनसंख्या ओगटने महिलाहरूलाइ भुमिकाविहीन वा भनौ न्यून भूमिकामा राखेर विकास संभ्व हुदैन त्यसकारण विकासका सबै कार्यहरूमा ५० प्रतिशत भुमिका महिलाको हुनु अनिवार्य हुन्छ भने सदियौदेखी न्यून भूमिकामा सिमित गरीएका महिलाहरूलाइ राजनीतिक रूपामा शसक्त वनाउन वढी भन्दा वढी राजनीतिको नेतृत्व गर्ने अवसर उपलव्ध गराउनु पर्दछ । तर्कविहिन र सिद्धान्त विहिन राजनीतिको विगविगी भएको वर्तमान अवस्थामा महिलाहरूले आफुलाइ कुनै पनि राजनितिक पार्टीको सिमाना भित्र सिमित नराखेर वढी भन्दा वढी महिला उमेद्वारहरूलाइ चुनाव जिताउने रणनितिमा लाग्न सकेमा मात्रै महिलाहरूका आवाज र भुमिका निर्णायक तहमा गुन्जिन सक्दछन । सबै भन्दा विडम्वना त के भइरहेको छ भने आधा जनसंख्या भएको शक्तिशाली समुहको भाग्यको फैसला केही सिमित पुरुषहरूको निगाह र कृपामा हुदैछ । नेपालको राजनीती जसरी अगाडी वढीरहेको छ त्यस हिसाबले हेर्ने हो भने कुनै पनि राजनितिक पार्टीको निर्णयाक तहमा महिला नेतृत्व पुग्न अझ निकै पुस्ताले कुर्न पर्दछ । त्यसकारण नेपाली समाजको आमुल परिवर्तनको लागि यस पटकको संविधान सभामा अधिकाँश सभासदहरूमा महिला प्रतिनिधीहरूले चुनाव जित्न सकेमा मात्रै नयाँ समाजको आधारशिला तयार हुन सक्दछ । अव महिला नेतृहरूले आफ्नो भुमिकामा पुनरविचार गरेर नयाँ सोच, उत्साह उमंगका साथ महिला नेतृत्वको अनिवार्यता र आवश्यकतलाई पुन परिभाषीत गरी सोही मुतावीक भुमिका निर्वाह गरी सदियौ देखी कुसंस्कार, वहिस्करण र कुरीतीमा जकडीएको समाज भत्काएर नयाँ समाज निर्माण गर्ने कार्यको महान् नेतृत्व गर्न जरुरी छ ।
रामचन्द्र लामिछाने
अध्यक्ष, परिकल्पना नेपाल
rc.erips@ntc.net.np


IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.