युवराज लामा प्रशिक्षणमा व्यस्त (तस्वीरसहित)
काठमाडौं/ राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई मंगलबार स्पोर्टस् लिडरसिप तालिम दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले जुडो, कराते, तेक्वान्दो, बक्सिङ र उसुका खेलाडी तथा प्रशिक्षकलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा व्यवहारिक र सैद्धान्तिक तालिम दिएका छन् ।
सो अवसरमा सदस्यसचिव लामाले खेलाडीले आफ्नो क्षमता पहिचान गर्न नसके सफलता हात पार्न कठिन हुने बताए । ‘कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा व्यक्तिभन्दा पहिले मुलुक अगाडि आउनुपर्छ,’ लामाले भने ।
हरेक खेलका खेलाडीले कम्तीमा आ–आफ्नो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा सफलता हासिल गरेका खेलाडीबारे परिचित हुनुपर्ने पक्षमा उनले जोड दिएका छन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.