चिट चोर्न नपाएपछि... यस्तो हर्कत
सप्तरी/ चिट चोर्न नदिएको निहुँमा आक्रोशित परीक्षार्थीले सिटिइभिटीअन्तर्गत टिएसएलसी परीक्षा सञ्चालन भइरहेको सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वर उमावि परीक्षा केन्द्रका खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका छन् ।
मंगलबार विद्यार्थीले जिल्ला प्रशासन कार्यालयको बा.१झ ७७०९ नम्बरको भ्यान तथा प्रहरीको बा.१झ ३६८१ नम्बरको बुलेरो जिपमा समेत क्षति पुर्याएका छन् । दुवै भ्यानको अगाडि र पछाडिको सिसा फुटेको छ ।
केन्द्रको अनुगमनमा रहेका सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले परीक्षालाई मर्यादित बनाउने क्रममा विवाद चर्किएको बताए । चिट चोर्दै गरेका एक विद्यार्थीका कारण विवाद सिर्जना भएको उनको भनाइ छ ।
विवादबीच प्रश्नपत्र तथा उत्तरपुस्तिका लिएर बाहिर भागेकाको परीक्षा रद्द गरिने बताइएको थियो भने विवादले परीक्षामा ढिलाइ भएपछि ३० मिनेट समय थपिएको थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.