पछिल्ला सामग्री :
साल्ट ट्रेडिङ प्रमुखबिहिन, दैकिक काम प्रभावित

हिमालीयुवा डेस्कसप्तरी, असोज १/राजविराजमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनमा कार्यालय प्रमुख नहुँदा दैनिक कामकाज प्रभावित भएको छ ।

विगत डेढ वर्षदेखि कर्पोरेशनमा प्रमुखको उपस्थिति नभएपछि उपभोक्ताहरू मारमा परेका छन् । यस्तो समस्यापछि जिल्लाका अन्य डिलरहरूसमेत आफ्नो कार्यालयको कारोबार अन्य जिल्लाका शाखाहरूबाट नै गर्न थालेका छन् । लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थिति रहेको जानकारी हुँदासमेत सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन् ।

हाल सप्तरी शाखामा कार्यरत जुनियर सहायक सुशीला खड्को भनाइअनुसार कार्यालय प्रमुख बिहिन भएकै कारण जिल्ला राजमार्ग क्षेत्रका अधिकांश डिलरहरू सिरहाको लहान शाखामार्फत आफ्ना काम गर्न बाध्य छन् । कार्यालय प्रमुख मात्र नभएको कारण विगतका वर्षदेखि कर्पोरेशनको सप्तरी शाखामा लेखालगायत अन्य फाटँहरूमा समेत कर्मचारी छैनन् ।

सहायक खड्काका अनुसार हाल सप्तरी शाखा कार्यालयमार्फत आयो नुन मात्र वितरण गर्ने गरेको छ । जसमा जिल्लाभरि पाँचवटा मात्र डिलरहरू रहेका छन् । कार्यालयको लागि प्रति महिना ६ हजार ४ सय घर भाडा तिरे पनि कार्यालय भवनमा बस्नेहरूको अभाव भने कायमै छ । हाल कार्यालयमा एक चौकीदारसहित तीनजना मात्रै कर्मचारी कार्यरत छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.