पछिल्ला सामग्री :
अष्ट्रेलियामा नेपाली पहिचानको सामुहिक भवन

आफ्नै पहिचान सहितको सामुदायिक भवन निर्माणमा जुटेका नेपाली हरुले अष्ट्रेलियाको सिड्नीमा जग्गा खरिद गरेका छन् । सिड्नीको ब्यस्तमध्येमा पर्ने शहर ग्रानभिलमा नेपाली हरुले २५ सय वर्गमिटर क्षेत्रफल भएको जग्गा करिब ६ करोड रुपैयाँको लगानीमा खरिद गरेका हुन् ।

जग्गा खरिद भइसकेपछि अब चाँडै सामुदायिक भवन निर्माण प्रक्रिया शुरु गरिने भएको छ ।  करिब दुई बर्ष पहिलेदेखि यस कार्यको थालनी गरिएको भएपनि अहिले आएर सफलता मिलेको हो । सबै नेपाली समुदायहरुलाई मध्यनजर गरेर बनाउन लागिएको यस केन्द्रमा न्युनतम ३ सय ५० देखि ५ सय ब्यक्तिहरुसम्म अटाउन मिल्ने ठुलो हल हुनेछ । त्यसका साथै यसमा रेष्टुरेन्ट, बारका साथै बिभिन्न कार्यक्रमहरु आयोजना गर्दा आवश्यक पर्ने किचन, बस्ने सबै किसिमका सुविधाहरु समेत हुनेछन् । यसैगरि आगन्तुकहरुको सहजताका लागि कार पार्कको पनि ब्यवस्था गरिनेछ भने न्युनतम ६५ जना बस्न मिल्ने बैठक कक्ष समेत निर्माण गरिनेछ ।

सामुदायिक केन्द्र निर्माण समितिका सायोजक गोवा कटुवालका अनुसार नेपाली कला र सास्कृतीलाई झल्काउने किसिमले बनाउन लागिएको यो केन्द्र पगोडा शैलीको हुनेछ भने मुलढोकाका र अन्य स्वरुपहरुलाई नेपाली परम्परागत शैलीमा कुादेर बनाइनेछ । यसका लागि नेपालबाट कारिगरहरु समेत ल्याइने भएको छ । भवन पुर्ण रुपमा आधुनिक हुने तर यसले नेपाली कला सास्कृतीको जर्गेनामा अष्ट्रेलियामा महत्वपुर्ण भुमिका खेल्ने उनको दाबी छ । नेपाली मौलिकता, कला र सास्कृती झल्कने किसिमको सामुदायिक भवन निर्माणका लागि यहाँ रहेका नेपाली हरुले करिब २ बर्षपहिले निर्माण समिति बनाएर काम शुरु गरेका थिए ।

सायोजक कटुवालका अनुसार नेपाली हरुको सपनाका रुपमा रहेको यो कार्यलाई पुरा गर्नका लागि अहिले प्राविधिकहरुको टोलीले अध्ययन र अनुसन्धान गरिरहेको छ । नेपाली प्राविधिकका साथै यहाँका स्थानीय प्राविधिकहरु समेत सम्मिलत टोलीले यहाँको स्थानीय काउन्सिल र लोकल डेभेलोपमेन्ट लगायतका सास्थामा गएर भवनको स्वरुप र ढाँचाका बारेमा अध्ययनका साथै स्वीकृती लिने काम भइरहेको छ । प्राविधिकहरुले उनीहरुको रिपोर्ट करिब २ सातापछि बुझाएपछि कहिले बनाउने भन्ने बारेमा टुंगो हुनेछ ।

यहाँ नेपाली समुदाय बाहेक अधिकांश समुदायका आफ्नै सामुदायिक भवनहरु बनिसकेका छन् । नेपाली हरुले सामान्य चाडवाड मनाउनदेखि लिएर ठुला कार्यहरु गर्नका लागि पनि अन्य समुदायहरुद्धारा निर्मित भवन भाडामा लिनुपर्ने बाध्यता रहिआएको छ । भवन निर्माण भइसकेपछि सबै नेपाली हरुले न्युनतम शुल्कमा केन्द्रको उपयोग गर्न पाउने समितिका पदाधिकारीहरुको भनाई छ ।
-नारायण खड्का
IP