मुग्लानी सौगातको १८ औ डबली सम्पन I
प्रेम प्रसाद सापकोटा
अल्खोर (कतार) २९ माघ/ “साहित्य जिवन र जगतको दर्पण हो” भन्ने मुल नारा बोकेको सन्ध्यागु्रप कतारको प्रस्तुती मुग्लानी सौगात द्धैमासिक पत्रिकाले निरन्तर मासिक रुपमा सञ्चालन गर्दै आएको मुग्लानी सौगात साहित्य वाचन श्रृङ्खलाको १८औा डबली गत विहिबार संस्थाको आफ्नै कार्यहलमा सम्पन्न गरेको छ ।
कतार डायस्पोरामा बसेर साहित्य सृजना गर्ने सर्जक तथा श्रोताहरुको साझा साहित्यिक चौतारी मुग्लानी सौगातले सञ्चालीत यो वाचन श्रृङ्खला प्रत्येक महिनाको पहिलो विहीबार अलखोर स्थित संस्थाको आºनै कार्यहलमा आयोजना गर्ने गरेको छ ।
संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्वमा सम्पन्न उतm कार्यक्रममा सर्जकहरु सन्तोष कुवार, देव खड्का, विरेन्द्र कुमार याक्थुम्वााले भावाना सुनाएका थिए । राजन लामा डिम्डुङ्ग र प्रेम प्रकास सापकोटाले लय मीलाई गजल गाएका थिए भने दिलिप अविरल र सन्त तामाङ्गले कविता साथै नेपाली मैथीली भाषामा साहित्य सृर्जना गर्ने सर्जक विन्देश्वर ठाकुरले आºना सृजना सुनाएका थिए ।
सधै नेपाली भाषाका साहित्यिक रचनाहरु गुन्जिने माहोलमा मैथीली भाषामा ठाकुरले कविता र गजल वाचन गर्दा श्रोताहरुबाट तालीको र वाह, वाहको बर्षात भएको थियो । संस्थापक अध्यक्ष सुरज तामाङ्ग, समाजसेवी प्रिती घले लगायतको उपस्थित रहेको उतm कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष चन्द्र कुमार थापाको सञ्चालन तथा संयोजकत्वमा भएको थियो ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.