नेपाल सेमिफाइनलमा, सिंगापुर १२१ रनले पराजित
काठमाडौं, १९ चैत/ सिंगापुरले
गरेको फितलो प्रदर्शनका कारण नेपाल एसिसी एलिट कप क्रिकेटको सेमिफाइनल
यात्रा तय गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले
सिंगापुरलाई १२१ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको २११ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको सिंगापुर ८९ रनमा समेटिएसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । २११ रनको लक्ष्य पछ्याएको सिंगापुर १५ दशमलव १ ओभर खेल्दै गर्दा अलआउट भएको हो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा २१० रन बनाएको थियो । सिंगापुरसँगको खेलमा नेपालले प्रतियोगिताकै सबैभन्दा ठूलो स्कोर खडा गरेको हो । यसअघि हङकङले मालदिभ्सविरुद्ध १९८ रन बनाएको थियो ।
विनोद
भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र
मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रन बनाएका थिए । शरद भेषवाकर २६
रन अनि प्रदीप ऐरीले ३० रन बनाए । सुरुआतीमा केही खराब प्रदर्शन देखिए पनि
नेपालले सुवास खकुरेलपछि उत्कृष्ट ब्याटिङ गरेको थियो । सुवास खकुरेल भने ५
रनमै आउट भए ।
नेपालका लागि प्रदीप ऐरीले ३०, विनोद भण्डारीले ५४, पारस खड्काले ४४, ज्ञानेन्द्र मल्लले ३०, सुवास खकुरेलले ५ रन बनाएका थिए । यस्तै पृथु बास्कोटाले नटआउट ९ र शरद भेषवाकरले नटआउट २६ रन जोडेका थिए ।
यो जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । समूह ‘ए’बाट सबै (चारवटा) खेल जितेको हङकङ भने यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको २११ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको सिंगापुर ८९ रनमा समेटिएसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । २११ रनको लक्ष्य पछ्याएको सिंगापुर १५ दशमलव १ ओभर खेल्दै गर्दा अलआउट भएको हो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा २१० रन बनाएको थियो । सिंगापुरसँगको खेलमा नेपालले प्रतियोगिताकै सबैभन्दा ठूलो स्कोर खडा गरेको हो । यसअघि हङकङले मालदिभ्सविरुद्ध १९८ रन बनाएको थियो ।
नेपालका लागि प्रदीप ऐरीले ३०, विनोद भण्डारीले ५४, पारस खड्काले ४४, ज्ञानेन्द्र मल्लले ३०, सुवास खकुरेलले ५ रन बनाएका थिए । यस्तै पृथु बास्कोटाले नटआउट ९ र शरद भेषवाकरले नटआउट २६ रन जोडेका थिए ।
यो जितसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । समूह ‘ए’बाट सबै (चारवटा) खेल जितेको हङकङ भने यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.