रोकिएन बलात्कारको शृंखला, भारतमा नेपाली युवती बलात्कृत
नयाँदिल्ली/ १७ वर्षीया नेपाली युवती घरमालिकबाटै बलात्कृत भएकी छिन् ।
दिल्लीनजिकैको नोयडामा घरेलु कामदारका रूपमा कार्यरत रहँदा उदयपुरको
गाईघाट घर भएकी उनलाई ८ अप्रिलमा बलात्कार गरिएको थियो । नयाँदिल्लीको
सफ्दरजंग अस्पतालमा उपचार भइरहेको युवतीको अवस्था भने चिन्ताजनक रहेको
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार घरमालिकका छोराले बलात्कार गरेपछि अचेत अवस्थामा उपचारका लागि ल्याइएको थियो । युवतीको परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । हाल अस्पतालमा युवतीका दाजु सँगै रहेका र उनीमाथि मिलापत्र गर्न दबाब आइरहेको बताइएको छ ।
दिल्लीमा अर्की नेपाली युवती बलात्कारको घटनापछि गोप्य रहेको उक्त घटनासमेत उजागर भएको हो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.