पछिल्ला सामग्री :
भर्जिनियामा सांस्कृतिक कार्यक्रम (भिडियोसहित)

gm photo 2
अमेरिका/ नेपाली बिद्यार्थीहरु अध्ययन गर्ने मध्ये कै ख्याती प्राप्त गर्न सकेको जर्ज मेसन बिश्वबिद्यालय, भर्जिनियामा अध्ययनरत बिद्यार्थीहरुको तेश्रो बार्षिक सांस्कृतिक कार्यक्रम बिबिध कार्यक्रमको साथ आयोजना गरेका छन् l 
 
टेस्ट अफ नेपाल अर्थात् नेपालको स्वादअन्तर्गत नेपालका संस्कृति झल्किने, नेपालका बिभिन्न जातजातिका भेषभुषा, नृत्य, गीत र भेषभुषा प्रदर्शन गर्दै नेपालको परम्परा, कला र संस्कृतिको प्रबर्धन गरिएको थियो l कार्यक्रममा उक्त बिश्वबिद्यालयका सल्लाहकारहरु डा. रमेश पन्त तथा ब्यारी ह्याकले हर्ष व्यक्त गर्दै नेपाली बिद्यार्थीहरुको सरहना गरेका थिए l



कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. शंकरप्रसाद शर्मा प्रमुख आतिथ्यग्रहण गर्दै आयोजकलाई धन्यबाद दिनुभएको थियो l कार्यक्रममा वाशिंगटन डिसीवरीपरि बसोबास गर्ने नेपाली समुदाय तथा अभिभावकहरुको भिड रहेको थियो l

IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.