पछिल्ला सामग्री :
२२ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा

तानसेन/ पाल्पाको तानसेनस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

शिक्षा विभागमार्फत काठमाडौंको बूढानीलकण्ठबाट छात्रवृित्तमा अध्ययनरत कास्की ढिकुरपोखरी–६, काँडेस्थित बाल मन्दिर विद्यालयका विद्यार्थीमाथि शिक्षकको दुव्र्यवहारका कारण उनीहरू जनता नमुना उमावि रोजेका हुन् ।

बाल मन्दिर विद्यालय ढिकुरपोखरी–६, काँडे कास्कीमा विद्यार्थी पटक–पटक शिक्षक/शिक्षिकाको दुव्र्यवहारमा परेपछि शिक्षा मन्त्रालयले उनीहरूलाई सो विद्यालयमा पठाएको हो । विद्यालयका प्राचार्य मेघराज शर्माले बाल मन्दिर कास्कीका ५८ विद्यार्थीमध्ये ५४ जना भर्ना भइसकेको बताउनुभयो ।

बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत रुपन्देही, बागलुङ, मुस्ताङ, पाल्पा, आर्घाखाँची, म्याग्दी, कपिलवस्तु, कास्की, रोल्पा, प्युठान, लमजुङ, मनाङ, नवलपरासी, गोर्खा, तनहँु, चितवन, पर्वत, गुल्मी, स्याङ्जा, मकवानपुर, धादिङ र उदयपुर गरी २२ जिल्लाका ५८ विद्यार्थीमध्ये ५४ जना अध्ययनका लागि पाल्पा आइसकेका छन् ।

हाल जनता नमुना माविमा कक्षा–७ मा अध्ययनरत मुस्ताङ जिल्लाकी मनीषा ढकालले शिक्षक/शिक्षिकाले सरकारी सेवा सुविधामा पढेका विद्यार्थीले आफ्ना छोराछोरीलाई पढाइमा जिते भन्दै कुटपिट गर्ने, धम्की दिने, दुव्र्यवहार गर्नेलगायतका नराम्रो व्यवहार गरेपछि अध्ययनका लागि पाल्पा आउनुपरेको बताइन् ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.