विभागकै नाकमुनि नियमको उछितो
काठमाडौं/ मुलुकका विभिन्न भागमा गएर पसल–पसलको अनुगमन गरेको दाबी गर्ने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आफ्नो कार्यालय सामुन्नेका पसल भने सुधार्न सकेको छैन ।
बबरमहलमा रहेको विभागको केन्द्रीय कार्यालय सामुन्नेका आधा दर्जन पसलमा कुनै पनि मूल्यसूची टाँगिएका छैनन् भने विभागको गेटैअगाडि रहेको एक खाजाघरमा साइन बोर्ड नै छैन । विभागको फर्म दर्तासम्बन्धी ऐनमा पसलमा राखिएका सबै सामानको उपभोक्ता मूल्यसूची सबैले देख्नेगरी राख्नुपर्ने तथा पसलको नाम खुलेको साइनबोर्ड अगाडिपट्टि राख्नुपर्ने उल्लेख छ ।
विभागले राजधानीलगायत देशका कुनाकाप्चाका पसलमा अनुगमन गर्दासमेत अनिवार्य रूपमा मूल्यसूची, साइनबोर्ड हेर्ने गरेको छ । साइनबोर्ड, मूल्यसूची नराख्ने पसल सञ्चालकलाई स्पष्टीकरण सोधेर सुधार गर्न निर्देशन दिने गरेको छ ।
तर, ‘बत्तीमुनि अँध्यारो’ भन्ने उखान चरितार्थ गर्दै विभागको आफ्नै कार्यालयअगाडिका पसल भने मापदण्ड पालना नगरी सञ्चालन भइरहेका छन् । मूल्यसूची र साइनबोर्डविनै पसल सञ्चालन गर्नु कानुनको उल्लंघन हुनुका साथै उपभोक्ता हितविपरीत हुन्छ ।
विभागका अनुगमन शाखाका निर्देशक हरिनारायण बेल्बासेले समेत आफ्नै कार्यालयअगाडिका पसलमा मूल्यसूची र साइनबोर्ड नभएको प्रसंग आउनु ‘बत्तीमुनि अँध्यारो’ भएको स्वीकार गरे ।
‘हामीले देशव्यापी रूपमा अनुगमन गर्ने कार्यलाई तीव्र पारेका छौँ, तर आफ्नै कार्यालयअगाडिका पसलले मूल्यसूची र साइनबोर्ड राखेका छैनन्भन्दा बत्तीमुनि अँध्यारो भनेजस्तो भयो, हामी सुधार गर्न लागिपरेका छौँ,’ एक महिनाअघि विभागको निर्देशकमा नियुक्त भएका बेल्बासेले भने, ‘यो विषयमा म कुरा बुझ्छु ।’
उनले आफ्नै कार्यालयअगाडिका पसलमा सुधार गर्न नसकी अन्यत्र अनुगमन गर्नुको औचित्य नहुनेबारे आफूले राम्ररी बुझेको बताए । ‘हामी आफ्नै कार्यालयअगाडिका पसलमा सुधार गर्दैनौँ भने अन्यत्र गएर अनुगमन गर्नुको खासै अर्थ रहँदैन । विभाग यस विषयमा सचेत छ,’ उनले भने ।
विभागकै एक अनुगमन निरीक्षकले भने यसलाई लापरबाहीको संज्ञा दिए । ‘प्रमुख अनुगमनकारी निकायले देशभर अनुगमनको जिम्मा लिएको हुन्छ । आफ्नै कार्यालयअगाडिको पसलतर्फ ध्यान दिँदैन भने त्यो सरासर लापरबाही हो,’ ती निरीक्षकले भने । उपभोक्ता अधिकारकर्मीले पनि आफ्नै कार्यालयअगाडिको पसलमा साइनबोर्ड, मूल्यसूचीजस्ता आधारभूत नियम पालना भए/नभएको कुरा हेर्न नसक्नु लज्जास्पद भएको बताएका छन् ।
‘देशभर अनुगमन गर्ने जिम्मा लिएको विभागले आफ्नै कार्यालयअगाडिको पसलमा ध्यान नदिँदा अन्यत्र हुने अनुगमनप्रति विश्वसनीयता घट्छ, विभागले कम्तीमा आफू आसपास त राम्रो गर्नुपर्ने हो,’ राष्ट्रिय
उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.