सिर्जना प्रतिष्ठानको ‘अनुपम’ (फोटो फिचरसहित)
काठमाडौं/ राजधानीको कलंकी क्षेत्रमा एक वर्षदेखि साहित्यिक गतिविधि
सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक
संकलनको पहिलो अंक अनुपम लोकार्पण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा ४ जेठमा भएको समारोहका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नुभएको हो । समारोहमा विशिष्ट अतिथि एवं अतिथिहरूमा वरिष्ठ व्यक्तित्व चेतन कार्की, मस्र्यांदी वांमय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, अभिनव साहित्यिक अभियानका गोविन्द घिमिरे वेदमणि, प्रा.डा. रामचन्द्र लम्साल आदि हुनुहुन्थ्यो ।

लोकार्पण गर्दै उपकुलपति उप्रेतीले अनुपम स्थापनाको एकै वर्षमा सम्पन्न
भएका साहित्यिक कार्यक्रमको कार्यप्रगतिको विवरणसहित रचना सिर्जनाहरूको
प्रस्तुति हेर्दा निकै लोभलाग्दो देखिएको बताउँदै प्रतिष्ठानलाई अझ
अग्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाली स्रष्टा र असामका
नेपालीभाषी स्रष्टाबीच भेटघाट र अनुभूति आदानप्रदानको प्रक्रियासमेत आरम्भ
गरेको सुन्न पाउँदा खुसी लागेको बताउनुभयो ।
अर्का विशिष्ट अतिथि चेतन कार्कीले अनुपमले आयोजना गरेका केही कार्यक्रममा
आफू सहभागी भएको अनुभव बताउँदै काम गर्दा गल्ती हुन्छ, प्रकाशनका क्रममा
भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ भन्नुभयो । उहाँले आफ्ना केही
मुक्तक सिर्जनाहरूसमेत प्रस्तुत गर्नुभएको थियो । समारोहमा मस्र्यांदी
वांमय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, ज्योति साहित्य प्रतिष्ठानका
अध्यक्ष मणिराज सिंह, प्रा.डा. रामचन्द्र लम्साल, अभिनव साहित्यिक अभियानका
अध्यक्ष गोविन्द घिमिरे वेदमणिले अनुपमको प्रगति र साहित्यिक समृद्धिको
कामना व्यक्त गर्नुभएको थियो ।
![]() |
| सबै तस्वीर : कुमार श्रेष्ठ |
कृतिमाथि समीक्षा गर्दै डा. खेम कोइराला बन्धुले स्थापनाको छोटो अवधिमै
अनुपम सिर्जना प्रतिष्ठानले गरेका कार्यक्रमहरू र प्रकाशनको यो पहिलो अंक
नै गुणस्तरीय र वांमयका सबै क्षेत्र समेट्न गरिएको प्रयास निकै प्रशंसनीय
रहेको बताउनुभयो ।
अर्का वक्ता कमला रिसाल ज्योतिले गजलका फाँकीहरूमार्फत अनुपमको प्रगतिको कामना गर्नुभएको थियो भने रमेशप्रसाद गौतमले प्रकाशनका त्रुटिपक्षप्रति बढी होसियार रहन आग्रह गर्नुभएको थियो । अनुपमका सम्पादक एवम् कार्यसमितिका सदस्य भुवनहरि सिग्देलले समारोहको आरम्भमा कविताबाट स्वागत अभिवादन गर्नुभएको थियो भने सल्लाहकार एवं अर्का सम्पादक नरनाथ लुइँटेलले सम्पादन प्रक्रियामाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष विनोददेव पन्तले संस्थाको परिचय दिँदै अभिभावकत्व प्रदान गरिदिने समस्त अग्रज एवम् स्रष्टा मित्रहरूको समुचित सहयोगले नै अनुपम अघि बढिरहेको बताउनुभयो । समारोहको बीचबीचमा स्रष्टाहरूबाट रचना वाचन गरिएको थियो । सुन्दर रचना वाचन गर्ने स्रष्टाहरूमा कुमार श्रेष्ठ, बाजुराम पौडेल, हरिप्रसाद पाण्डे, अशोक बिष्ट, प्रभा भट्टराई, बमबहादुर थापा जिताली, डा. जीवन अधिकारी, गाउँले बलदेव, लक्ष्मी एडी र हरिहर कार्की हुनुहुन्थ्यो ।
अध्यक्षताको आसनबाट प्रकाशन कार्यदेखि समारोहमा उपस्थित सबै अतिथि एवम् सहभागी स्रष्टा द्रष्टा महानुभावमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम विसर्जनको घोषणा गर्नुभएको थियो । समारोहको सञ्चालन प्रतिष्ठानका महासचिव नवराज पहाडीले गर्नुभएको थियो ।
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.