पछिल्ला सामग्री :
रोमाञ्चक यौन जीवन

वैवाहिक जीवनमा यौनको आफ्नै किसिमको महत्त्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति–पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो, यौनको रोमाञ्चकता बढाउन ।

अलार्म क्लक : अलार्म क्लकसित खेल्नुपर्छ । यौनमा संलग्न हुनुपूर्व टाइमर सेट गर्नुपर्छ । यौन क्रियाकलापका वेला जब अलार्म बज्छ, तब दुवैले आफूलाई फ्रिज गर्नुपर्छ । त्यसपछि बिस्तारै एक–अर्काको शरीरलाई इन्जोय गर्न थाल्नुपर्छ । यसो गर्नाले यौन क्षमता र इच्छा धेरै हदसम्म बढ्छ ।

रोल प्लेइङ : यो गेमबाट आफ्नो मनका धेरै कुरा गर्न सकिन्छ । इच्छाअनुसार स्ट्रिपटिज एक्टका साथमा रोमान्टिक ड्रामा गर्न प्रोत्साहिन गर्न सकिन्छ । स्वयं आफैँले पनि सेक्सी पहिरन लगाउन सकिन्छ । साथै कुनै नटी एक्ट पनि गर्न सकिन्छ ।

रंगको महत्त्व : यदि आफ्नी कोठामा मैनबत्ती डेकोरेट गरेर बोर हुनुभएको छ भने इलेक्ट्रिक बल्बले कोठालाई सजाउन सकिन्छ, जुन अलग–अलग कलर्समा उपलब्ध छ । यी बल्ब कम वाटका हुन् भन्ने कुरामा ध्यान दिनुपर्छ । पर्पल कलरले महिलामा यौन इच्छा बढाउने काम गर्छ ।

भेनिला टी : यदि खाना खाइसकेपछि केही लिन चाहनु हुन्छ भने भेनिला टी पिउन सकिन्छ । ३४२ नपुंसक व्यक्तिमा गरिएको सर्भेक्षणअनुसार भेनिला टीले कामोत्तेजना बढाएको पाइयो । त्यसैले भेनिला टी पिएर आफ्नो पार्टनरसित यौनलाई इन्जोय गर्न सकिन्छ ।

रोल द डाइस : कागजमा दुवैजनाले आफूले इच्छाएको काम लेख्ने र सोहीअनुसार नम्बर पनि दिने । जसरी तपाईं डाइस घुमाउनु हुन्छ र त्यसअनुसार जुन नम्बर आउँछ पार्टनरले सोही नम्बरअनुरूपको काम गर्नुपर्ने हुन्छ । डाइसलाई पालैपालो घुमाउनुपर्छ । डाइस घुमाउने बहानामा आफ्नो पार्टनरलाई इच्छाएको काम गराएर आनन्द लिन सकिन्छ । यसबाट एक–अर्काबीच लज्जा अनि अप्ठ्यारो हट्छ र यौन जीवनको रोमाञ्चकता बढ्छ ।

यौन र खानपान : सेक्स र खानपानबीच निकै गहिरो सम्बन्ध रहेको पाइन्छ । जसरी हतारमा खाइएको खाना लाभदायक हुँदैन, त्यसरी नै सेक्समा हतार गर्नु ठीक होइन । यसबाट पूर्ण रूपले सन्तुष्टि प्राप्त हुँदैन । संयमतापूर्वक र समय दिएर गरिएको सेक्स उति नै बढी रोमाञ्चकता एवं आनन्ददायक हुन्छ । यदि आफ्नो सेक्सुयल लाइफमा बासीपन अनुभव हुन्छ भने सचेत हुनु आवश्यक छ । यसप्रतिको अरुचिको सबैभन्दा ठूलो कारण हो, नकारात्मक सोच र यसैका कारण अधिकांश व्यक्तिको सेक्सुयल लाइफको ‘दी एन्ड’ भएको पाइन्छ । मनोचिकित्सकहरूका अनुसार नकारात्मक सोचबाट जीवनको हरेक पल ओइलाएको फूलसरह हुन्छ । सकारात्मक सोचबाट सेक्सुयल लाइफ पनि प्रभावित हुन्छ । अत: सकारात्मक सोच कायम राख्नु आवश्यक छ ।
तस्वीर गुगलबाट लिइएको हो ।

यसबाट मस्तिष्क तनावरहित हुन्छ र यौन प्रक्रियाको भरपुर आनन्द उठाउन सकिन्छ । अधिकांश कार्यमा व्यक्तिको सफलता–असफलता उसको मनको भावनामा निर्भर गर्छ । यौनसुख अनुभूतिका लागि सकारात्मक हुनु महत्त्वपूर्ण छ । चिकित्सकहरूका अनुसार शारीरिक तथा मानसिक रूपबाट जबसम्म स्त्री–पुरुषबीच सामाञ्जस्यता स्थापित हुँदैन र विचारमा एकता स्थापित हुँदैन, उनीहरूलाई सम्भोगमा आनन्द प्राप्त हुँदैन । जब मन सकारात्मक सोचबाट गुज्रन्छ तब मात्र एस्ट्रोजन र टेस्टोस्टेरिन हार्मोन श्रावित हुन्छ र त्यसले सहवासलाई सुखद बनाउँछ । यसले महिलाहरूलाई विशेष सुख दिन्छ । यस सम्बन्धमा गरिएका विभिन्न सोधअनुसार महिलामा यौनप्रति नकारात्मक सोच बढी पाइन्छ । उनीहरूलाई लाग्छ– पुरुषलाई मात्र यो कुराको मतलब हुन्छ । जसका कारण उनी आफ्नो इच्छालाई दबाउँछन् र पनि वा प्रेमीको इच्छाका अगाडि झुक्छन् तर उनीहरू के बिर्सन्छन् भने यही समर्पणले उनको जीवनलाई अन्धकारमा धकेल्न सक्छ । अत: यौनप्रति जसरी पुरुष सकारात्मक हुनु जति आवश्यक छ, महिला पनि उत्तिकै सकारात्मक हुनुपर्छ ।
  • अन्तरंग पललाई ख्याल ठट्टामा बिताउनु राम्रो हुन्छ । गम्भीरताबाट यो क्षणको आनन्द अनुभव गर्न सकिँदैन ।
  • यौन जीवनमा साथीको मुडप्रति ध्यान दिनु आवश्यक छ । पार्टनरको मुडअफ भएको स्थितिमा यौनक्रिया आनन्दायक हुन सक्दैन ।
  • सहवासका वेला साथीको रुचि–अरुचिको ख्याल राख्नुपर्छ ।
  • यौनका सम्बन्धका भएका शंका र डरको समाधान गर्नुपर्छ ।
  • यौन जीवनको आनन्द अनुभूतिका लागि शारीरिक, रूपले फिट हुनु पनि आवश्यक छ । अनुसन्धानअनुसार हेल्डी एवं फिट शारीरिक स्थितिमा गरिएको सहवास सुखदायी हुन्छ ।
  • यौनमा ग्याप राख्नु ठीक होइन । दुवैको इच्छा र शारीरिक स्वस्थताअनुसार यसलाई निरन्तरता दिनुपर्छ ।
  • ख्याल ठट्टाबाट यौन प्रक्रिया अझ रोमाञ्चक हुने भएकाले यसलाई प्रयोग गर्नु राम्रो हुन्छ ।
  • यौन क्रियाका बखत एकाग्रता पनि आवश्यक छ, अत: यौन क्रियाका वेला बढी कुराकानी गर्नु ठीक होइन ।
  • प्रशंसाको आवश्यकता पुरुषलाई पनि हुन्छ, अत: यौन क्रियाका वेला एक–अर्काको प्रशंसा गर्नु राम्रो हुन्छ । साथै एक–अर्कालाई भावनात्मक रूपले बुझ्न पनि उत्तिकै आवश्यक छ ।
–एजेन्सीको सहयोगमा
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.