शम्भु रेग्मी
। शिक्षा, स्वास्थ्य, खानेपानी, गास, वास, कपास तथा सञ्चार मानिसका
आधारभूत आवश्यकताअन्तर्गत पर्छन् । तर, यसैमा बढ्दो व्यापारीकरणले निजी
विद्यालयबाट अभिभावकहरू प्रताडित हुनुपरेको अवस्था छ । ग्रामीण क्षेत्रमा
अभिभावकले जेनतेन आफ्ना बालबालिकालाई पढाए पनि राजधानीलगायत देशका प्रमुख
सहरमा भने यो बडो सकसपूर्ण छ ।
शिक्षालय
बालबालिकाका लागि जीवनको लक्ष्य तय गर्ने थलो हो । विद्यालयमा जानेका र
सिकेका कुरालाई विद्यार्थीले आफ्नो जीवनमा लागू गरी सुन्दर भविष्यको
कल्पनामा अभिभावकहरू डुबेका हुन्छन् । तर, निजी विद्यालयले भने अभिभावकलाई
दुहुनो गाईका रूपमा प्रयोग गरिरहेका छन् । जसलाई आमअभिभावकले बुझेकै हो ।
निजी विद्यालयले हरेक कोणबाट शिक्षामा व्यापार गरिरहेको भन्ने जनमानसमा व्याप्त छ । कतिसम्म तल गिरेर अभिभावकका पैसा सोहोर्ने भन्ने कुरा नैतिकता र इमानदारीको पाठ सिकाउने यस्ता विद्यालयहरू स्वयंको नैतिकता र इमानदारीको कुरा कता जान्छ, सोचनीय छ । विद्यालय पोसाकको कपडा किन्ने र सिलाउने निश्चित टेलर, पुस्तक बेच्ने आफ्नै नातेदारको पसल, मौका परे आफ्नै प्रकाशन गृह । यस्तै लेख्ने कापीमा पनि यिनै विद्यालयको सिन्डिकेट भनौँ या बोलवाला छ । अरू कापीमा लेखे नहुने रे । उनीहरूले नै छपाएको कापीमै लेख्नुपर्ने रे अजब देशको गजब कहानीजस्तो । उसो त सोही कापी बाहिरको स्टेसनरीमा किन्ने हो भने २० रुपैयाँमा पाउन सकिन्छ भने विद्यालयको सिन्डिकेट लागू गरिएको पसलमा त्यसलाई पूरा ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै लेख्ने पेन्सिल र इरेजर पनि लैजानु नपर्ने रे बरु अभिभावकलाई महिनामा इरेजर–पेन्सिल भनेर दुईदेखि पाँच सय रुपैयाँ ढडाइदिए टन्टै साफ, उता बिजनेस पनि भइहाल्ने । यी सबैमा आर्थिक चलखेल त स्वाभाविकै रूपमा हुने त भइगयो । यस्ता अराजक गतिविधिबारे थाहा हुँदा–हुँदै पनि सम्बन्धित निकाय मौन रहन्छ । यसमा संलग्न भनेकै समाजमा नाम कहलिएका विद्यालय हुन्छन् ।
उसो त पुस्तक व्यवसायी र निजी विद्यालयका सञ्चालकको मिलेमतोमा अभिभावकलाई चर्को मूल्य थोपरेर (पुस्तक किन्दा छुट नपाउनु, बरु कमिसन पुस्तक विक्रेताले विद्यालय सञ्चालकलाई बुझाउनु) मारमा पारेका छन् । पुस्तक व्यवसायीहरू अभिभावकलाई छुट दिनुको साटो विद्यालय सञ्चालकलाई पोस्न लागेपछि अभिभावक तथा विद्यार्थी स्वत: मारमा पर्ने भइहाले । पुस्तक बिक्रीका लागि व्यापारीहरूले विद्यालय सञ्चालकसँग तालमेल मिलाएका कारण विद्यालयले आकर्षक कमिसनसमेत पाउने गर्छ भने अभिभावकलाई त ‘टाइँटाइँ फिस’ ।
उसो त निजी विद्यालयहरूले कक्षा एकदेखि कम्प्युटर विषयलाई कोर्समा राख्छन् अनि बहाना बनाउँछन् । कक्षाको मासिक शुल्क त भयो–भयो । कम्प्युटर ल्याब भन्दै मासिक चार सयदेखि हजार रुपैयाँ प्रतिमहिना असुल गरिन्छ । त्यो कक्षा एकमा पढ्ने विद्यार्थीलाई ‘ह्वाट् इज कम्प्युटर’ भनेर पढाउनुको के तुक ? शिक्षा दिनु त राम्रै हो । त्यसमा पनि गुणस्तरीय शिक्षा दिनमा उद्यत् भनिएका विद्यालयहरू अभिभावकको ढाड सेक्नमै लागिपरेका छन् । त्यो पाँच वर्षे बालमस्तिष्कमा कम्प्युटरको पाठ्यक्रमले सकारात्मक असर पार्ला कि नकारात्मक यो त सोचनीय होला । तर, विद्यालयले अभिभावकको आयस्तर कस्तो छ । कति असुली गर्ने हो त्यसबारे पनि सोच्नु आवश्यक हुन्छ । एक कक्षामा पढ्ने विद्यार्थीलाई कम्प्युटर ल्याबको भन्दै छुट्टै शुल्क असुल्नु कहाँसम्मको नियत हो । यो त स्वयं निजी विद्यालय सञ्चालकले नै बताउलान् । यस्तै विद्यालयहरू बर्सेनि पाठ्यपुस्तक (पाठ्यक्रम) परिवर्तन गरी अभिभावकको ढाड सेक्ने काममा समेत उद्यत छन् । भर्नाका समयमा मनपरि शुल्क असुल्नुलाई अभिभावकमाथिको खेलवाड मान्न सकिन्छ । यद्यापि आफ्ना नानीहरूले गुणस्तरीय शिक्षा हासिल गरून् भनी अभिभावक पनि तै चुप मै चुपमा बस्न बाध्य छन् । यसमा सम्बन्धित निकाय मूकदर्शक बनेर बस्नुभन्दा पनि तत्काल अनुगमन गरी अभिभावकबाट विभिन्न बहानामा रकम असुल्ने विद्यालयलाई कारबाही गर्नेतर्फ लाग्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।
निजी
विद्यालयलाई अभिभावकबाट रकम असुल्न आइतबार चाहिँदैन । बस उनीहरूलाई बहाना
मात्रै चाहिन्छ । शिक्षकलाई तलब पुगेन, महँगी भत्ता, चाडबाडमा भत्ता,
घरभाडा तिर्न पैसा पुगेन, नयाँ भवन निर्माण गर्दै छौँ सहयोग
गर्नुपर्योलगायतका विभिन्न बहानामा निजी विद्यालयहरूले अभिभावकसँग रकम
असुलिरहेको वर्तमान अवस्थाको चित्रण हो । पैसा असुल्न अभिभावकलाई
विद्यालयमै बोलाउन पछि नपर्ने विद्यालय व्यवस्थापन विद्यार्थीको पढाइको
अवस्थाबारे जानकारी दिन वर्षमा एकपटक पनि अभिभावकलाई विद्यालयमा बोलाउने
फुर्सद पाउँदैन । निजी विद्यालयका सञ्चालक अभिभावकलाई दुहुनो गाईका रूपमा
प्रयोग गरिरहेको सर्वत्र ज्ञात भएकै हो । बालबालिकाले उच्च शिक्षा हासिल
गर्दासम्म अभिभावक भने घरबारविहीन हुनुपर्ने अहिलेको अवस्था छ ।
यस्तै आफूकहाँ ट्युसन पढ्न आउने विद्यार्थीप्रति शिक्षकहरूले चासो देखाउने, तर आफूकहाँ ट्युसनका लागि नआउने विद्यार्थीप्रति भने कुनै वास्ता नराख्नुले पनि आम्दानीको स्रोत कम हुने अभिभावक मारमा पर्नु स्वाभाविकै हो । आफ्ना बच्चाको पढाइको स्तर बढाउन अभिभावकले छाक कटाएरै भए पनि सोही शिक्षककोमा ट्युसन पढाउनुपर्ने बाध्यता छ । यसरी विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकप्रति निजी विद्यालयहरू अनुदार हुँदै जानुलाई पनि हेपाहा प्रवृत्तिको बढावा हुँदै गएको मान्न सकिन्छ ।
उसो
त एकपटक भर्ना भइसकेका विद्यार्थीलाई विद्यालयमा भर्ना शुल्क लिन नपाउने
व्यवस्था छ । तर, पनि निजी विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेका
छन् । उनीहरूले ‘एनुअल फी’, ट्युसन फी, स्टेसनरी, फोटो, पिकनिक, कम्प्युटर
ल्याब, परीक्षा शुल्क (प्रत्येक तीन–तीन महिनामा)लगायतका विभिन्न बहानामा
शुल्क असुलिरहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
२०६९ मा एकपटक भर्ना भइसकेका विद्यार्थीबाट विभिन्न बहानामा पटक–पटक भर्ना
शुल्क लिन नपाउने व्यवस्था छ । यसकारण विद्यालयले सीधै भर्ना शुल्क लिन
नसके पनि अन्य बहानामा रकम असुलिरहेको अवस्था हो । जिल्ला शिक्षा कार्यालय
पनि यसबारे बेखबर भने पक्कै छैन । कार्यालयले पनि सबै निजी विद्यालयले
विभिन्न बहानामा रकम लिइरहेको गुनासो आए पनि यसलाई रोक्नेतर्फ पहल गरेको
भने देखिँदैन ।
सर्वोच्चले
१० जेठ ०६९ मा विद्यालयले लिने शुल्कबारे गरेको फैसलामा एकपटक निर्धारण
गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाउने निर्देशन जारी गरेको थियो । यद्यपि
विद्यालयहरू यो मान्न तयार छैनन् । नियमानुसार विद्यालयमा शुल्क वृद्धि
गर्नुपर्दा सम्बन्धित विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा
प्रस्ताव पेस गर्नुपर्ने र सो प्रस्तावमाथि जिल्ला शिक्षा कार्यालयले
शुल्कवृद्धिको प्रस्ताव सही हो भन्ने लागेमा प्रस्तावित शुल्कलाई
कार्यान्वयनका लागि स्वीकृत दिने नियम छ । तर, निर्धारित नियमलाई सरकारले
कडाइका साथ लागू गराउन नसक्दा निजी विद्यालयका सञ्चालकहरूलाई शुल्कवृद्धिमा
मोनोपोली गर्न बाटो खुलेको हो ।
किफायती
मूल्यमा विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरून् भन्ने उद्धेश्यले
सरकारले निजी विद्यालयलाई सञ्चालनको अनुमति दिएको हो । तर, निजी विद्यालय
सञ्चालकहरू भने यसलाई लत्याउँदै व्यापारमा केन्द्रित भई अघि बढिरहेको
अवस्था छ । राज्यले तोकेको नीति, निर्देशिका तथा सर्त स्विकारेको अवस्थामा
मात्र निजी विद्यालय सञ्चालनको अनुमति दिइएको हुन्छ । राज्यले तोकेको
नीतिको परिधिबेगर विद्यालय सञ्चालनको छुट कसैलाई छैन । निजी विद्यालयले लिन
पाउने शुल्कका सम्बन्धमा राज्यले कडाइका साथ अनुगमन गर्ने र कुनै विद्यालय
दोषी ठहरिए दर्ता खारेजीसम्मको कारबाहीको व्यवस्था हुनु आवश्यक देखिन्छ ।
अन्यथा निजी विद्यालय सञ्चालक शुल्क वृद्धि गरिरहने, सरकार लाचार भइरहने,
अभिभावकको ढाड सधैँ सेकिने क्रम रोकिनेवाला छैन ।
सरकारले
०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र गरे पनि राजनीतिक दलका घोषित/अघोषित
बन्दका कारण पनि बालबालिका बढी लक्षित र शोषित हुने गरेको हामीसामु प्रस्ट
छ । राजनीतिक दलका यस्ता बन्द र हड्ताल सधैँका लागि बन्द हुनुपर्नेमा उनै
राजनीतिक दल एकमत भए पनि कार्यान्वयन भने हुन सकेको छैन । यस विषयमा
सर्वत्र आवाज पनि नउठेका होइनन् । तर, सुनुवाइ भने अझै हुन सकेको छैन ।
मूल सडकसँग जोडिएका विद्यालयमा बालबच्चा हिँड्नु पनि उत्तिकै जोखिमको अवस्था छ । कर्कसलाग्दा गाडीका हर्न तथा बतासिएर हुँइकिएका मोटरसाइकल तथा अन्य सवारीसाधनको पनि उत्तिकै पिरलो रहिरहन्छ अभिभावकलाई । विद्यालयमा पुगेर घर नफर्कुन्जेलसम्म अभिभावकका मनमा आफ्नो बच्चा सकुशललै घर आइपुग्छ कि पुग्दैन भन्नेमा चिन्ता भइरहन्छ । शिक्षलाई व्यापार नभई सेवामुखी बनाउनुपर्ने अहिलेको आवश्यकता हो । यसमा अभिभावक, विद्यार्थी, विद्यालय सञ्चालक, नियामक निकायलगायतको उत्तिकै इच्छाशक्ति आवश्यक रहन्छ ।
भिन्न ब्रान्डका मन्झन प्रयोग गर्दा दाँत सेतो र चम्किलो भएको देखेका छौँ । त्यही आशले हामी पनि ती ब्रान्डलाई प्रयोग गर्छौं, तर नतिजा त्यहीअनुरुपको नआएर कतिपय दिक्क पनि भएका छौँ होला । तर, धन्दा नमान्नुहोस् दाँतलाई सेतो बनाउन तपाईं हामीले सोचे जति गाह्रो पनि छैन । दाँत सेतो राख्नका लागि तलका केही सुझाब तपाईंका लागि सहयोगी हुन सक्छ ।
के नगर्ने
बेकिङ सोडाको सकेसम्म प्रयोग नगर्ने । यसले तपाईंको दाँतबाट इनामेलको मात्रालाई कम गर्छ र दाँतको चम्किलोपनामा ह्रास ल्याउँछ जसले गर्दा दाँत पहेँलो देखिन थाल्छ । गाढा रंगका पिग्मेन्ट भएका खाद्य नखानुहोस् । खाना जस्तै सोया सस, मरिनारा ससमा भएको गाढा रंगको पिगमेन्टले दाँतमा दाग बस्न सक्छ । बजारमा पाइने रेडबुल, मोन्सटरजस्ता शक्तिबर्द्धक इनर्जी पेय पदार्थ नपिउनुहोस् । तिनीहरु कम्पनीले दाबी गरेजस्तै राम्रा हुँदैनन्, विशेष गरेर तपाईंको दाँतका लागि । त्यसमा भएको एसिडले दाँत भएको चम्किलोपनालाई कम गर्दै जान्छ । धुम्रपान नगर्ने ।
के गर्ने
टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । तीन महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेजस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौँ । जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।
फलफूल नियमित खाने
यसले तपाईंको दाँतमा चमक र स्वस्थ राख्न मद्दत गर्छ । सिट्रस भएका फलफूल जस्तै कागती, सुन्तला खाएपछि मुख पानीले कुल्ला गर्ने । तिनीहरुमा भएको एसिडले दाँतको इनामेललाई कम गर्छ ।
के नगर्ने
बेकिङ सोडाको सकेसम्म प्रयोग नगर्ने । यसले तपाईंको दाँतबाट इनामेलको मात्रालाई कम गर्छ र दाँतको चम्किलोपनामा ह्रास ल्याउँछ जसले गर्दा दाँत पहेँलो देखिन थाल्छ । गाढा रंगका पिग्मेन्ट भएका खाद्य नखानुहोस् । खाना जस्तै सोया सस, मरिनारा ससमा भएको गाढा रंगको पिगमेन्टले दाँतमा दाग बस्न सक्छ । बजारमा पाइने रेडबुल, मोन्सटरजस्ता शक्तिबर्द्धक इनर्जी पेय पदार्थ नपिउनुहोस् । तिनीहरु कम्पनीले दाबी गरेजस्तै राम्रा हुँदैनन्, विशेष गरेर तपाईंको दाँतका लागि । त्यसमा भएको एसिडले दाँत भएको चम्किलोपनालाई कम गर्दै जान्छ । धुम्रपान नगर्ने ।
के गर्ने
टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । तीन महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेजस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौँ । जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।
फलफूल नियमित खाने
यसले तपाईंको दाँतमा चमक र स्वस्थ राख्न मद्दत गर्छ । सिट्रस भएका फलफूल जस्तै कागती, सुन्तला खाएपछि मुख पानीले कुल्ला गर्ने । तिनीहरुमा भएको एसिडले दाँतको इनामेललाई कम गर्छ ।
कम्प्युटरमा काम गर्दा हरेकपटक माउस
चलाउँदा हैरान हुनुभएको छ
? त्यसो भए तपाईका
लागि केही सहज
उपायहरु छन जसले तपाईको
कम्प्युटरमा काम गराईलाई सजिलो
बनाइदिनेछ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट
फर्मूलाहरु हुन्छन, जसले गर्दा
तपाईले हरेकपटक माउस
चलाउन पर्दैन, किबोर्डबाटै छिटो
र सजिलोसँग गर्न
सक्नुहुन्छ ।
माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल
लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी
नम्बरहरु सेट गरिएको हुन्छ
। तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि
यहाँ उल्लेखित टिप्स
सामान्यजस्ता लाग्न सक्छन् ।
तर, नयाँ प्रयोगकर्ता र
तालिम नलिइ कम्प्युटर चलाउन
सुरु गर्नुभएका प्रयोगकर्ताका लागि
भने यी टिप्स
दैनिक जीवनका लागि
निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ
गरिरहनुभएको छ । मोजिला,
गुगल क्रोम लगायतमा तपाईले
एउटै विन्डोभित्र धेरै
ट्यावमा नयाँ नयाँ साइट
खोल्न सक्नुहुन्छ ।
तर, तपाईंले कुनै
एउटा ट्याव वा
पुरै विण्डो बन्द
गर्नुप¥यो भने
माउस चलाइरहनुपर्दैन् ।
Ctrl + W ले
एउटा ट्याव बन्द
हुनेछ भने Ctrl + Shift + W ले पुरै
विण्डो बन्द हुने
छ ।
कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि
कुनै ट्याव बन्द
भयो भने पनि
त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ
। यसका लागि
तपाईंले Ctrl
+ Shift + T प्रयोग
गर्नुपर्छ । यदि नयाँ
ट्याव खोल्नुपर्यो भने Ctrl
+ T गर्दा
पुग्छ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा
केही टाइप गरिरहनुभएको छ,
र फण्ट साइज
निकै धेरैपटक घटाउनु
वा बढाउनुपर्ने छ
भने हरेक पटक
माउसको सहारा लिनु
पर्दैन् । तपाईले परिवर्तन गर्न
चाहेको अक्षर सेलेक्ट गर्नुहोस ।
साइज बढाउनका लागि Ctrl
+ ] को
प्रयोग गर्नुहोस्, घटाउनका लागि
Ctrl + [
३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो
खोलेर काम गर्नुपर्दा दायाँ
हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ
। विण्डो परिवर्तनका लागि
तपाई किबोर्डबाटै काम
चलाउन सक्नुहुन्छ, जुन
छिटो पनि हुन्छ
। यसका लागि
विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न
सक्नुहुन्छ ।
विण्डोज ७ र ८
भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न
सक्नुहुन्छ ।
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ
र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ
गर्नुपर्ने अबस्था आयो ।
घरि इन्टरनेट खोल्ने
र घरि वर्डमा
आउने गर्दा काम
दिक्कलाग्दो हुन्छ । यो
दिक्दारी घटाउन तपाईले एउटै
स्क्रिनभित्र दुईवटा विण्डो बनाउन
सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो
परिवर्तन गर्नुपर्दैन् ।
यसका लागि तपाईले
वर्ड फाइल खोल्नुहोस र Windows
+ right arrow key थिच्नुहोस् ।
यसले गर्दा तपाईको
वर्ड फाइल दायाँ
सर्छ । अब
तपाईले बायाँपट्टीको अर्को
विण्डोमा सजिलै सर्फ गर्न
सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ
सार्न सक्नुहुन्छ ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन
सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो ।
यसले तपाईको फाइल
फोल्डरबाट मात्र हट्छ तर
रिसाइकल बिन फोल्डरमा भने
रहिरहन्छ । यदि तपाईले
त्यसको सट्टा Shift + Del गर्नुभयो भने
तपाईको फाइल कम्प्युटरबाट सधैंका
लागि हट्छ ।
तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने
डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ ।
ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ
।
६. शब्द गन्ने र अक्षर ठूलो सानो गर्ने
कुनै काम गर्दा
जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न
भनिएको हुन्छ ।
यसका लागि हरेकपटक टुल
मेनुमा गएर वर्ड
काउन्टमा जानु पर्दैन यदि
तपाईले सर्टकट प्रयोग
गर्नुभयो भने । यसका
लागि तपाईले Alt + T + W थिचे पुग्छ
।
यसैगरि तपाईले अंग्रेजीमा टाइप
गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर
र स्मल लेटर
चेन्ज गर्नुपर्ने हुन्छ
। यसका लागि
तपाईले हरेकपटक ती
अक्षर ठूलो वा
सानोमा टाइप गरिरहनु पर्दैन् ।
जुन अक्षर परिवर्तन गर्नुपर्ने हो,
त्यसलाई सेलेक्ट गर्नुस र Shift + F3 थिच्नुस् ।
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै
विण्डोज खोल्नुभएको छ र यस्तो
अबस्थामा सिधै डेस्कटपमा जान
चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द
गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको
विण्डो किका साथ
मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान
सकिन्छ । काम
सक्नुस र फेरि
त्यही प्रकृया अपनाउनुस्, तपाई
पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ ।
यदि तपाई कम्प्युटर लक
गर्न चाहानुहुन्छ भने
Windows +L हान्नुहोस् ।
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम
गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ ।
यस्तो बेलामा तपाईले
केही सर्टकट कि
प्रयोग गर्नुभयो भने
टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ ।
जस्तो कि, तपाईले
Shift + Home गर्नुभयो भने
तपाईको क्रसर जहाँ
छ त्यहाँबाट सुरुसम्मको सवै
अक्षर सेलेक्ट हुन्छ
। यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने
क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ
।




