पछिल्ला सामग्री :
जनावरले पाउँछन् भूकम्पको पूर्वजानकारी

चीनको सिचुवान प्रान्तमा भूकम्प आउनुभन्दा केही बेरअघि पोखरीको पानीको सतह बढ्यो । त्यसपछि हजारौँ भ्यागुता सडकमा देखिए । त्यसको एक घन्टापछि भूकम्प आयो । तीन दशकपछि आएको यो भूकम्प आउनुभन्दा केही समयअघि चिडियाखानाका जीवजन्तुले अनौठा आनीबानी देखाएका थिए ।

चीनको सिस्मोलोजिक ब्यूरोसँग भूकम्पको पूर्वसंकेत जनाउने यन्त्र उपकरणहरू नभए पनि प्राकृतिक विपत्तिका पूर्वसंकेतहरू आइरहेका थिए । हुपेइमा एक घन्टाअघि मात्र तालमा पानी भरिएको थियो । त्यसलाई सूचनाको रूपमा दिन सकिन्थ्यो । तर, अप्ठ्यारो के भइदियो भने कहिले र कहाँ भूकम्प जान्छ अनुमान गर्न सकिएन–एकजना विज्ञले भने ।

चीनलगायतका केही राष्ट्रले विश्व तातिरहेको जनाउँदै केही समयअघिदेखि पशुपक्षीका आनीबानी बदलिँदै गरेकोतर्फ सचेत गराएका थिए । चिनियाँ राष्ट्रिय दैनिकले पनि एक लेख प्रकाशित गर्दै प्रश्न उब्जाएको छ, ‘किन सरकारले भूकम्पसम्बन्धी सचेतना अपनाउन जनतालाई भनेन ?’

सञ्चारमाध्यमहरूले जनाएअनुसार तीन दिनअगाडि मियान्चुका सडकमा हजारौँ भ्यागुता निस्केका थिए । त्यहाँ भूकम्पबाट दुई हजारजना मरेको पुष्टि भइसकेको छ । भूकम्प आउने दिन तबेलामा बाँधिएका घोडाहरू ढोकातर्फ हेरेर मुख बाइरहेका थिए ।

हात्तीहरूले उहान चिडियाघरका कर्मचारीलाई सँुडले हानिरहेका थिए । त्यहाँका २० वटा बाघ र सिंहहरू दिनमा सुत्थे तर त्यसदिन यताउति दगुरिरहेका थिए । भूकम्प आउनुभन्दा पाँच मिनेटअघि दर्जनौँ मयुर कराइरहेका थिए ।

भूगर्भविद्हरू स्विकार्छन् कि मानिसले चाल पाउन नसक्ने भौगर्भिक हलचललाई जनावरहरूले अनुभव गर्न सक्छन् ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.