पछिल्ला सामग्री :
बलात्कारबाट बचाउन करेन्ट लाग्ने ब्रा

एजेन्सी/ महिलामाथि बलात्कार भएका घटना बारम्बार सार्वजनिक भइरहन्छन् । भारतमा त यस्ता घटना झनै बग्रेल्ती हुने गर्छ ।

महिलाहरूमाथि हुने यस्तो यौन हिंसालाई रोक्न सरकार नै चनाखो हुनुपर्ने र सुरक्षा मजबुत बनाउनुपर्न तर्क कतिपयको छ । कतिपयले भने महिला नै बढि सचेत हुनुपर्ने र तडक–भड्कपूर्ण तथा अति फेसनयुक्त छोटा कपडा लगाउन नहुने तर्क गर्छन् ।

तर, भारतीय विद्यार्थीहरूले भने यस्ता तर्क तथा गफ मात्र नगरेर अनौठो काम गरेर देखाएका छन्, जसले साँच्चिकै महिलामाथि हुने यौनजन्य हिंसा रोक्न ठूलो मद्दत गर्छ । हो, भारतीय युवा वैज्ञानिकहरूले महिलामाथि हुने यौन हिंसा रोक्न करेन्ट लाग्ने ब्राको आविस्कार गरेका छन् । यो ब्रालाई उनीहरूले सामाजिक दोहनको साधन नाम दिएका छन् ।

यो ब्रा लगाएकी महिलाको छातीमा यदि कसैले छुने प्रयास गर्‍यो भने उसलाई करेन्टको झट्का लाग्नेछ । तर, यो ब्रा लगाउने महिला आफैँलाई भने करेन्ट लाग्ने छैन, किनकी भित्रपट्टि पोलिमरको तह हुनेछ जसले करेन्ट प्रवाह रोक्छ ।

यस्तो ब्रा आविष्कार गर्ने समूहकी एक एसआरएम विश्वविद्यालयकी मनीषा मोहनका अनुसार यो ब्राबाट तीन हजार आठ सय किलो भोल्टसम्मको झट्का आउनेछ । जुन झट्काले महिलामाथि बलात्कार गर्न उद्धत पुरुषलाई झन्डै मृत्युको मुखमै पुर्‍याउन सक्छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.