पछिल्ला सामग्री :
डा.रिजाल र अनुरागीलाई हेम-सरिता संगीत पुरस्कार

टेक्सास/ अमेरिकाको टेक्सासमा स्थापित हेम सरिता पाठक एकेडेमीले यस वर्षको “हेम सरिता पाठक सांगितिक पुस्रकार” बरिष्ठ गीतकार डा.भोला रिजाल र चर्चित युवा संगितकार बलबहादुर विश्वकर्मा(बीबी अनुरागी)लाई प्रदान गर्ने भएको छ ।

हेम सरिता पाठक एकेडेमीका प्रमुख सल्लाहकार तथा अमेरिकाका लागि नेपालका महाबाणिज्यदूत एवं बरिष्ठ लोक गायक प्रेमराजा महतको संयोजकत्वमा गठित निर्णायक मण्डलले गीतकार डा.रिजाल र संगीतकार अनुरागीलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी एक एक हजार अमेरिकी डलर रहेको छ । पुरस्कार आगामी बैशाखमा काठमाडौंमा एक विशेष समारोहकावीच प्रदान गरिने भएको छ ।







नेपाललाई भ्रष्टाचाररहित तुल्याउन विशेष अभियान सञ्चालन गर्दै आएको एकेडेमीले विगत तीन वर्षदेखि हरेक वर्ष हेम सरिता पाठक सांगीतिक पुरस्कार प्रदान गर्दै आएको छ । नेपाली सांगीतिक भण्डारमा भ्रष्टाचार विरोधी,राष्ट्रिय भावनाले ओतप्रोत र सामाजिक जागरण ल्याउने गीत रचना गर्नु भएको र अनुरागीले भ्रष्टाचार विरोधीलगायत दर्जनौ मर्मस्पर्सी चर्चित गीतमा संगीत दिनु भएको मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको निर्णायक समितिका संयोजक प्रेमराजा महतले बताउनु भयो । एकेडेमीले भ्रष्टाचार विरुद्ध पत्रकारिताका माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याउने दुई–दुईजना पत्रकारलाई पत्रकारिता पुरस्कार र साहित्य सिर्जनाबाट भ्रष्टाचार विरुद्ध जागरण फैलाएर योगदान पुर्‍याउने एक जनालाई हेम सरिता पाठक अन्तराष्ट्रिय साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्षको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार रविन्द्र मिश्रलाई र टंकप्रसाद रमादेवी प्रोत्साहन पत्रकारिता पुरस्कार झापाका पत्रकार मदन ढकाललाई प्रदान गर्ने निर्णय भइसकेको छ । यी पुरस्कारको राशी क्रमश: दुई हजार र पाँच सय अमेरिकी डलर रहेको छ । हेम सरिता पाठक साहित्य पुरस्कार घोषणा हुन बाँकी रहेको टेक्सासस्थित हेम सरिता पाठक एकेडेमीका नेपाल प्रतिनिधि पर्शुराम पाठकले जनाएका छन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.