पछिल्ला सामग्री :
राहदानी वितरणमा हेलचेक्रयाइँ, सेवाग्राहीलाई सास्ती

नेस्वससेको सहयोगमा
परासी, मङसिर २९/जिल्ला प्रशासन कार्यालय नवलपरासीले राहदानी वितरणमा हेलचेक्रयाइँ गरेका कारण सेवाग्राहीहरू सास्ती खेप्न बाध्य भएका छन् ।

कार्यालयको लापरवाही र जिम्मेवारीबाट पन्छिएका कारण अहिले जिल्लामा राहदानी किताब (पासपोर्ट बुक) सकिएको छ । यसरी जिल्ला प्रशासन कार्यालयमा नै राहदानी नभएपछि राहदानी वितरण कार्य रोकिएको हो । कार्यालयमा परराष्ट्र मन्त्रालयले राहदानी किताब नपठाए भन्दै राहदानी वितरणको काम ठप्प पारेपछि सेवाग्राहीहरूले सास्ती खेप्नु परेको हो ।

राहधानी वितरण कार्य रोकिनुमा परराष्ट्रमन्त्रालय नै जिम्मेवार भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले दावी गरेको छ भने परराष्ट्रमन्त्रालय कानमा तेल हालेर निदाएको छ । दैनिक ४० देखी ५० जनालाई राहदानी वितरण गरिने यस कार्याल्ायमा राहदानी वितरण कार्य रोकिएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा केही दिन भित्र राहदानी किताब ल्याएर राहदानी वितरण कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.