व्यवस्थापन समितिका अध्यक्षद्वारा विद्यालयको रकम हिनामिना
नमस्कार शाह
नेपालगञ्ज, पुस १/विद्यालयको समग्र विकासका निम्ति पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज सेवा गर्ने भावना भएका व्यक्तिलाई चयन गरिन्छ । तर एकपटक गाउँलेको विश्वास पाएर अध्यक्ष बनेका एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो कार्यकाल सकिएपनि गएको पदको रवाफ देखाउंदै आफ्नो नाममा रहेको बेरूजु फर्च्यौट गरेका छैनन् ।
नेपालगञ्ज, पुस १/विद्यालयको समग्र विकासका निम्ति पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज सेवा गर्ने भावना भएका व्यक्तिलाई चयन गरिन्छ । तर एकपटक गाउँलेको विश्वास पाएर अध्यक्ष बनेका एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो कार्यकाल सकिएपनि गएको पदको रवाफ देखाउंदै आफ्नो नाममा रहेको बेरूजु फर्च्यौट गरेका छैनन् ।
बाँकेको सीतापुर-३ स्थित शुक्र माविका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर पुनले विद्यालय विकासको निम्ति आएको रकम नै हिनामिना गरेका छन् । शुक्र मावि 'के' गाउँको भौतिक पूर्वाधारको विकासका लागि निर्वाचन क्षेत्र नं.-३ को संसद कोषबाट पचास हजार रकम उनकै पालामा आएको थियो । रकम निकाशा भएको कुराको जानकारी केहि समयसम्म स्थानीय बासिन्दा र व्यवस्थापन समितिका पदाधिकारीलाई समेत उनले दिएका थिएनन् । जब नयाँ व्यबस्थापन समिति निर्माण भयो, उसले सो रकमको खोजी गर्न थाल्यो । समितिले सो रकमको बारेमा बुझ्नका लागि अध्यक्ष पुनलाई बारम्बार पत्राचार तथा जानकारी गराउँदा पनि उनले बेवास्ता गर्दै आएका छन् ।
रकम हिनामिना भएको रकम असुल गर्न विभिन्न निकायलाई स्थानीय बासिन्दा र वर्तमान व्यवस्थापन समितिले अपिल गरेपनि उनले अटेर गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । भष्टाचार गरेको रकमको विषयमा जिल्ला प्रशासन र जिल्ला विकास समितिलाई जानकारी गराए पनि सो रकम फिर्ता हुन नसकेको व्यवस्थापन समितिका सदस्य डबल विसीले जानकारी गराए । यस विषयमा पुनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विद्यालयका भवनको झ्याल तथा ढोका मरम्मतका लागि रकम आवश्यक परेर रकम खोजी गर्दा अध्यक्ष पुनले बेवास्ता गर्दै हिंडेपछि उनले सो रकम भ्रष्टाचार गरेको खुलासा भएको थियो ।
पुन यो बिषयमा आफु जानकार नभएको बताउंदै हिँड्नु, र सो रकम बराबरको कुनै हिसाब किताब नदेखिनुले अध्यक्षको नियत प्रष्ट भएको बताउँछन्, विद्यालय व्यवस्थापन समितिका एक सदस्य । यसरी आफ्नो कार्यकालमा भएको हिसाब किताब हस्तान्तरण नगर्ने र स्वयम् हिसाब बुझाउन अर्थात् देखिएको बेरूजुको बारेमा जानकारी गराउँदा पनि भागिभागी हिँड्ने यस्ता अध्यक्षहरूलाई सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.