गाविस सचिव नहुँदा सेवाग्राही मर्कामा
नेस्वससेको सहयोगमासल्यान, पुस २/गाविसबाट नागरिकताको सिफारिस, अपाङ्ग सिफारिस, मालपोत, जन्म, मुत्युदर्ता जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने कामकाज गर्ने सचिवहरू कार्यालयमा नहुँदा सेवा ग्राहीहरू मर्कामा परेका छन् ।
नागरिकताका लागि सिफारिस बनाउन सल्यान मार्के गाविसमा पुगेका २८ वर्षीय प्रेम बोहराले गाविस सचिव कार्यालयमा लामो समयदेखि नभएकोले आफ्नो नागरिकता बन्न नसकेको बताए । उनी अपाङ् छन् । १५ वर्ष अघिदेखि उनको बायाँ हात र बायाँखुट्टा प्यारालाइसिस भएको छ । उनले समाजिक सुरक्षा भत्ता पाउने आशामा गाविस धाएको बताए ।
खलङ्गा-३ सितलपाटीका तिलकबहादुर खत्रीले सरकारले वृद्धभत्ता देला राहत होला भने आए सचिव नै गाविसमा रहेनछन् उनीले गुनासो गरे । उमेरले ८३ वर्षनाघिसकेका भैरवबहादुर डाँगीले पनि निकै टाढावाट वृद्धभत्ता लिन खलङ्गा आए तर काम भएन । माओवादी जनयुद्धका बेलामा विस्थापित भएका गाविसका कामकाज गर्ने सचिवहरू शान्ति प्रक्रिया सुरु भए लगत्तै जिल्ला विकास समिति, राजनैतिक दलहरूले गाउँ फर्कन निर्णय गरे पनि सचिवहरू गाउँ फर्केका छैनन् ।
जिल्लाका ४७ गाविसका कार्यालयहरू सदमुकाम खलङ्गामा रहेका छन् । कोही गाविसले त साइनबोर्डसहित कार्यालय खोलेका छन् भने धेरै गाविसका सचिव आफ्नो कोठा र अफिस एउटै कोठा लिएका छन् । त्यसैगरी जनयुद्धका क्रममा सहिद भएका परिवारहरू राहतको लागि सचिवहरू गाउँबाट सदरमुकाम आउनु परेको बाध्यता रहेको कोटवाराकी रिता वटाले बताइन् । उनले भनिन्- 'के मौकाले दार्मकोट गाविस सचिव भेटिएर नाता प्रमाणित गर्ने काम भयो ।'
सल्यानका कालागाउँ, मार्के, खलङ्गा, वाफुखोला, गर्पा, सिन्वाङ्ग, लेखपोखरा, माझकाँडा, मूलखोलालगायत गाविसका सचिवहरू छैनन् । यस विषय निमित्त स्थानीय विकास अधिकारी सुरेशकुमार अधिकारीले जिल्ला विकास कार्यालय बारम्वार सेवाग्राहीहरूको गुनासो आउने गरेको बताउँदै आआफ्नो कार्यक्षेत्रमा रही कार्य सम्पादन गर्न गाविस सचिवहरूलाई निर्देशन जारी गरिसकिएको बताए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.