बोतलको पानी प्रदुषित, सरकारी निकाय मौन
एन्टी-करप्सनको सहयोगमाकाठमाडौँ, पुस ३/विश्वमा जलस्रोतको दोस्रो धनी देश मानिएको नेपालमा खानेपानी अभाव शहरी क्षेत्रमा अत्याधिक रूपमा देखिएको छ । राजधानीको सर्वसाधारण जनतादेखि पाँचतारे होटल चलाउनेहरूसम्म खानेपानीको अभावले गर्दा ट्याङ्करबाट त्यसको परिपूर्ति गरिरहेका छन् । त्यस्तै सर्वसाधारण जनताहरूलगायत अत्याधिक विदेशीहरूको चाप रहने राजधानीमा अहिले खानेपानीको अभावलाई पूर्ति गर्नको लागि बोतलबन्द पानी प्रयोग गरिरहेका छन् ।
जसका कारण पानीको व्यापार निकै फस्टाएको छ । पानीको लागि धनी देश भएपनि महङ्गो मूल्य तिरेर पानी खाने चलन बृद्धि भएको छ । आम उपभोक्ताहरू पैसा तिरेर मिनरलवाटर किनेपछि स्वास्थ्यकर नै होला भनी निर्धक्कसाथ पिइरहेका छन् । तर सबै बोतलबन्द पानी मिनरवाटर नै हुनत: भन्ने प्रश्न उब्जिएको छ । आफ्नो कम्पनीको पानीलाई बढी शुद्ध बताउने मिनरलवाटर कम्पनीहरूले बनाइएको बोलतबन्द पानीमा कति मिनरल छ कति गुणस्तरयुक्त छ त्यसको जवाफ आम सर्वसाधारणलाई दिन सकेका छैनन् । अहिले उपत्यकामा करिब चालिस वटासम्म विभिन्न मिनरलवाटर कम्पनीहरू सञ्चालनमा रहेका छन् ।
तर ती सबै उद्योगहरू कानुनी रूपमा दर्ता भएर सञ्चालन नआएको उद्योग विभागका अधिकृत बताउँछन् । सिमित कम्पनीहरूले मात्र दर्ता गरेर सञ्चालन गरेतापनि तिनीहरूले पनि आफ्नो पानीको गुणस्तर कस्तो छ भने जचाउँने गरेका छन् कि छैनन् त्यो थाहा नभएको बताए । खानेपानीको गुणस्तरयुक्त छ छैन भन्ने जाँच गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभागले भने रेवोर्ट स्प्रिन्स मिनरलवाटरको थ्रुस्टपी, अक्वा मिनरलवाटरको आक्वा-हन्ड्रेड तथा सिर्जना मिनरलवाटरको एचटुओले मात्र गुणस्तर प्राप्त गरेको छ भने कतिपयले निवेदन हालेको भएपनि स्वीकृति दिन नसकेको दावी विभागको रहेको छ ।
त्यसरी दिएको तीनवटा कम्पनीको पानी पुन: जाँच गर्न नसकिएको बताउँछन्, नापतौलका कर्मचारीहरू । विभागले मिनरलवाटर उत्पादन गर्ने भनेर गुणस्तर चिन्ह प्रदान गरेपनि थु्रस्पटी बाहेक अन्यले केवल पिउनलायक पानी मात्र उत्पादन गर्ने गरेको उनीहरूले जानकारी दिए । पानी प्रशोधन गर्दा सबै मिनरल झिकिएकोले ती मिनरलविहिन बोतलबन्द पानी मात्र भएको खानेपानी विकास बोर्डका इञ्जिनियरहरू बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बोतलबन्द पानीमा खराबी भेटिएको प्रमाणसहित तीनवटा बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी विरूद्ध दायर गरी टोटल मेसोफोलिक ब्याक्टेरिया गणना प्रतिलिटर पानीमा २५ मिलिग्राम भन्दा बढी नहुनुपर्नेमा विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा अक्वा स्माइल बोतलबन्द पानीमा नै हजार पाँच सय पचास, यस ब्रान्डको बोतल बन्द पानीमा एक हजार पाँच सय तथा विस्लेरीमा दुइ सय दस पाइएको जानकारी दिएको छ । ती बोतल बन्द पानीमा मापदण्ड भन्दा बढी मेसोफोलिक पाइएको तथा सो कुरा सम्बन्धित उत्पादककर्ताहरूले स्वीकार गरेको कारण जरिवाना समेत गरेको थियो । अझ रोचक पक्ष के छ भने मिनरलवाटर भनेर उत्पादन गर्ने कम्पनीका पदाधिकारीहरू स्वयम्ले नै आफ्नो उत्पादन मिनरलवाटर नभएको स्वीकार गर्दछन् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.