जिल्ला अस्पतालमा अध्यक्ष पदको विवाद, सेवा प्रभावित
शम्भुराज रेग्मीपरासी, बैसाख १/नवलपरासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सञ्चालक समितिको अध्यक्षको पदको विषयलाई लिएर विवाद सृजना हुँदा अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालमा अध्यक्ष पदको विषयलाई लिएर विवाद उत्पन्न भएपछि विगत ६ महिनादेखि बैठक बस्न नसस्दा अस्पतालको अधिकांश सेवा प्रभावित भएको हो । बैठक नहुँदा अस्पतालको विभिन्न काम गर्न नसकिएकाले पनि अस्पतालको सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. गोपाल खनालले बताए । गत पुस २२ गते मन्त्री स्तरको निर्णयबाट परासीका अधिवक्ता सुदर्शन पन्तलाई अध्यक्ष पदमा नियुक्ति गरेपनि प्रकिया पूरा नभएको भन्दै पन्तलाई अहिलेसम्म पदबहाली नगरिएको हो ।
तत्कालिन अध्यक्ष सत्रजीत यादवको ६ महिना अघि नै म्याद सकिएको हो भने नयाँ अध्यक्षमा पन्तलाई मन्त्रालले नियुक्ति गर्न अस्पताललाई पत्रचार गरेपनि र्सवदलीय बैठकबाट पुरानै अध्यक्ष यादवलाई पुनः म्याद थप गर्न मन्त्रालयलाई सिफारिस गरेकेा छ । तीनजनाको नाम सिफरिस विना नै नियम विपरित मन्त्रालयले पंन्तलाई नियुक्ति गरेको भन्दै उनलाई अस्पतालमा पदबहाली गर्न नदिइएको हो ।
नियम अनुसार अस्पतालमा सर्वदलीय निर्णयबाट तीनजनाको नाम सिफारिस गरेर स्वास्थ्य मन्त्रालयमा पठाइ जसमध्ये एकजनलाई मन्त्रालयले स्वीकृत गर्ने भए पनि अस्पतालबाट सो काम नभएको जनाउँदै पन्तलाई अस्पतालमा जान रोक लगाइएको स्थानीय राजेन्द्र यादवले बताए । अस्पतालको अध्यक्ष पदको विवादको विषयलाई लिएर एकृकीत नेकपा माओवादीसहित १० दलका प्रतिनिधिबीच भएको सर्वदलीय बैठकले अध्यक्षमा तत्कालीन अध्यक्ष यादवलाई नै म्याद थप गर्न मन्त्रालयलाई सिफारिस गरको छ । (नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.