अस्पतालको नयाँ भवन निर्माण कार्य अलपत्र
हिमालीयुवा डेक्सनवलपरासी, बैसाख २/सदरमुकाम परासीमा निर्माणाधिन भइरहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालको करोडौँको अत्याधुनिक नयाँ भवनको निर्माण कार्य अलपत्र परेको छ ।
भारतीय दूतावासको सहयोगमा निर्माणधिन भइरहेको अस्पतालको भवनका लागि दूतावासले आवश्यकता अनुसार रकम उपलब्ध नगराएपछि निर्माण कार्य अलपत्र भएको हो । भारतीय दूतावसको करिब ३ करोडको लागतमा निर्माणाधिन भवनका लागि दूतावासले पर्याप्त रकम नदिएकाले निर्माणकार्य स्थगित गर्नु परेको भएको ठेकेदार भरत रायमाझीले बताए ।
भारत सरकारद्वारा भारतीय दूतावासमार्फत एक वर्ष अगाडिबाट कूल ३ करोडको लागतमा एमके रायमाझी कन्स्ट्रक्सन कम्पनीसँग सहमतिअनुसार भवन निर्माणकार्यको सुरुवात गरिएको थियो । भवनमा अहिलेसम्म करिब ९० प्रतिशत काम पूरा हुँदा पनि करिब एक लाख ८० लाख रकम मात्र दूवावासले दिएकाले काम तत्कालका लागि रोकिएको ठेकेदार रायमाझीले बताए ।
उच्च स्तरीय प्राविधिसहितको सामान साथै स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, त्यस्तै सबै रोगका चिकित्सकको व्यवस्था गरी अस्पतालमा बिरामीलाई उच्चस्तरको सेवा पुर्याइने अस्पतालले लक्ष्य लिएको छ । हाल १५ शैया रहेको यस जिल्ला अस्पतालमा नयाँ भवनको निर्माण कार्य पूरा गरी २५ शैया बनाइने तयारी भइरहेको हो ।
काम सुरु भएको केही महिनामै सामानको मूल्य बढेकाले आफ्नो बढेको मूल्य नपाएको र साथै सम्झौताअनुसारको रकमसमेत नपाएकाले काम रोक्नुपरेको ठेकेदार रायमाझीको भनाई रहेको छ । जिल्ला पृथ्वीचन्द्र अस्पतालमा निर्माण हुन लागेको अत्याधुनिक भवनमा ल्याब, एक्सरे, अल्ट्रासाउण्ड, भिडियो एक्सरेसमेतको व्यवस्था हुने अस्पतालले जनाएको छ ।
यस अगावै पनि रकम वृद्धि भएपछि तीन महिनासम्म काम अलपत्र परेको थियो भने ठेकेदारले दूतावासलाई जानकारी गराएपछि भारत सरकारले दूतावासमार्फत् रकम दिने प्रतिबद्धता जनाएपछि निर्माण कार्य सुरु भएको थियो । (नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.