पिठुवा खानेपानी आयोजना अलपत्र
हिमालीयुवा डेस्कचितवन, बैसाख ३/जिल्लाकै नमुना खानेपानी आयोजना भनिएको पिठुवा खानेपानी आयोजना राजनैतिक खिचातानीका कारण अलपत्र परेको छ ।
राजनैतिक दलको पदमोहका कारण उक्त खानेपानीको योजना अलपत्र पर्ने अवस्थामा पुगेको हो । गत फागुन २७ गते बसेको सर्वदलीय बैठकले जयन्द्रकुमार श्रेष्ठले नेतृत्व गरेको पिठुवा जुटपानी उपभोक्ता खानेपानी समिति विघटन गरेपछि यस्तो समस्या देखिएको स्थानीय उपभोक्ताहरूको भनाई छ ।
पिठुवा जुटपानी र रत्ननगरलाई लक्षित गरी सञ्चालन गरिएको आयोजना खानेपानी तथा डिभिजन कार्यालय भरतपुर र स्थानीय उपभोक्ता समितिको सहयोगमा निर्माण गरिएको थियो । तर, अहिले जीर्ण बन्दै गएको आयोजना मर्मत सम्भार नगरेपछि झनै जीर्ण बन्दै गएको स्थानीय लक्ष्मी न्यौपानेले बताइन् ।
सानासहरी खानेपानी आयोजनाको सहयोगमा सो आयोजना सञ्चालन गर्नको लागि सरकारी स्तरबाट १५ लाख रुपैयाँ बजेट निकासा भएको तर डिभिजन कार्यालयले अहिलेसम्म उपभोक्ता समितिलाई उपलब्ध नगराएको विघटित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । उपभोक्ता समितिले ठाउँ-ठाउँमा फुटेका पाइप मर्मत नगर्दा खानेपानीको आपूर्ति नियमित हुन नसकेको पिठुवा ५ निवासी राधा खनालले बताइन् । (नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.