पछिल्ला सामग्री :
अधिकांश कार्यालय प्रमुखविहिन

शम्भुराज रेग्मीधुन्चे, भदौ १३/आर्थिक वर्षको डेढ महिना वित्दासमेत पर्यटकीय हिमाली रसुवाका अधिकांश सरकारी कार्यालय प्रमुख विहिन भएका छन् ।

सदरमुकाम धुन्चेमा रहेका महत्वपूर्ण सरकारी कार्यालयका प्रमुखहरू जिल्ला बाहिर हुँदा सर्वसाधरणले सेवा पाउन सकेका छैनन् । अधिकांश कार्यालय प्रमुखहरू काठमाडौँ तथा नुवाकोटमा रहेका कारण सेवाग्राहीहरू मर्कामा परेका हुन् । पासाङ ल्हामु मार्गको त्रिशुली-धुन्चे सडकखण्डको बीचमा रहेको राम्चे र मूलखर्कको पहिरो पार गरी सदरमुकाम पुग्ने गरेका सेवाग्राहीहरू अधिकांश कार्यालयमा प्रमुख नहुँदा बिना कारण बस र होटल खर्च तिर्न बाध्य भएको रसुवाको धुन्चे निवासी भीम पौडेलले बताए ।

कामको लागि कार्यालय कुरेर बसेका सहायक कर्मचारीहरू पुरानो बजेट सकिएकाले नयाँ बजेटमा आफूले भनेअनुसारको शिर्षकमा बजेट नघटाउन दवाव दिन विभाग र मन्त्रालयका उच्च अधिकारी कहाँ धाउन प्रमुखहरू काठमाडौँ गएको बताउँछन् भने कार्यालय प्रमुखहरू काठमाडौँ बस्दा घर परिवारको हेरविचार हुने र भत्ता पनि मनग्य मिल्ने भएकाले सहर केन्द्रित भएको सहायक कर्मचारीहरूको भनाई छ । (नेस्वससेको सहयोगमा)
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.