कम्युनिस्ट नेता मदनकुमार भण्डारीको जीवनी...!

वि।सं. २०१५ साल गाउँमै एउटा हिउँदे पाठशाला (जुन वर्षायाममा बन्द हुन्थ्यो) बाट औपचारिक शिक्षातर्फ प्रवेश गर्नुहुने भण्डारी अप्ठेरा पाठहरू भए पनि दुईपटक आफ्नो कानमा परेपछि सधैँका लागि कण्ठ गर्नसक्ने र बाल्यकालमै चण्डी कण्ठाग्र गर्ने गर्नाले उहाँ जील्लाभर चर्चित हुनुभयो, यद्यपि उहाँले अक्षरहरू चिनिसक्नु भएको थिएन । उहाँका बुबा गाउँका थराना गर्ने (गाउँलेहरूले दिएको सुब्बाको मान) पाएकाले माया पाउनुभयो, दुःख सहनुभएन । हिलो धूलोमा पढ्न पनि परेन । वि.सं. २०२३ मा गाउँमा उपलब्ध पढाई सक्नुभयो । २०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो ।
उहाँ भारतको मथुरामा अध्ययन गर्न जानुभायो । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुग्नुभएका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । यसैबीच २०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नुभएको हो । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो । त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत हुनुहुन्थ्यो भने भण्डारी केन्द्रीय सदस्य रहनुभएको थियो ।
२०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभयो । २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो । त्यसको निर्माणमा सक्रिय रहनुभएका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको 'को-अर्डीनेशन केन्द्र' मा आवद्ध बन्नु भई 'मुक्तिमोर्चा समूह'लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रीय सदस्य हुनुभयो । यसैबीच उहाँको विवाह (२०३९ सालमा) विद्या पाण्डेसँग भयो । उहाँहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू जन्मिए ।
२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव हुनुभयो । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उहाँ नेकपा (एमाले) को महासचिव हुनुभयो । २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधसभा सदस्य हुनुभयो । बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भयो ।
![]() |
1 comments
Write Down Your Responses
Thanks for Your comment.
September 14, 2009 at 11:36 PM
Good one there :)